बिडी कलेजमा विद्यार्थीद्धारा तालाबन्दी, कलेज प्रमुख साह आर्थिक हिनामिना गरेको आरोप

प्रकाशित समय 9:25:00 PM
सिरहा, १३ मंसिर । मिर्चैयामा रहेको ब्रह्मचारी दामोदरानन्द कलेजका प्राचार्य संजय साहले आर्थिक हिनामिना गरेको भन्दै बिद्यार्थीहरुले कलेजमा ताला बन्दी गरेका छन् । प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अबस्था दिनानु दिन खस्किदै गएको भन्दै बिद्यार्थी हरुले मंसिर १० गतेदेखि नै कलेजमा तालाबन्दी गरेको हो ।
तालाबन्दी पश्चात मिर्चैया नगरपालिकाका मेयरको उपस्थितिमा बसेको बैठकले आर्थिक हरहिसाब परिक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भएपनि कलेजले बेबास्ता गरेको जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । कलेजले आफुखुसी बिना बिज्ञापन शिक्षक भर्ना, त्रिबि नियम बिपरित मनोमानी ढंगले शुल्क बृद्धि, बिषयगत शिक्षक नराखेको जस्ता काम गर्ने गरेको जारी बिज्ञाप्ती मार्फत बिद्यार्थीहरु ले आरोप लगाएका छन् । 
  यसै सम्बन्धमा यहि मंसिर १४ गते कलेजमा छलफल कार्यक्रम को आयोजना गरिएकाले सम्पुर्ण सरोकारबाला निकायहरुलाई उपस्थित हुनका लागि बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »