त्रिशूलीमा बस दुर्घटना हु“दा आठको मृत्यु घाइतेले अफ्नै खर्चमा मगाए हेलिकोप्टर

प्रकाशित समय 9:28:00 PM
चितवन, १३ मंसिर । पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडक खण्ड अन्तरगत चितवन जिल्ला को इच्छाकामना गाउँपालिका–३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
काठमाडौंबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु २ ख २९१ नम्बर पश्चिम नेपाल यातायात व्यवसायी संघको बस मुग्लिनबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको बस ट्रकसँग ठोक्किए त्रिशूली नदीमा खसेको थियो ।
चितवन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तका अनुसार बस तिब्र गतिमा रहेको र गलत ट्रयाकमा गएर ट्रकलाई ठक्कर दिँदै भीरबाट त्रिशूलीमा खसेको हो । बस दुर्घटना हुनेबित्तिकै कुरिघाटका स्थानी, सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्र कुरिन्टारका प्रहरी घटनास्थलमा उद्धारका लागि पुगेका थिए । उद्धारकर्मी गोरखाका सुजन गुरुङले भने, ‘हामी आउदा घटनास्थलमा घाइेतको विजोग थियो, बढी गम्भीर देखिएकालाई उद्धार गरेर अस्पताल पठायौँ । बस भीरबाट खसेको हुनाले घाइेतलाई राजमार्गसम्म लैजान पनि गाह्रो भएको थियो । बस दुर्घटनामा २५ जनाभन्दा बढी घाइेत भएका छन् । घाइतेमध्ये १६ जनालाई चितवनस्थित भरतपुर अस्पताल पठाइएको र ५ जनालाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्रका एसपी विराज श्रेष्ठले जानकारी दिए।८त्रिशूलीमा बस दुर्घटना, मृतकको संख्या ७ पुग्यो ।
      घाइतेले आफ्नै खर्चमा मगाए हेलिकोप्टर  घाइतेको उपचारमा ढिलासुस्ती हुँदा मृतकको संख्या अझ बढ्ने देखिएको छ । दुर्घटनामा २५ भन्दा बढी घाइते भएपछि राजमार्ग क्षेत्रमा रहेका एम्बुलेन्सले २३ जना घाइतेलाई अस्पताल पुर्याएका छन् । एम्बुलेन्स अभावले केही घाइतेको ढिला गरी मात्र उद्धार भएको छ । दुई जना घाइतेलाई दिउँसो ३ बजे मात्रै नवलपरासी बाट आएको एम्बुलेन्सले काठमाडौं लगेको मुग्लिन प्रहरीले जनाएको छ । घाइेत मध्ये अर्घाखाँचीका दोमासेको परिवारले निजी खर्चमा हेलिकप्टर चार्टर गरी कुरिनघाटस्थित पोलिक्लिनिकबाट थप उपचारको लागि काठमाडौं लगेका छन् । उक्त हेलिकोप्टरमै अर्की घाइते निशा थापालाई समेत उपचारका लागि काठमाडौं पठाइएको पश्चिम नेपाल बस व्यवसायी संघ धादिङका प्रतिनिधि रामप्रसाद पाण्डेले जानकारी दिए । ८ यसअघि प्रहरीको सूचना गलत भएकोले सच्याइएको । दुर्घटनाका घाइते पवन महतको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »