सिरहा ३ को चुनावी माहोल दुईपक्षिय प्रस्तिस्पर्धामा जा“दै

प्रकाशित समय 4:06:00 AM
आशिष विश्वकर्मा
सिरहा, ३० कात्तिक । दोस्रो चरण अन्तर्गत २१ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति नजिकिँदै गएपछि सिरहा जिल्लामा चुनावी चहलपहल बढ्दै गएको छ । चुनावी प्रतिस्पर्धामा नेपाली काग्रेसका अमर रेग्मी, बाम गठवन्धनका तर्फबाट नेकपा एमालेका लिलानाथ श्रेष्ठ र मधेसी गठवन्धनका तर्फबाट संघिय समाजवादी फोरमका असेश्वर यादव तथा चारजना स्वतन्त्र सहित १३ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि १३ जना उम्मेदवारी परेको  भए पनि वाम गठबन्धनका श्रेष्ठ, र संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवबिच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । नेपाली कांग्रेसले उम्मेदवारी दिएपनि उनलाई पार्टीको मत सुरक्षित गर्नमात्र उम्मेदरी दिएको काँग्रेसीहरु नै बताउने गर्छने ।
उम्मेदवारको हिसावले नेपाली कांग्रेसले ६४ वर्षिय पाका, पार्टीप्रति वफादार र राजनीतिक इतिहास भएको व्यक्तिलाई उम्मेदवार बनाएको भएपनि उनलाई चुनावी दौडमा तेस्रो नम्वरमा राखेर हेर्ने गरिएको छ ।
प्रतिस्पर्धामा यसक्षेत्रमा सवैभन्दा अगाडी उम्मेदवार श्रेष्ठ अगाडी रहेको आकलन गरिएको छ । उनको प्रतिस्पर्धा मधेसी गठबन्धका यादवसँग रहने अनुमान गरिएको छ । हालै सम्पन्न स्थानीय तहको मत
परिणमले पनि यस्तै देखाएको छ । क्षेत्र नं. ३ का गोलबजार नगरपालीका, अर्नमा गाउँ पालीकामा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । नरहा एमालेका उम्मेद्वार विजयी भएका छन् । सिरहा नगरपालीकाम पनि एमालेको उपमेयर विजयी भएका छन् ।
गोलबजार, सिरहा नगरपालिकासहित नरहा, विष्णुपुर, अर्नमा गाउँपालिकाका ४१ वडामध्ये माओवादी केन्द्र १२, कांग्रेस ११, एमाले र फोरमले ९–९ वडा जितेका छन् ।
महिला ४० हजार दुई सय ८९ र पुरुष ४६ हजार ६ सय १४ सहित कुल ८६ हजार नौं सय तीन मतदाता रहेको यस क्षेत्रमा स्थानीय तहको चुनावमा एमाले १६ हजार तीन सय ४५, फोरम १४ हजार एक सय २८, कांग्रेस १२ हजार आठ सय ९४, माओवादी केन्द्र १० हजार सात सय ७० र राजपाले एक हजार सात सय ७८ मत प्राप्त गरेको थियो ।
दुर्व बामको मत परिणामलाई अधार मान्नेहो भने यहाँ बाम सवैभन्दा अगाडी रहेको छ । तर, स्थानीय तहकै निर्वाचनमा यस्तो मत परिणामपनि देखिएको थियो । उम्मेदवार जुन सुकै पार्टीको भएपनि निश्चित जाति वा समुदायलाई उनको जनघनत्वको आधारमा मत प्राप्त भएको थियो । त्यस्तो अवस्था यो चुनावमा पनि आउने सक्ने स्थानीय जानकारहरु बताउँछन् । सिरहाको बर्छवा स्थित बनवाली माध्यमिक विद्यालयका प्रधानअध्यापक
रामेश्वर यादवका भन्छन्, ‘मानिसमा मेरो, आफ्नो भन्ने भावना रहन्छ, चुनावमा पनि यो हुन सक्ने सम्भावना त्यतिकै रहन्छ, त्यसमा पनि मधेसमा अझैपनि आन्दोलनको राप छ, त्यसले पनि काम गर्ने देख्छु म ।
उम्मेदवारका हिसावले पनि बाम गठबन्धनका उम्मेदवार श्रेष्ठ दौडमा अव्वल कहरीले आकालन गरिएको छ । उनी आफैपनि यस अघि जिल्ला उपसभापनि भएकार गरेको काम, व्यक्तिगत छवी र जनताको देनिकीमा जोडिएकाले आफूलाई सहज हुने विश्वस व्यक्त गर्छन् ।
आपूm आन्दालेनबाट आएकाले जनताले आफ्नो एजेण्डाका लागि मत हाल्नेमा ढुक्कछन् संघिय समाजवादी फोरमका उम्मेदवार अशेश्वर यादव । उनी भन्छन, हामी अझैपनि आन्दोलनमै छौं, यो निर्वाचनलाई पनि हामीले आन्दोलनकै रुपमा हिलउका छौं, त्यसैले पनि हाम्रो एजेण्डमा मधेसी जनताले मत हाल्ने निश्चित छ । याद आफैभने लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर दुई वर्षअघि फोरम प्रवेश गरेका हुन् । उनी अहिले पार्टीका  केन्द्रीय सदस्यको रुपमा रहेकाछन् ।
२०१५ सालको आम चुनावमा कांग्रेसबाट सांसदमा चुनिएका बाबु माधवप्रसाद रेग्मीका छोरा हुन्, नेपाली काग्रेसका उम्मेद्वार अमर रेग्मी । त्यस वुवा पछि आमा र त्यसपछि रेम्गमी आफ्ै जिल्लाको नेतृत्वमा रहेका काम गरेका पार्टीका आदर्श व्यक्तित्व हुन् । तर, वर्तमान चुनावी माहोलमा उनको माहोल कमजोर देखिएको छ । उनी आफ्नो आदर्श, पार्टी प्रति परिवारको लगानीका कारण आफूलाई यहाँका मतदाताले मायाँ
गर्नेमा ढुक्कछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »