लहान,८ मंसिर । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले राजनीतिमा मौका पर्दा ज्यान दिन तयार भएको तर इमान कहिल्यै नबेचेको बताएका छन् । नेपाली कांग्रेसले लक्ष्मीपुर गाउँपालिका वडा नंं ६ सितापुरमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै गिरिले उक्त कुरा बताएका हुन् । उनले भने, ’जनताले जे चाहन्छन् मैले त्यही पक्षमा सदन र सडकमा बोलेको छु, एक पटक, दुई पटक होइन धेरै पटक बोलेको छु ।’
जवसम्म गाउँमा रोजगार हुँदैन, नेपाल देश धनी हुन सक्दैन भन्दै गिरिले देश धनी नभएसम्म मानिसहरु मलेसिया, कत्तार धाई रहन्छन्््््््््््््््््््््
भने । उनको तर्कमा सिंचाई र विजुली भएमा मात्र रोजगार हुन्छ तर, विजुली भए मात्र सिंचाई हुन्छ । सबै विजुली जनताको दरवारमा होइन राजाको दरवारमा जान्थ्यो । राजाले पहिले थुन अनि सुन भन्ने नीति लिएको थियो । सानालाई ऐन ठूलालाई चैन थियो । राजतन्त्र फालिएकोले अब जनता नागरिक भएको गिरिले बताए ।
गिरिले पैसाको लागि, पदको लागि होइन, घरद्धारको लागि होइन, सिद्धान्तका लागि १४ बर्षको उमेरदेखि लडेको बताए । धेरै दिन जेलमा बसे, निर्वासित भँए । मेरो पढाई र उपलब्धीलाई मैले पदसंग साटेको छैन ।उनले भने, मैले कहिल्यै पद मागिन । पैसा कहिल्यै मागिन । मैले अधिकार खोजे । तपाईको अधिकार मेरो अधिकार हो । मेरो अधिकारमा तपाईको अधिकार छ । मेरो अधिकार बेचमा तपाईले अधिकार पाउनु हुन्छ । तपाईको अधिकार बचेमा मैले अधिकार पाउँछु ।
पहिले राजा हटाउन कसरत गर्नु पर्यो, त्यसपछि माओवादी समस्या सल्टाउनु पर्यो । त्यसपछि मधेसको समस्या समाधान गर्न समय लाग्यो, त्यसपछि एमालेको छलकपटको समस्या समाधान गर्नु परेको छ । यो सबै चिरेर विकासको अध्याय शुरु गर्नु परेको छ । नागरिकको अधिकारको लागि म कहिल्यै पछाडी पर्दिन । उनले मधेसको मुद्धा उठाउँदा होस वा मुस्लिमको मुद्धा उठाउँदा होस चाहे दलित जनजातिको मुद्धा उठाउँदा होस जहिले पनि उनीहरुकै पक्षमा बोल्ने गरेको बताए ।
