लोभ देखाएर भोट लिन्छ, फर्केर आउ“दैन

प्रकाशित समय 2:47:00 AM
मिथिलेश यादव
सिरहा, ५ मंसिर । सिरहाको भगवानपुर गाउँपालिका ३ नरहा स्थित डोमबस्तीकी बुजुन मलिक गुनासो सुनाउँदै । सिरहा भगवान पुर गाउँपालिका–३ नरहास्थित हुलाकी सडकको उत्तरपट्टि सात परिवार मलिक (डोम) को बस्ती छ । धुलाम्य सडकको छेउमा लहरै फुसका छाप्रामा कष्टपूर्ण जिन्दगी बिताउँदै आएको मलिक बस्तीमा आसन्न चुनावको रौनक छैन ।
सँगुर पाल्ने, बाँसका सामग्री बनाएर बेच्नेबाहेक यो समुदाय सँग जीवन धान्ने अर्को विकल्प छैन । एलानी जमिनमा छाप्रोको ओत लागेर घामपानी छलेर जीवन काट्दै आएका यो बस्तीमा प्यास मेटाउन एकथान चापाकल धसाइएको छ । तर, यो चापा कलले पनि शुद्ध पानी याँक्दैन, पानी तान्दा बालुवा मिसिएर आउँछ ।
 ‘चुनाव त धनीहरूलाई लाग्छ । हामी गरिब कमजोर मतदातालाई भरोसा बाँड्छन, बलियालाई पैसा छ । हामीसँग त धम्क्याएरै भोट लिन्छन् ।
एक त गरिबी, त्यसमाथि शिक्षा र चेतना अभाव । अभावमा बाँचेको यो समुदायको भोटले धेरै नेताको जिन्दगी फेरियो तर उनीहरूको अवस्था उस्तै दयनीय छ । अहिले चारैतिर चुनावी चहलपहल छ । ‘यस बस्तीमा कत्तिको चुनाव लागेको छ ? जिज्ञासा राख्दा बस्तीकी बजुनदेवी मलिक एकछिन चुप लागिन् । एकछिन घोरिएपछि उनले भनिन, ‘केको चुनाव लाग्नु, चुनाव त धनीहरूलाई लाग्छ । हामी गरिब कमजोर मतदातालाई भरोसा बाँड्छन, बलियालाई पैसा छ । हामीसँग त धम्क्याएरै भोट लिन्छन् । उनले चुनावी अनुभूति सुनाइन, ‘एलानीमा बस्ने हामी गरिबसँग नेतासँग दोहोरो बोल्ने साहस हुन्न ।
अगाडिको चुनाव (स्थानीय तह) मा नेता आएका थिए, थुप्रै वाचा बाँडेर गएका उनीहरू अभैm पर्केका छैनन् । मंसिरको चुनाव का लागि भनेर अहिलेसम्म कोही नेता आएका छैनन, उनले थपिन् । प्रधान (गाउँपालिका प्रमुख) को चुनाव भएपछि नागरिकता सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर भोट हालेकी उनी भन्छिन, ‘गाउँमा प्रधान
(प्रमुख) जितेर हाकिम भए पनि हामी गरिबको सास्ती उस्तै छ । छोरा भोला मलिकलाई रोजगारका लागि विदेश पठाउन नागरिकता सिफारिसका लागि महिना दिन देखि गाउँपालिका र वडा कार्यालय धाउँदै आएको सुनाउँदै उनले भनिन, ‘कहिले जनप्रति निधि भेटिँदैन, भेट्दा भोलि आउनू भन्दै फर्काउँछन् ।
नागरिकताको सिफारिस नहुँदा छोरा विदेश जानबाट रोकिएको उनले सुनाइन् । उनको गुनासो छ, ‘नेताले हाम्रा लागि भरोसा बाँड्नेबाहेक केही गरिदिएनन, आफैं गर्न खोज्दा पनि सहयोग गर्दैनन् ।
नेताहरूलाई विश्वास गर्न सकिने आधार नभएको सोही समुदायकी समुद्रदेवी मलिकले बताइन् । ‘चुनावका बेला गाउँ आएका नेता ठूलाठूला प्रतिबद्धता गरेर फर्कन्छन, आश्वासन बाँडेर जान्छन, उनले भनिन, ‘तर चुनाव पछि हाम्रो अवस्था भने उस्तै ।
     ‘चुनावमा यो समुदाय भोट खसाल्ने मेसिनको रुपमा प्रयोग हुँदै आएको छ, स्थानीय बुद्धि जीवी पशुपति यादवले भने, ‘चुनावका बेला प्रयोग गरेर बेहाल छाडिदिने । चुनावका बेला लोभ्याएर भोट लिई फर्केर अनुहार नदेखाउने नेताका कारण विपन्न समुदायमा चुनावप्रतिको उत्साह घट्दै गएको उनको बुझाइ छ ।
दलित समूहमा सूचीकृत डोम र मुसहर जाति बसोवास गर्ने बस्तीमा अधिकतर परिवारका सदस्यका नाममा जग्गा छैन । ‘घर पनि ऐलानी जग्गामै छ, स्थानीय उम्दा मलिक भन्छिन, ‘हामी तीनचार पुस्तादेखि यसै ठाउँमा बस्दै आएका हौं तर हामीसँग जग्गाको कुनै प्रमाणपुर्जा छैन । प्रत्येक चुनावमा भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौं भन्छन् तर, हाम्रो जीवनस्तर फेर्नेगरी कहिल्यै उनीहरूले काम गरेनन् । भगवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । यसमा साबिक का निर्वाचन क्षेत्र नम्बर १ र २ समेटिएका छन् । यो क्षेत्रबाट एक दशकयता दुईजना मन्त्री भएका छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा मधेसी जन अधिकार फोरमबाट राजलाल यादवले चुनाव जितेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेबाट रामचन्द्र यादवले जिते । दुवैजना मन्त्री भए । राजलाल विना विभागीय मन्त्री भए भने रामचन्द्र सामान्य प्रसाशन मन्त्री बने । रामचन्द्र यसपालि चुनावी मैदानमा छैनन् । राजलाल संघीय समाजवादी फोरमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
सधैं भरोसा बाँडेर भोट लिने तर कहिल्यै फर्केर ‘हाल बुझ्न नआउने नेतालाई यसपालि भोट नहाल्ने मनसाय विपन्न बस्तीको छ । ‘हाम्रो जीवनस्तर सुधार्न सक्ने उम्मेदवारलाई भोट हाल्छौं, उम्दा भन्छिन, ‘हाम्रा लागि आएको सेवासुविधा झ्वाम पार्नेलाई भोट दिन्नौं ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »