विनाकारण प्रहरीको कुटाई खाएका यादवले भने, उनीहरुले ली, खुट्टा र बुुटले भुुईमा लडाएर कुटे

प्रकाशित समय 4:20:00 AM
लहान, ३ मंसिर । लहान प्रहरीले फिल्मी शैलीमा सर्वसाधारणलाई रामधुुलाई गर्न थालेका छन् । लहान प्रहरीको कमाण्ड फित्तलो भएपछि प्रहरीहरु जथाभावी कुुटपिटमा उत्रिएका हुुन् । लहान प्रहरीले आज बिहान एक जना सर्वसाधारणलाई कोठामा लगेर रामधुुलाई गरेको छन् । सिरहाको लहान नगरपालिका ८ बस्ने धनन्जई यादवलाई लहानका प्रहरी नायब निरीक्षक लोक बहादुर दियालीको कमाण्डमा रहेको टूाफिक प्रहरीहरुले निर्घात कुुटेका हुन् । प्रहरीको कुटपिटबाट यादवको दाहिने अ‘ाखा मुनि काटिएको छ भने नाकबाट रगत बगेको छ ।
बिहान ८ बजे तिर आफ्नो मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ गइरहेको यादवलाई लहानस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि डियुटीमा रहेको ट्राफिक प्रहरीले रोक्न लगाई पहिले मोटरसाइकलको सा‘चो झिकेका थिए । ट्राफिक प्रहरीले चेकजा‘चको नाममा मोटरसाइकल रोक्ने वित्तिकै पहिले सा‘चो भिकेपछि यादवले सा‘चो किन तानेको भन्दा उनलाई कलर समातेर प्रहरीसँग मुुखमुखै बोलेको भन्दै प्रहरी निरीक्षक बस्ने कोठामा लगेर कुटपिट गरिएको पीडित यादवले बताए ।
उनले भने–मलाई सडकबाट पिट्दै भित्र लग्दै थियो । मैले किन कुटेको भनेर छोडाउन प्रयास गरेपछि भित्र कोठामा लगेर सई दियालीसहितको प्रहरीहरु ली, खुट्टा र बुुटले कार्यालय कोठा भित्र भुुईमा लडाएर कुटपिट गरे । करिब आधा घण्टाको कुटपिट पछि यादवलाई प्रहरी नायब निरीक्षक लोकबहादुर दियालीले आफैले गाडी चलाएर इलाका प्रहरी कार्यालय पुु¥याएको प्रत्यक्षदर्शी लहान २ निवासी दुुर्गा महतोले बताए ।
सर्वसाधारणलाई कोठामा थुुनेर कुटपिट गरिरहेको थाहा पाएर घटना बुुझ्न पुुगेका संचारकर्मीहरु प्रहरी सहायक निरीक्ष्ँक त्यस्ता फटहालाई कुुटेर मार्नुपर्ने बताए । उनले भने –‘धन्न सई साबले कुुटपिट मात्रै गरेछ । कुटपिटको समयमा उक्त कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक रुद्र रुडाल आफूू कार्यालयमा नरहेको बताए । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदी भने घटनाबारे बुुझ्ने काम भइरहेको बताए । उनले घाइते यादवलाई उपचारको लहानस्थित सरकारी अस्पताल पठाइएको बताउँदै घटनाबारे बुुझ्ने काम भइरहेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान इलका प्रहरी कार्यालय लहानको कमाण्डमा संचालन हुदै आएको छ । पछिल्लो समय लहान स्थित प्रहरीहरु अराजक शैलिमा काम गर्दै आएको राजनीतिक अगुुवाहरुले आरोप लगाउदै आएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »