राक्षस राज्य अन्त्य गर्ने का“ग्रेसलाई भोट सितादेवी

प्रकाशित समय 4:17:00 AM
गोलबजार, ३ मंसिर । नेपाली काँग्रेस कोषाध्यक्ष एवम् पूर्व शान्ति मन्त्री सितादेवी यादवले राक्षस राज्य अन्त्य गर्ने नेपाली काँग्रेसमा मतदान गर्न आह्वान गरे । चुनाव प्रचार प्रसार समिति सिरहाले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै आईतवार त्यस्तो कुरा बताएकी छन् । 
राणा शासनलाई अन्त्य गरी
प्रजातन्त्र तथा राजतन्त्र एवम् जंगली शासन गर्ने सपनालाई चकनाचुर गरेर काँग्रेसले लोकतन्त्र चर्चा गर्दै उनले देशको हरेक संकटमा काँग्रेस सक्रियता का साथ अडिग भएर जनताको हितमा निकास ल्याउने काम गरेको बताइन् ।
पार्टीको एकतन्त्रिय शासन व्यवस्था ल्याउन नेकपा एमाले र माओवादी केन्द्रले नौटङकी रुपमा जनतालाई ठग्न बाम गठबन्धन बनाएको उनले आरोप लगाइन् । उनले जनताको साथ लिएर काँग्रेसले विगतमा इतिहास कायम गरे जस्तै बामगठबन्धन लाई पराजय गर्न जनताकै साथ लिएर अघि बढ्ने उनले प्रतिबद्धता जनाइन् ।
‘यस्तो शासन व्यवस्था थियो जुन व्यवस्थामा जनताले चु सम्म बोल्न सकिरहेको थिएन्, उनले भनिन्,‘त्यस्तो व्यवस्थालाई अन्त्य गरी जनताको शासन व्यवस्था हुने अवस्था काँग्रेसले ल्याएको छ । जनताको हरेक संकटमा काँग्रेसले साथमा रहेर जनताको साथ लिएर अघि बढे जस्तै प्रजातन्त्र बचाउन पनि काँग्रेस जनताको साथ लिएर अघि बढ्ने उनले प्रतिबद्धता जनाइन् ।
‘काँग्रेस जे गर्छ, त्यो बोल्छ र जे बोल्छ त्यो गर्छ, काँग्रेसबाट सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमर रेग्मीले भने,‘काँग्रेसले बोली भन्दा काम लाई प्राथमिकता दिन्छ । बाम गठबन्धनका नेता हरुले गरे नगरेका कामहरुलाई प्रचारवाजी रुपमा अघि बढाइरहेको उनले आरोप लगाए । 
जुन शक्तिको बलमा आज नेकपा एमालेले बामगठबन्धन बनाएको छ त्यो माओवादी केन्द्रलाई जंगलबाट संसदिय व्यवस्थामा ल्याउने पार्टी काँग्रेस नै रहेको उनले बताए । संसदिय व्यवस्था भन्दा राम्रो अरु व्यवस्था नहुने उनले तर्क गर्दै बामगठबन्धन संसदिय व्यवस्थालाई समाप्त पार्न खोजेको बताए । संसदिय व्यवस्थालाई काम राख्ने लोकतान्त्रिक शक्ति काँग्रेस भएको प्रष्ट पार्दै उनले अरु पार्टीको प्रचारवाजी बोलीमा नपरी काँग्रेसलाई बहुमत दिलाउन रुख छापमा मतदान गर्न सबैसँग आग्रह गरे । 
‘यो देशमा फेरी चुनाव चाहन्छ र युवालाई नेतृत्व दिलाउन चाहन्छ काँग्रेसलाई मतदान गर्नुस, नेपाली काँग्रेसबाट सिरहा क्षेत्र नं.३ प्रदेशसभा (ख) का उम्मेदवार डा सुभाषचन्द्र यादवले भने,‘संसदिय व्यवस्थामा मात्र फेरी फेरी चुनाव हुन्छ अरु व्यवस्थामा हुँदैन् ।
बामगठबन्धनले संसदिय व्यवस्थालाई पाखा लगाएर पार्टीको हुकुमी शासन व्यवस्था ल्याउन भित्रि रुपमा चलखेल गर्न लागेको उनले आरोप लगाए । उनले त्यही चलखेल स्वरुप माओवादी केन्द्र र नेकपा एमालेले गठबन्धन बनाएर जनताको आँखामा छारो हालेर जनताको तन्त्र लोकतन्त्रलाई समाप्त पारी पार्टीको एकल हुकुमी शासन ल्याउन भोट माग्ने गरेको बताए । 
बहुरुपियाको भेषमा जनताको तन्त्र प्रजातन्त्रलाई समाप्त पार्न चुनावमा उत्रेका गठबन्धनका उम्मेदवारलाई पहिचान गरी पराजय र प्रजातान्त्रिक पक्षधर काँग्रेसका उम्मेदवारलाई रुख छापमा मतदान गर्न उनले सबैसँग आग्रह गरे । विभिन्न जालझेल लाई अन्त्य गर्दै निकास निकालेर यो अवस्थामा देशलाई ल्याउन काँग्रेसले गठबन्धनसँग रतिभर नडगमगाउने उनले ठोकुवा गरे । 
महाभारतमा कृष्णले सारथीको काम गरे जस्तै काँग्रेसका उम्मेदवारलाई जिताउन सारथीको संज्ञा पाएका पार्टी जिल्ला सचिव उपेन्द्र यादवले जितको चक्रब्युह जनता हो जनताले साथ दिए आफु वास्तविक सारथी बन्न सक्ने बताए । काँग्रेसले उठाएका सबै उम्मेदवारलाई आ–आफ्नो मत दिएर जिताएर आफुलाई वास्तविक सारथी बनाउन उनले सबैसँग आग्रह गरे ।
प्रचार प्रसार समितिका संयोजक अषिशलाल यादवको सभापतित्व मा भएको उक्त कार्यक्रmममा डा अजवलाल यादव, राप्रपा प्रजातान्त्रिकका राजकुमार साह, मोहम्मद नसिर सिद्दिकि, नेता जीवछ गुप्ता, क्षेत्रीय सभापति संजयप्रकाश यादव लगायतले आ–आफ्ना विचार व्यक्त गरे । कार्यक्रममा विभिन्न वडा तथा विभिन्न गाउँबाट हजारौं कार्यकर्ताको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »