उदयपुर, १३ मंसिर । अज्ञात समूह को एम्बुसमा परी घाइते भएका नेपाली कांग्रेस उदयपुरका उम्मेदवार नारायणबहादुर कार्की सहित सातै जनालाई थप उपचार का लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ ।
ठाइएको हो ।
एम्बुसमा परी घाइते भएका युके एफएम कटारीका सञ्चालक समिति सदस्य पत्रकार कटारी नगरपालिका ३ का ३० वर्षीय नवराज पौडे्ल, उदयपुरगढी गाउँपालिका वडा ८ की धनमाया धौलाकोटी, वडा २ का गणेश पुरी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की र जवान कालिदास श्रेष्ठ घाइतेलाई दोस्रोचरणमा हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको हो ।
घाइते सबैको काठमाडौंस्थित टिचि· अस्पतालमा उपचार भइराखेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी मेघराज अधिकारीका अनुसार विस्फोटमा परेको गाडीमा ८ जना सवारत थिए। ति मध्ये उमेदवारको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कृष्ण श्रेष्ठलाई चोटपटक नदेखिएकाले जिल्लामै राखिएको डीएसपी अधिकारीले बताए ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठ, एसपी नवराज भट्टलगायत चार वटै सुरक्षा निकायका प्रमुख पुगेका छन् । प्रजिअ श्रेष्ठका अनुसार कार्कीको एउटा हात चलेको छैन् भने आँखाल ेसमेत काम गरेको छैन् । उनको जीउका प्राय सबै भागमा चोट लागेको स्थानीय बोधकुमार घिमिरेले बताए । उता घाइते कटुवालको एउटा खुट्टाको कुर्कुचा मुनीको भाग नै नरहेको जनाइएको छ ।

घटनास्थल सदरमुकाम गाईघाट देखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ । मंगलबार मात्र नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र १ का उमेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी वम विस्फोटन गराइएको थियो ।
