फोरम र राप्रपाका प्रभावशाली नेता काँग्रेसमा प्रवेश

प्रकाशित समय 1:24:00 AM
सिरहा, ११ मंसिर । लहान नगर पालिकामा फोरम र राप्रपाका प्रभावशाली नेताहरु आफ्नो समर्थकसहित नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
गएको स्थानीय तहको निर्वाचन मा वडा नम्बर २१ मा फोरमबाट वडा अध्यक्षको उम्मेदवार बनेको श्यामलाल यादव तथा वडा नम्बर ६ मा राप्रपाबाट उम्मेदवार बनेका रामतलेवर साह काँग्रेसमा प्रवेश गरेका छन् । यादव स्थानीय तहको निर्वाचनमा ३९७ मतले ल्याएका थिए । शनिवार वडा नम्बर २०,२१मा काँग्रेसले आयोजना गरेको चुनावी सभामा यादवसँगै एमाले, माओवादी, राप्रपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् । 
साह र यादवले प्रजातन्त्रको रक्षाको लागि आफुहरु काँग्रेसमा प्रवेश गरेका बताएका छन् । शान्ति, संविधान दिने पार्टी काँग्रेस हो । देशलाई समृद्ध पनि काँग्रेसले नै बनाउन सक्ने उनीहरुले सुनाए । मधेशको अधिकार काँग्रेसले दिलाउने उनीहरुको तर्क छ ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिरहा क्षेत्र नम्बर १ मा काँग्रेसका केन्द्रिय सदस्य तथा समाजवादी नेता प्रदीप गिरिले उम्मेदवारी दिए पछि यस क्षेत्रमा चुनावी चर्चा बढेको  छ । प्रदेश सभा तर्फ (क) मा संतोष चौधरी र (ख) मा देवनाथ यादवले चुनावी मैदानमा छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »