मिर्चैयामा प्रहरी हाम्रो टोलमा अभियान जारी

प्रकाशित समय 4:23:00 AM
राम नारायण पंडित

सिरहा, ३ मंसिर । सिरहामा प्रहरी हाम्रो टोलमा अभियान जारी रहेका छन् । “शान्ति सुरक्षा र सुशासन ,जनमैत्री प्रहरी र प्रशासन” बनाउने उदेश्यका साथ अभियान सुरु भएको हो । जनतासंग समन्वय गरेर समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने कार्यक्रम अन्तर्गत मिर्चैयामा पनि अभियान सुरु भएको हो । जनतासँग सुचना लिएर समाजमा घट्ने अपराध नियन्त्रण गर्न यो कार्यक्रमले सहयोग पुग्ने प्रहरीले विश्वास रहेको छ ।  
अभियानको क्रममा ईलाका प्रहरी कार्यालय मिर्चैयाले आज (शनिवार) मिर्चैयामा सरसफाई गरेको हो । नेपाल प्रहरी र म्यादी प्रहरीले पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मिर्चैयाको कटारी चौक सडकखण्डमा सरसफाई गरेका छन् । साप्ताहिक कार्यक्रम अन्तर्गत आज तेस्रो हप्ता सरसफाई गरिएको मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । उनले भने “ प्रहरी हाम्रो टोलमा कार्यक्रम अन्तर्गत हामीले आज तेस्रो हप्ताको कार्यक्रम गर्यौ, यो क्रम प्रत्येक हप्ता जारी नै रहने छ ।”
सरसफाईका लागि मिर्चैया नगरपालिकाले कुचो, पंजा, लगायतका सरसमानहरु उपलब्ध गराईरहेको नायब उपरिक्षक बज्राचार्यले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »