सिरहा ३ बाट एमालेका लिलानाथ श्रेष्ठ विजयी

प्रकाशित समय 7:43:00 PM
गोलबजार, २४ मंसिर । सिरहा क्षेत्र नं. ३ बाट बाम गठवन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ विजयी भएका छन् । संघिय समावादी फोरमका अशेश्वर प्रसाद यादव लाई दुई हजार ५२ मतान्तरले विजय हासिल गरेको हो ।
बाम गठवन्धनका श्रेष्ठले २३ हजार दुई सय ७० र यादवले २१ हजार दुई सय १८ मत प्राप्त गरेका छन् । मत गणणाको प्रारम्भबाटै अग्रस्थानमा रहँदै आएका श्रेष्ठ यादवसँग झिनोमतले विजयी भएको हो ।
विजयी पछि नेता श्रेष्ठले जनताको आफूप्रति सहानुभुति रहेको भन्दै यो सम्पूर्ण बामहरुको जित भएको प्रतिकृया दिए । उनले आफ्नो निरन्तर राजीति प्रतिको लगाव र जनताको जनतालाई सेवा पुर्याउँदै आएको परिणाम आज को जित भएको बताए ।
सिरहाको गोलबजार ७ मा २०१८ साल माघ १५ गते जन्मेका श्रेष्ठ ०३७ सालमा विद्यार्थीकालमै राजनीतिमा सक्रिय भएका हुन् । 
जीतबहादुर श्रेष्ठ र आमाको नाम धनमाया श्रेष्ठ जेठो सन्तान श्रेष्ठको श्रीमती, एक छोरा र एक छोरी छन् ।
उनले नेपाल ल क्याम्पस काठमाडौंबाट कानुनमा स्नातक गरेका छन् । २०३७ सालमा सप्तरीमा अनेरास्ववियूको जिल्ला सदस्य भएर राजनीतिमा प्रवेश गरेका श्रेष्ठ अनेरास्ववियू बाटै २०४१ सालमा नेपाल ल क्याम्पसको स्ववियू सह–सचिव भएका थिए । २०४८ सालमा नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सिरहा जिल्ला सचिव भएका श्रेष्ठ २०६२ सालमा नेकपा एमाले को जिल्ला सचिव र २०६६ देखि ०७३ जिल्ला अध्यक्ष र हाल केन्द्रिय सदस्य हुन् । २०५४ सालमा सिरहा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचितभएका थिए २०७० सालको चुनावमा सिराहा क्षेत्र नम्बर ५ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भिडेपछि उनी राजनीतिक रुपमा राष्ट्रिय चर्चामा आएका हुन । उनी प्रचण्डसँग झिनो मतले पराजित भएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »