सिराहामा गोली चल्यो, दुई प्रहरी गम्भीर घाइते

प्रकाशित समय 5:19:00 AM
गोलबजार, १० मंसिर । सिरहाको कल्यणपुर नगरपालिका–५ निर्दनामा दुई प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो ।
प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए ।
उनले गोली प्रहारबाट घाइते प्रहरीद्वयको उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगेको बताए । उनका अनुसार प्रहरी जवान यादव अवस्था चिन्ता जनक छ । रातो रंगको मोटर साइकलमा चढेका दुई व्यक्तिले प्रहरी जवान यादव र कुँवरमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति फरार भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेटवालले जानकारी दिए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »