देशमा शान्ति ल्याउन जंगलबाट माओवादीलाई का“ग्रेसले ल्यायो ः सितादेवी सिरहामा बामगठबन्धन परित्याग गरी काँग्रेसमा प्रवेशको लहर

प्रकाशित समय 6:23:00 AM
सिरहा, १२ मंसिर । जनमुक्तिका लागि हतियार उठाएको भन्दै जंगल पसेर देशमा रक्तपातको अवस्था निम्त्याउने तत्कालिन नेकपा माओवादीलाई जंगलबाट संसदमा ल्याउने पहिलो कदम काँग्रेसले चालेको काँग्रेस कोषाध्यक्ष एवम् पूर्व शान्तिमन्त्री सितादेवी
यादवले बताइन् ।
सिरहा नगरपालिकाको पद्मपुर स्थित भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले निर्दोष नागरिकहरुलाई हत्या, अपहरण र फिरौती लिइरहदा नागरिकमा त्रास बढेर अशान्त बनेको अवस्था लाई काँग्रेसले शान्ति कायम होस भनेर माओवादीलाई जंगलबात संसदमा ल्याएको थपिन् । 
त्यति मात्र गरेन, काँग्रेसले सदन मा ल्याएर आफ्नो स्वार्थ नताकि माओवादीलाई कैऔं पटक मन्त्री तथा महत्वपूर्ण मन्त्रालयहरु दियो तर आफ्नै कारण विवादमा फसेर माओवादी  सफलको बाटोमा पुगेर राजीनामा त कहिले कामै नगरी कार्य अवधि कस्ने गरेको विगत साक्षी रहेको उनले भनिन् ।
माओवादीलाई सदनको राजनीतिक अभ्यास बलियो होस भनेर काँग्रेसले देखाएको योगदान को फाइदा उठाउदै माओवादीले केही रुपमा सदनमा सफल पनि भयो तर सत्ता कब्जा गरी एकतन्त्रिय शासन चलाउने योजना भने सफल नभएको उनले तर्क गर्दै सत्ता कब्जाकै लागि एमाले र माओवादी गठबन्धन भएर चुनावी मैदानमा आएको बताइन् ।
जीवछ कामतिको अध्यक्षतामा भएको चुनावीसभामा काँग्रेसबाट सिरहा क्षेत्र ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमर रेग्मी, प्रदेशसभा सदस्य (ख) का उम्मेदवार डा सुभाषचन्द्र यादव, जिल्ला सचिव उपेन्द्र यादव, पूर्व सचिव जीवछ गुप्ता लगायतले प्रजातन्त्र बचाउन काँग्रेसको रुप छापमा मतदान भन्दै आ–आफ्ना विचार व्यक्त गरेका थिए । 
यसैबीच, दयाराम ठाकुर, श्याम कुमार मण्डल, राजेश पासमान, ब्रहमदेव मण्डल लगायत दर्जनौं व्यक्तिहरु बामगठबन्धन र मधेश वादी पार्टीहरु परित्याग गरी काँग्रेसमा प्रवेश गरेको क्षेत्रीय सभापति संजयप्रकाश यादवले बताए । बाम शक्तिका एमाले र माओवादी मिलेर बनेको गठबन्धनले प्रजातन्त्रलाई धराप मा पारेर देशमा एकदलीय तानाशाही शासन व्यवस्था ल्याउन खोज्दा आफुहरु पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेको उनीहरुले बताए । 
नयाँ शक्तिसँग काँग्रेसको चुवानी सहकार्य ः– .डा बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र नेपाली काँग्रेसबीच चुनावी सहकार्य भएको छ । प्रजातन्त्र बचाउका लागि चुवानी सहकार्य गरिएको भन्दै सो अवसरमा नयाँ शक्ति पार्टीका नगर कमिटि इन्चार्ज शोभित पासमान, केन्द्रिय सदस्य मो.अल्लाउदिन, समानुपातिक उम्मेदावर राम दुलारी पासमान, डा दिलिप सदा, समिउल्ला मियाँ, जिल्ला सचिव श्री नारायण महतो तथा काँग्रेसको तर्फबाट सिरहा क्षेत्र नं.३ प्रदेशसभा सदस्य (ख) का उम्मेदवार डा सुभाषचन्द यादव, क्षेत्रीय सभापति संजय, नगर सभापति अषिशलाल यादव, नरेश यादव लगायतका नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »