पत्रकार माझीद्वारा छोराको उपचारका लागि सहयोगको याचना

प्रकाशित समय 1:29:00 AM
लहान, ११ मंसिर । आफ्नो एक्लो छोरा गणेशकुमार माझी गम्भीर बिरामी परेको भन्दै सप्तरीका एक सञ्चारकर्मीले उपचारका लागि  सहयोगको याचना गरेको छ ।
राजविराजबाट प्रकाशित छिन्न मस्ता साप्ताहिकका प्रकाशक तथा सहसम्पादक कमानन्द माझीले आफ्ना १४ वर्षीय छोरा गणेश रक्त क्यान्सरवाट पीडित भएको भन्दै सहयोगका लागि सबैसँग याचना गरेको हो ।
जनता मावि खुरहुरियामा कक्षा १० मा अध्ययनरत गणेश हाल भरतपुरस्थित क्यान्सर अस्पताल मा उपचारका क्रममा रहेको र आफ्नो क्षमताले भ्याएसम्म खर्च गर्दा उपचार खर्च नपुगेकाले  थप रकम जुटाउनका लागि उनले आग्रह गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »