सिरहामा प्रहरीमाथि गोलि प्रहार गर्ने तीन जना धनुषाबाट पक्राउ

प्रकाशित समय 1:27:00 AM
गोलबजार, ११ मंसिर । प्रहरीले चेकजाच गरिरहेको समयमा सिरहाको कल्याणपुर नगर पालिका–५ निर्दनामा २ जना प्रहरीमाथि आइतबार दिउँसो गोली प्रहार गर्ने तीन जना धनुषा बाट पक्राउ परेका छन् ।
धनुषाको चोरा कोयलपुर प्रहरी चौकीको टोलिले गोलि प्रहार गरी फरार रहेका ३ जनालाई सोमाबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको सहिद नगर पालिका–१ का २७ बर्षिय मनोज कुमार राय, सोहीठाउ बस्ने १९ वर्षका सरेन्द्र राय र ३० बर्षका शिव भन्ने जयकुमार राय रहेको प्रहरी चौकी कायलपुरले जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय यदुकोहा मा राखिएको छ । पक्राउ परेका तीनै जना कुनै समुहमा आवद्ध नरहेको र लागुऔषध प्रयोगकर्ता रहेको बताइएको छ । उनीहरुले प्रयोग गरेका हतियार भाग्ने क्रममा फालेको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ ।
कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुवरलाई गोली लागेको थियो । गोलि लागेका प्रहरी जवान यादव र म्यादी प्रहरी कुवरको  काठमाण्डौमा उपचार भइरहेको नायब उपरीक्षक राजन भेटवालले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »