कार्यालय सहयोगीको भरमा शिक्षक हाजरी गर्नमात्र आउ“छ हाजिरी रजिष्टरमा दुई २४ उपस्थित ४२ मात्र

प्रकाशित समय 9:42:00 PM
गोलबजार, १५ पुस । आधारभुत विद्यालय  नरहा गाउँपालीका २ पानवारीमा नियमित शिक्षक नआउँदा कार्यालय सहयोगीकै भरमा विद्यालय चल्ने गरेको छ । एक शिक्षक तथा प्रधानाध्याप, एक बालविकास केन्द्रका सहयोगी र एकजना कार्यालय सहयोगीरहेको यस विद्यालयमा प्रधानाध्यापक सूर्यनारायण मण्डल नियमित विद्यालय नआउँदा कार्यालय सहयोगीले विद्यार्थी पढाउने गरेको छ ।
कक्षा ५ सम्म पढाईहुने यस विद्यालयका प्रअ कहिले शिक्षा कार्यालयको बैठक, कहिले भेटघाट जस्ता वाहानामा विद्यालय नै नआउने स्थानीय अभिभावकले बताए । आईहाले पनि हाजिरी गरेर केहीवेर वसेपछि हिडिहाल्ने अभिभावक हरुको गुनासो रहेको छ ।
बालविकास केन्द्रका सहयोगी कार्यकर्ता तुलसी लामा र कार्यालय सहयोगी आशाकुमारी लामाले पनि शिक्षक मण्डल नियमित विद्यालय नआउने र आईहालेपनि केहीवेरमै हिडिहाल्ने बताए । उनिहरुले जम्मा भएका विद्यार्थीलाई लेखपड गराउने बताए ।
प्रअ मण्डलले पनि आफू एकैजनामात्र शिक्षक भएकाले कार्यालयकै कामले व्यस्त रहेकाले विद्यालयमा समय दिन नसकेको स्वीकार गरे ।
यस विद्यालयको हाजिरि रजिष्टरमा दुई सय २४ जना विद्यार्थी संख्या रहेको छ । तर, विद्यालयमा नियमित उपस्थितभने न्यून देखिने गरेको छ । विहिवार अपरान्ह विद्यालयमा १८ जना मात्र विद्यार्थी उपस्थित भेटिए ।
बाल विकास केन्द्रका २१ विद्यार्थीमध्ये ६ जना र कक्षा एक देखि पाँच सम्मका दुई सय ३ मध्ये १२ जना विद्यार्थीमात्र उपस्थित रहेको थियो । दिवा खाजा समेत रहेको यस विद्यालयमा धेरैमा ४० जना सम्म विद्यार्थी उपस्थित हुने गरेको कार्यालय सहयोगी लामाले जनाए । रजिष्टरभने प्रअले नै राख्ने भएकोले यति नै विद्यार्थी भएको बताउन नसक्ने उनले बताए ।
यता प्र.अ. मण्डलले बालविकासमा २१, कक्षा १ मा ३२, २ मा ३६, ३ मा ४४, ४ मा ३७ र ५ कक्षामा ५४ जना सहित दुई सय २४ विद्यार्थी रहेको फोनमार्फत जानकारी दिए । उनले आज (विहिबार) मर्मत सम्भारको लागि केही बजेट माग गरेकोले त्यसैको काममा रहेकोले विद्यालय आउन नसकेको जानकारी दिए ।
स्थानीय जानकारहरुका अनुसार खाजा कार्यक्रम संचालनमा रहेकोले पनि विद्यार्थीसंख्या धेरै देखाएर रकम असुली गर्न पल्केकाले धेरै संख्यामा विद्यार्थी देखाएको  हुन सक्ने बताए । विद्यालयको हाजिरी रजिष्टमा भएको नामाङ्कन र विद्यार्थीको उपस्थितिले पनि यही कुराको संकेत गरेको स्थानीयको भनाई रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »