सिरहा–२ मा वाम बर्चश्व तोड्ने कांग्रेसको कसरत

प्रकाशित समय 4:31:00 AM
गोलबजार, ६ मंसिर । यही मंसिर २१ गते हुने दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्यका लागि सिरहा–२, बाट मुख्य तीन दलसहित १६ जनाले उम्मेदवारी दिएका छन् ।
वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास यादव, नेपाली कांग्रेसका रामचन्द्र यादव र मधेशी गठ बन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका शत्रुधनप्रसाद सिंह कोइरीको उम्मेदवारी परेको छ । पूर्व वास्थ्य राज्यमन्त्रीसमेत रहेका वाम गठबन्धनका उम्मेदवार दास लामो समय कांग्रेसमा राजनीति गरेर उम्मेदवारी दर्ताको केही दिनअघि मात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरे ।
नेपाली कांग्रेसका उम्मेदवार यादव सिरहा जिल्ला सभापति तथा निवर्तमान सासंद हुन । सिंह संघीय फोरमका केन्द्रीय सदस्य तथा पूर्व सभासद हुन । वाम गठवन्धनका उम्मेदवार २०४८ को आम चुनाव र २०५१ को मध्यावधि चुनावमा सिरहाको क्षेत्र नम्बर ३ बाट सासंदमा निर्वा्चित हुनुभएको थियो । उनी २०५२ सालमा शेरबहादुर देउवाको सरकारमा स्वास्थ्य मन्त्री बने । दासले वामपन्थीको राम्रो गढ रहेको र आफ्नो व्यक्तित्वको कारण पनि आफ्नो पक्षमा चुनावको परिणाम आउने बताए । उनले भने, ‘मैले त्यसैै कांग्रेस छोडेको होइन, जनताले मलाई स्वतन्त्रबाट भए पनि उम्मेदवारी दिन दबाब दिएपछि आफू माओवादीमा प्रवेश गरेर चुनावमा आएको हुँ, मलाई जनताले लडाएका हुन, त्यसैले चुनावको परिणाम हाम्रो पक्षमा रहन्छ ।
दोस्रो संविधानसभा २०७० सालको दोस्रो संविधानसभामा सिरहा क्षेत्र नम्बर ४ मा गएको असोज २ गते भएको स्थानीय तहको चुनावमा कांग्रेसको अवस्था खस्किएपछि यसले उनलाई ठूलो झट्का परेको बताइन्छ । तर, यादव भने जनताले आफूलाई नै चुन्नेमा ढुक्क रहेको बताए । उनले भन्छ, ‘मैले संविधानसभामा जितेपछि पनि यस क्षेत्रका जनतासँग सम्पर्कमा छु चुनाव जित्ने आधार पेश गर्दै उनले भने ‘कांग्रेससहित अन्य सबै दलसँगको समन्वयमा क्षेत्रको विकास निर्माणमा लागेको छु, क्षेत्रका विभिन्न सामुदायिक विद्यालय, सडक, पुल पुलेसा, खानेपानी, सामुदायिक भवन निर्माण गर्न सघाएको छु ।
पहिलो मधेश आन्दोलनको रापमा २०६४ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको तर्फबाट सिरहा क्षेत्र नम्बर ४ बाट सिंह संविधानसभा सदस्य चुनिएको थियो । पछि विजय गच्छदारको फोरम लोकतान्त्रिकमा प्रवेश गरे । पर्यटन राज्यमन्त्री बनेका सिंह ७० को दोस्रो संविधानसभा चुनावमा त्यसै क्षेत्रमा कांग्रेसका यादवसँग पराजय भएका थिए ।  पछि पुनः सिंह उपेन्द्र यादवकै नेतृत्वमा रहेको फोरममा प्रवेश गरेपछि केन्द्रीय सदस्य हुँदै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बने छ । क्षेत्र नम्बर २ धनगढीमाई नगरको १२, सुखीपुर नगरको १०, गोलबजार नगरको एक वडासहित लक्ष्मीपुर पतारी, बरियारपट्टि, नवराजपुर, औरही र अर्नमा गाउँपालिकाका ४१ वडाहरु समेटिएका छन् । यस क्षेत्रमा स्थानीय तहको पछिल्लो चुनावमा धनगढीमाई, औरही र अर्नमामा माओवादी केन्द्रले जितेको छ भने लक्ष्मीपुर पतारी, बरियारपट्टिमा फोरमले जितेको छ । नवराजपुर मा कांग्रेस र सुखीपुर एमालेले जितेको छ । क्षेत्र नं. २ मा पर्ने आठ स्थानीय तहका ४१ वडाको मतको आधारमा एमालेले १३, माओवादी केन्द्र र कांग्रेस ९,९, फोरमले १० वडामा जितेको छ ।
क्षेत्रको ४१ वटै वडामा दल हरुले पाएको मत परिणाम अनुसार सवैभन्दा बढी नेकपा एमालेले १५ हजार चार सय ४३ मत प्राप्त गरेको थियो । कांग्रेस १५ हजार चार सय १३ मतसहित, फोरमले १४ हजार चार सय ७७ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्र ११ हजार २७१ मतसहित चौथो र राजपा नेपालले  २३७५ मत प्राप्त गरेको थियो । स्थानीय तहको मतलाई आधार मान्दा वाम गठबन्धनको २६,७१४ प्राप्त गरेको छ । यो मत परिणामले वाम गठवन्धन कांग्रेसभन्दा ११,३०१ मतले अगाडि देखिन्छ । यस क्षेत्रमा जम्मा दुईजना तस्रो लि·ीसहित ८८ हजार ८९ मतदाता छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »