काँग्रेस प्रचार प्रसार समितिले सिरहा न
गरपालिका–२२ हकपारा मा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको हित भन्दा सत्ताको लतमा हजारौं निर्दोष नेपालीको हत्या गराउनु वाहेक अरुको सोच माओवादीमा नरहेको पछिल्लो घटनाक्रमले रहस्य खुलाइसकेको बताइन् ।
जनहित चाहेको भए शान्तिको मार्गमा रहेर राजनीतिक गथ्र्यो निर्दोषलाई हत्या गराउने काम गर्थेन उनले प्रष्ट पारिन् । उनका अनुसार जनताको हित र आवाज विहिनहरुको आवाजलाई बुलन्द गर्ने कलमजीवि पत्रकारलाई हत्या गराउन काम माओवादीले नै गरेको कुरा सबैलाई जानकारी भएकै हुनुपर्छ । फेरी पनि देशमा हत्या, हिंसा र अशान्ति ल्याउन बाम शक्तिले कसरत गरिरहेको उनले दाबी गर्दै त्यसैको एक चरण सत्ता कब्ता रहेको बताइन् ।
हिंसाको बाटोमा रहेको ती माओवादीलाई काँग्रेसले शान्तिको मार्गमा ल्याएको बताउदै उनले शान्तिको मार्गबाट सत्ता कब्जा नहुने देखे पछि बामगठबन्धनको नाउँमा माओवादीले सत्ता कब्जा र जनतामाथि हुकुमी शासन गर्न खोजेको थपिन् ।
सत्ताको बागडोर अरुको हातमा रह्यो भने हिंसा गर्न समस्या पर्ने भएकोले सत्ता कब्जा गर्न बाम गठबन्धन बनाएको उनले दाबी गरिन् । हिंसा, हत्या र अशान्तिले कसैलाई फाइदा गर्दैन । देशमा हिंसक अवस्था आयो भने सबै भन्दा बढि समस्या विपन्न दलित गरिबलाई पर्ने गरेको उनको भनाई छ । माओवादीको कारण हिंसाको चपेटमा परेर देशमा अहिलेसम्म समस्या आइरहेको बताउँदै उनले आफु शान्तिमन्त्री हुँदा हिंसा पिडित परिवारहरुको स्वास्थ्य, सुरक्षा र रोजगारका लागि राहत स्वरुपको रकम निकास गराएको दाबी गरिन् ।
देशमा शान्ति कि अशान्ति चाहियो सबै कुरो अहिले जनता को हातमा छ जनता जे चाहन्छ त्यही हुन्छ उनले भनिन,‘राम्रोसँग बिचार पु¥याएर कसले जनताको हितमा काम गर्न सक्छ र विगतमा कसले राम्रो काम गरेका थिए त्यसलाई मात्र मतदान गर्नुस । नेपाली काँग्रेस सधै गाउँको विकास गर्न पक्षमा लड्दै आएको छ जबसम्म गाउँको विकास हुँदैन् तबसम्म देशमा आर्थिक सम्बृद्धि आउन नसक्ने उनले जिकिर गरिन् ।
नेपाली काँग्रेस जे बोलेका छन् त्यो गरेको इतिहास साक्षी रहेको काँग्रेसबाट सिरहा क्षेत्र नं.३ प्रति निधिसभा सदस्यका उम्मेदवार अमर रेग्मीले बताए । काँग्रेसले जनताको हितमा शासन व्यवस्था ल्याउन राणा, राजा तथा जन विरोधी अन्य शक्तिसँग जनताको साथ लिएर संघर्ष गरेर जनविरोधी सबैलाई पराजय गरेर प्रजातन्त्र ल्याएको उनले बताए ।
आमजनताको साथ लिएर काँग्रेसले ल्याएको जनहितकारी प्रजातान्त्रिक लोकतन्त्रलाई सत्ता स्वार्थमा बामगठबन्धनले धराप मा पार्न खोजेको उनले दाबी गर्दै त्यस्ता गठबन्धनलाई भोट नदिई जनताको हितमा बोल्ने र काम गर्ने काँग्रेसको रुख छापमा मतदान गर्न सबैलाई आग्रह गरे ।
सत्ता कब्जा गरी देशमा हुकुमी शासन व्यवस्था ल्याउने सोचलाई काँग्रेसले निस्तेज पार्दै आएपछि नेकपा एमाले र माओवादी केन्द्र एकअर्काको बैसाखी बनेर सत्ता कब्जा गरी हुकुमी शासन पद्धति लागु गर्न खोजेको काँग्रेसबाट सिरहा क्षेत्र नं.३ प्रदेशसभा सदस्य (ख) का उम्मेदवार डा सुभाषचन्द्र यादवले बताए ।
बाम शक्तिले हुन लागेको चुनाव मा बहुमत प्राप्त ग¥यो भने समानता, स्वतन्त्रता, सामाजिकता, सुशासन तथा विकासमा नकारात्मक असर पर्ने उनले दाबी गरे । प्रजातन्त्र वाहेक अरु कुनै व्यवस्थामा स्वतन्त्रता, समानता र जनशासन पद्धति नरहने गरेको बताउदै उनले प्रजातन्त्र ल्याउने र बचाउने अभियानमा रहेको काँग्रेसमा मतदान गर्न सबैसँग आग्रह गरे ।
चुनावीसभामा नेपाली काँग्रेस जिल्ला सचिव उपेन्द्र यादव, क्षेत्रीय सभापति संजयप्रकाश यादव, महेश यादव, मधुसुदन यादव लगायतले प्रजातन्त्रको महत्व दर्साउदै आ–आफ्ना विचार व्यक्त गरेका थिए । सभामा हजारौं व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
