सिरहामा बाम गठवन्धनको विजयी सुरुवात

प्रकाशित समय 1:44:00 AM
सिरहा, २३ मंसिर । सिरहामा बाम गठवन्धनले विजयी सुरुवात गरेको छ । सिरहा निर्वाचन क्षेत्र नं. ३ को १ मा बाम गठवन्धनका तर्फबाट नेकपा माओवादीकेन्द्रका राम कुमार यादव विजयी भएका छन् । उनका निकटतम प्रतिव्दन्व्दि संघिय समाजवादी फोरमका मनोज कुमार सिंह रहेका छन् । मुख्य निर्वाचन कार्यालयले औपचारीक रुपमा घोषणा नगरेपनि यादवले महतोलाई ९ सय ३३ मतले पराजीत गरेको छ । यादवले ११ हजार ८ सय ६६ र महतोले १० हजार ९ सय ३३ मत प्राप्त गरेकाछन् ।
सिरहाको गोलबजार नगार पालीका ७ का यादवले नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री समेत भएका थिए ।
यस क्षेत्रमा रहेका जम्मा ४२ हजार ५ सय ११ मत मध्ये ३० हजार एक सय १८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नं. ३ को १ लाई बामपन्थि हरुको क्षेत्र मानिएपनि यादव फोरमका यवा उम्मेदवार सिंहसँग सानो अन्तरले विजयी भएको टिप्पनी गर्ने गरेको छ ।
लामो समय यसैक्षेत्रमा रहेका राजनीतिक गरेकाले आफ्नो जीत सुनिश्चित रहेको बताउँदै आफूलाई मतदान गरी विजयी गराउनुहुने सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गरेका छन् ।
यता मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले मतगणणा प्रकृया सकिएको भएपनि सम्पूर्ण मत परिणाम एकतृत पारी जीतको घोषणा गर्न अभैm केहीवेर लाग्ने जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »