स्थानीय तहको समस्या समाधान गर्न गापा प्रतिबद्ध अध्यक्ष साह

प्रकाशित समय 1:11:00 AM
जागेश्वर यादव 
सिरहा, ११ मंसिर । लक्ष्मीपुर पतारी गाउपालिकाका अध्यक्ष रामबल्लभ साहले स्थानीय तहको सवै समस्या समाधान गर्न गाउपालिका प्रतिबद्ध रहेको वताए । अध्यक्ष साहले स्थानीय तहको निर्वाचन भएको दुई महिना मात्र भएकोले स्थानीय तहको समस्या हरु जस्ताको त्यस्तै रहेको वताए । स्थानीय तहको निर्वाचन लगतै प्रदेश र प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणले गर्दा गाउपालिकाको नगरसभा हुन नसकेका कारणले देखिएको समस्याहरुमा चाहे अनुरुपको काम गर्ननसकेको वताए ।
 अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेका सिरहाद्धार संचालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने  परियोजना अन्तर्गत लक्ष्मीपुर गाउपालिकामा आइतबार आयोजित सेवा प्रदायक र सेवाग्रहरीबीच शिक्षा,स्वास्थ्य, कृषि र खाद्य अधिकार सम्बन्धी गाउपालिका स्तरिय अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथी समेत रहेका अध्यक्ष साहले भने गाउपालिकामा सञ्चालन रहेका सरकारी कार्यालयहरुको अनुगमन गरी सेवा प्रवाहको अबस्था र सेवा प्रवाहमा देखिए का समस्याहरुको बारेमा आफु जानकार रहेकोले नगरसभा पश्चात देखिएका समस्याहरुलाई प्राथमिकताका आधारमा समस्या हरु समाधान गर्दै जाने प्रतिबद्धता ब्यत गरे ।
जनप्रतिनिधि आइसकेको महसुस स्थानीय सेवाग्राहीहरुले महसुस गर्नेखालका योजनाहरु र सहज सुलभ तरिकाबाट गाउ पालिकाले प्रदान गर्ने सेवाहरु प्रवाह गरिने वताए । गाउ पालिकाका प्रशासकीय अधिकृत रविन्द्र महतले गाउपालिकाबाट सेवा प्रवाहमा कुनै कसर बाकी नराख्ने र कानुन प्रक्रियाको आधारमा सेवाग्राहीहरुलाई बढी लाभदायक बनाउन लागिपर्ने वताए  । 
अधिकृत महतले सरकारले गाउपालिकामा अधिकार धेरै दिए तर यसलाई व्यवस्थापन गर्नका लागि केही समय लाग्ने वताए । सरकारको सेवा जनता समक्षा प्रवाह गर्नका लागि नागरिक सचेत र सजग हुनुपर्ने वताए । जनप्रतिनिधि प्रत्येक वडामा रहेको हुदा सेवा प्रवाह र वडा स्तरिय स्तरमा रहेको समस्या सहज रुपमा प्रतिनिधिको माध्यम बाट गाउपालिकामा आउने भएको हुदा त्यस मध्ये प्राथमिकताका आधारमा अतिआवश्यक समस्या लाई प्राथमिकताका साथ कार्यान्वयमा लैजाने वताए  । 
उनले भने निर्वाचन पश्चात चाडै नगरभेला सम्पन्न गरी आयोजनाका कामहरु तिब्र रुपमा अगाडी बढाउने  वताए  । गाउ पालिकामा सञ्चालन रहेका सरकारी कार्यालयहरुको गुनासो गाउपालिका सम्म आउने वतावरण वन्न नदिनका लागि सम्बन्धीत वडाध्यक्ष र सचिव हरुलाई सचेत गराए । कार्यालयको समयमा नियमित आफनो जिम्मेवारी वहन गर्नका लागि सवैलाई आग्रह गरे ।
कार्यक्रममा पशु सेवा महेशपुर का चन्द्रविर यादवका अनुसार आवश्यक सामग्रीहरुको अभाव र सचेतनाका कारण सेवा लिन सेवाग्राहीहरुको उपस्थिती न्युन हुनु र भ्याक्सिन लगायतका पशुका लागि चाहिने औषधी प्रयाप्त नहुदा सेवा प्रवाहमा कठिनाइ भइरहेको वताए । 
स्वास्थ्य चौकीका कमल राज जोशीले भने स्वास्थ्य जस्तो अतिसंवेदनशिल क्षेत्रमा पनि सरकारले चाहे अनुरुपको सामग्री उपलब्ध नगराउनुले सेवाग्राहीहरु लाई सेवा दिन समस्या भइरहेको  वताए । उनले भने स्वास्थ्य चौकी मा सरकारले निशुल्क औषधी वितरणको घोषण गरेका अनुसार को कुनै औषधी जिल्लाबाट हामी कहा आउदैन कसरी हामीले सेवाग्राहीलाई दिने । सिटामोल पनि पर्याप्त मात्रामा नपाइरहेकोले यस प्रति गाउपालिकाले पनि चासो वढाउनुपर्ने र तत्काल समस्या समाधानमा गर्नका लागि अग्रसर हुनुपर्ने सुझाव दिए । वहाले स्वास्थ्य चौकीको भवन सुरक्षित नभएको र आएको औषधी पनि राख्ने समस्या भइरहेको वताए ।
कार्यक्रममा लक्षमण ललिता माध्यमिक विधालयका प्र.अ. विनोद चौधरीले भने गुणस्तरिय शिक्षाका लागि पहिले दरवन्दी अनुसारको शिक्षक उपलब्ध हुनुपर्ने,आवश्यकता अनुसार भवन र अभिभावक सचेत भए गुणस्तरिय शिक्षा दिन सकिने सुझाव राखे । विधालयमा नियमित पठनपाठन र सेवा प्रवाहवारे गाउपालिकाले नियमित रुपमा अनुगमन गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा मानवअधिकार निगरानी समुहका जिल्ला सदस्य गंगा अधिकारीले समाजमा देखिएका समस्या समाधान गर्नका लागि गाउपालिका जवाफ देहिता बढाउनका लागि मात हतका कार्यालयहरुलाई जोड दिनुपर्ने वताए । उनले भने समाज मा महिला हिंसा र बालविवाह जस्ता समाजिक कुरितिहरुलाई न्यूनिकरण गर्नका लागि समाज का सवै एकजुट हुनुपर्ने वताए । कार्यक्रममा ६ वटै वडाका वडाध्यक्ष,वडासचिव,मानव अधिकार निगरानी समुह,स्थानीय समाजसेवी,पत्रकार लगायत ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
मानवअधिकार निगरानी समुह महेशपुरपतारीका संयोजक रामप्रकाश यादवको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा समग्र जनउत्थान केन्द्र लहानका देवराज पोखरेलले,संचारकर्मी महेश सिंह र इन्सेको जिल्ला सहजकर्ता जागेश्वर यादव लगाय को सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »