मधेशको माँग काँग्रेसले पुरा गर्छ ः नेता गिरि

प्रकाशित समय 4:34:00 AM
लहान, ६ मंसिर । आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको नेपाली कांग्रेसले सिरहा क्षेत्र नम्बर एकमा चुनाव प्रचार प्रसार लाई तीब्र बनाएको छ । यस क्षेत्र मा काँग्रेसबाट प्रतिनिधि सभा सदस्यमा प्रदीप गिरी, प्रदेश सभा (क) मा सन्तोष चौधरी र (ख)मा देशनाथ यादव उम्मेदवार छन् ।
कांग्रेस नेता गिरीले धार्मिक शक्ति पीठ राजदेवी पञ्चावती देबीमाईको दर्शन गर्दै चुनावी अभियान थालेका हुन् । गिरीले दैनिक दुई वटा वडामा भेला गरी सम्बोधन गरिरहेका छन् 
सिरहा क्षेत्र नम्बर १ को नगरपालिका तथा गाउँपालिकाको वडामा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै गिरीले मधेसका माग नेपाली कांग्रेसले मात्र पूरा गर्ने बताए । नेपाली कांग्रेसकै नेतृत्वको सरकारले संविधान जारी गरेको र कांग्रेसकै सरकारको पालामा संविधान संशोधनको प्रस्ताव दर्ता भएकाले मधेसका माग आफूहरुले मात्रै पूरा गर्ने उनको भनाइ थियो । उनले आफ्नो जन्मथलो सिरहा क्षेत्र नम्बर १ मा पर्ने भएकाले नै आफू सिरहाबाट चुनाब लड्न आएको बताए । आफूले जीवनभर देशको सेवा गरेको भन्दै उनले जीवनको अन्तिम समयमा जन्मभूमीको सेवा गर्ने इच्छा भएकाले आफ्नो क्षेत्रमा आएको बताए ।
संविधान संसोधनको काम बाँकी छ । नागरिकता, भाषा, राज्यसभाको चुनावको विषयमा पनि सम्बोधन भएको छैन् । जनसंख्याको आधारमा खासगरी प्रदेश नम्बर २ मा निर्वाचन क्षेत्र बन्नुपर्ने उनले भने । प्रदेश नम्बर दुईको जनतालाई चाहिएको अधिकारको लडाई अझै जारी रहेको छ । मधेशको पुर्ण अधिकार सम्पन्न गर्ने लडाईमा आफु बाहेक प्रतिस्पर्धी बनेका अन्य उम्मेदवारले नसक्ने गिरीले बताए ।
प्रजातन्त्र संसारको सबै भन्दा उत्कृष्ट विचारधारा हो । प्रजातान्त्रिक मुलुकमा मानिसले अन्याय सहेर बस्नुपर्दैन । त्यसको विरुद्धमा आफ्नो अभिव्यक्ति अखवार, रेडियो मार्फत व्यक्त गर्न पाउँछ । नभए बन्द हडताल पनि गर्छ । राज्यले दमन गर्दैन । तर, कम्युनिष्ट शासन भएको देशमा राजा वा सरकारलाई विरोध गर्न नागरिक ले पाउँदैन् । विरोध गर्दा सजाय पाउने गरेका छन् । हाम्रो मुलुकमा राजा हटेपछि जनताको शासन छ । प्रजातन्त्रको रक्षाको लागि नेपाली काँग्रेसलाई मतदान गर्न काँग्रेस उम्मेदवार गिरीले आग्रह गरेका छन् ।
सिरहा क्षेत्र नं. १ का जनताको लागि आवश्यक रहेको सिचाई, सडक, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य तथा पर्यटकिय स्थल लगायतका मुख्य कार्य आफूले गर्ने बताएका छन् । उनले बलान र खुट्टीखोलामा बाँध र नहर बनाएर क्षेत्रको सबै जग्गामा सिंचाईको व्यवस्था गर्ने, भारतीय सीमा क्षेत्रमा पर्ने ठाडीबाट सोलु खुम्बुसम्म सडक संजाल जोडेर सगरमाथासम्म पर्यटकहरु पुग्ने सबैभन्दा छोटो बाटोको निर्माण गर्ने तथा ठाडीमा विराटनगर रानीको जस्तै भन्सार नाका बनाएर क्षेत्रमा औद्योगिक क्षेत्रको निर्माण गर्ने काम जसरी पुरा गर्ने बताएका छन् । अहिलेको संविधानले मधेसी हरुको मागलाई पूर्णरुपमा सम्बोधन गर्न नसकेकोले आफूले हस्ताक्षार नगरेको बताउँदै गिरिले  जनसंख्याको आधारमा मधेसमा निर्वाचन क्षेत्र बनाउनु पर्ने उनले बताए । नेपाली काँग्रेस क्षेत्र नम्बर १ का चुनाव परिचालन समितिको संयोजक तथा पूर्व राज्यमंत्री पद्मनारायण चौधरीले मधेसको अधिकार प्राप्तीका लागि काँग्रेस र फोरमले मिलेर चुनावमा सहकार्य गर्नुपर्ने बताए । बाम  गठबन्धनले मधेसीको माग पुरा हुन नदिने खेलमा लागेका छन् । बाम गठबन्धनको खेल रोक्नको लागि काँग्रेस, फोरम, राजपा सहकार्य गर्नुपर्ने नेता चौधरीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »