फोरम र एमाले परित्याग गरी सैयौं काँग्रेसमा प्रवेश

प्रकाशित समय 10:46:00 PM
बाम गठबन्धनको झुठो आरोपबाट आफु नडगमगाई जनताको सेवामा उभिरहने  डा. सुभाषचन्द्र 
सिरहा, १४ मंसिर । बाम गठबन्धनको झुठा प्रचारबाजीले आफु नडगमगाई जनता र देशको हितमा अनवरत रुपमा निर्धकता का साथ अघि बढिरह्ने नेपाली काँग्रेसबाट सिरहा क्षेत्र नं. ३ प्रदेशसभा (ख) सदस्यका उम्मेदवार डा.सुभाषचन्द्र यादवले बताए ।
काँग्रेस चुनाव प्रचार समितिले विहिवार सिरहा नगरपालिका–३ मखनाहामा राखेको चुनावीसभामा बोल्दै उनले दक्षिणी भेगको पट्कै विकास नभएको बामगठबन्धनले गर्दै आएको झुठा प्रचारबाजी वाहेक त्यसमा कुनै दम्भ नभएको जिकिर गरे ।


माओवादीको दशवर्षे सशस्त्र युद्ध र देशको तरल राजनीतिकका कारण देशकै विकासको अवस्था पछि  परेको चर्चा गर्दै त्यसैको मार केही रुपमा सिरहाको दक्षिणी क्षेत्रमा परेको उनले स्वीकार गरे । एमालेलाई दक्षित गर्दै उनले एमालेको सांसद भएको समयमा सिरहा माडर सडकको अवस्था र अहिलेको अवस्था कस्तो छ भनेर कसैलाई बताइरहनु नपर्ने बताए । यो कालोपत्रेमा काँग्रेस नेताको अग्र योगदान रहेको उनले थपे । 
सिरहा माडर सडक कालोपत्रे, माडर लगडि गदियानीसँगै शान्ति मन्त्री भएको समयमा कुनै खास भेगलाई मात्र नभई जिल्लाको शिक्षा, स्वास्थ्य, सार्वजनिक स्थान तथा अन्य चौतर्फी विकासका लागि सैयौं योजनाहरु ल्याईएका छन् ती योजनाहरु कार्यान्वयनको क्रममा रहेको उनले जनाए । उनका अनुसार योजना कार्यान्वयन भइरहेको स्थानहरुमा सम्बन्धित ठाउँमा स्थानीय जनताहरुले गुणस्तरीयताको लागि निगरानी जारी राख्नुपर्छ । 
विकाससँगै मधेशको अधिकार मुखी संविधान संशोधन प्रस्ताव काँग्रेसले अघि सारेको थियो तर एमालेकै कारण पारित नभएको हुनाले आसन्न चुनावमा काँग्रेसले बहुमत प्राप्त गरियो भने मधेशको मागलाई पहिलो प्राथमिकतामा राखेर पुरा गराउने उनले थपे ।
आरोपलाई खण्डन गर्दै उनले मखनाहा माडरकोबीचमा निर्माण भइरहेको अस्पतालको रकम आफ्नो खल्तीमा नआउने गरेको प्रष्ट पार्दै राज्यको विधि र प्रक्रिया अनुसार जिल्ला समन्वय समिति ले ठेक्का प्रक्रिया मार्फत निर्माण भइरहेको बताए । उनका अनुसार आफु संस्थाको अध्यक्ष तथा समितिमा आवद्ध सदस्यहरुले समान्य रुपमा निर्माणको गुणस्तरीयताबारे अवलोकन मात्र गर्दै आएका छन् ।
‘यो कुनै छोटो क्लिनिक छैन् कि आज खोल्यो र भोली देखि एउटा आला तथा केही समान्य प्रविधि का मेसिन जडान गरी जनतालाई ठग्न थाल्ने क्लिनिक यो हैन्, डा.यादवले भने,‘पहिलो चरणमा भारतीय दुतावासको सहयोग र दोश्रो चरणमा नेपाल सरकारको अनुदानमा थप भवन निर्माण ठेक्का प्रक्रियामा भइरहेको छ । यो अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस भेगका विद्यार्थीहरुलाई सहुलीयत हुने गरी केही वर्षभित्र अस्पताल संचालन गरिनेछन् । यो अस्पताल ले उच्च स्वास्थ्य सेवा प्रदान गर्र्नेछन् ।
तानाशाही शासन ल्याउन गठबन्धनः– देशमा शान्ति ल्याउन र माओवादीलाई लोकतान्त्रिक शासन पद्धति अपनाउन नेपाली काँग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाले जंगलमा रहेको माओवादीलाई शान्ति वार्ता प्रक्रिया मार्फत सदनमा ल्याइ मन्त्री तथा प्रधानमन्त्री बनाउने काम ग¥यो तर जंगलमा लुकेर समाजलाई त्रसाई खुल्ला खाएका माओवादीलाई लोकतान्त्रिक शासन व्यवस्था र जनतासँग पटक–पटक मत माग्ने शैली मन नपरेको फलस्वरुप सधैका लागि चयनसँग जनता माथि शासन गर्न एमालेसँग नाम धारी बामगठबन्धन बनाएको सभामा बोल्दै उनले बताए ।
बामगठबन्धनले आसन्न चुनाव मा बहुमत प्राप्त ग¥यो भने देशमा धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव, व्यक्ति स्वतन्त्रता लगायतका अन्य मौलिक पक्षमा नकारात्मक असर मात्र पर्दैन फेरी चुनाव हुन्छ कि हुनन भन्ने उनले शंका व्यक्त गरे । फेरी चुनाव होस, नेतृत्व परिवर्तन भइरहुन युवाले पनि राजनीति गर्न पायोस, धार्मिक स्वतन्त्रता कायम होस भन्ने चाहन्छ भने आसन्न निर्वाचनमा काँग्रेसको नेतृत्वमा चुनावी मैदानमा उत्रेका लोकतान्त्रिक पार्टीका उम्मेदवारलाई बहुमतका साथ जिताउन उनले सबैसँग आग्रह गरे ।
काँग्रेस गढमा पार्टी प्रवेशको लहरः– बामगठबन्धनको फगती पार्टी प्रवेशको प्रचारबाजीलाई मुखभरी जवाफ दिने गरी सिरहा को दक्षिणी भेगमा काँग्रेस प्रवेश को लहर चलेको छ । विहिवार भएको सिरहा नगरपालिका–२ र ३ मखनाहामा भएको चुनावी सभामा सैयौं नेता तथा कार्य कर्ताहरु नेकपा एमाले, माओवादी र फोरम परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।
मखनाहाको सभामा अविनाश मण्डल, शिलादेवी शर्मा, रीतादेवी दास लगायत सैयौं नेता तथा कार्यकर्ताहरु लामबद्ध भएर काँग्रेस प्रवेश गरेका छन् भने सिनपा–२ मा भएको चुनावीसभा मा सहदेव राम, सरोज कुमार यादव, तेजिलाल यादव, सुनिल कुमार साह लगायत चार दर्जनभन्दा बढि व्यक्ति काँग्रेसमा प्रवेश गरेका हुन् ।
यसैगरी, गएको एक हप्तायता विभिन्न स्थानमा भएको चुनावी सभामा एमाले, माओवादी र फोरम पार्टी परित्याग गरेर हजार भन्दा बढि नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गरेको सिरहा क्षेत्र नं.३ का क्षेत्रीय सभापति संजय प्रकाश यादवले बताए । अब हुने चुनावीसभाहरुमा पनि यही हराहरीमा विभिन्न पार्टीबाट परित्याग गरेर काँग्रेसमा प्रवेश गर्ने उनले दाबी गरेका छन् ।
प्रश्नको जवाफ दिँदै काँग्रेसका नवप्रवेशीहरुले मधेशको अधिकारमुखी छ महिने आन्दोलनको क्रममा गरिएको ‘मानव साङलोलाई माखे साङलो र समथर चाहियो भने बिहार गए हुन्छ बाट चोट लागेको भन्दै भविष्यलाई विचार गरेर एमाले परित्याग गरेको उनीहरुले बताएका छन् ।
सिरहा २ र ३ मखनाहामा भएको काँग्रेस चुनावीसभामा काँग्रेस कोषाध्यक्ष सितादेवी यादव, राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) का विषेश्वर मोरवैता, काँग्रेस जिल्ला सचिव उपेन्द्र यादव, सिरहा क्षेत्र नं.३ प्रतिनिभिधसभा सदस्यका उम्मेदवार अमर रेग्मी, मधुसुदन यादव लगायतले प्रजातन्त्र, व्यक्ति स्वतन्त्रता, सामाजिक सद्भावमा बृद्धि, आर्थिक विकास र मधेशको अधिकार लगायतका सवाललाई सम्बोधन गराउन नेपाली काँग्रेसले अघि सारेका उम्मेदवारलाई जिताउन सबैसँग आग्रह गरेका छन् ।

नेपाल सांस्कृतिक संघ र जनकपुरका र· दर्पणका कला कर्मीहरुले सभामा चुनावी गीत तथा नृत्य प्रस्तुत गरेको थियो भने स्थानीय गीतकार ज्ञानु यादव र सोनु मिश्राले चुनावी गीत प्रस्तुत गरेका थिए । सभामा हजारौं व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »