
लाई त्यसतर्फ लाग्न आग्रह छ । प्रमुख निर्वाचन आयुक्त यादवले विभिन्न जटिलताका वावजुद पनि प्रदेश र प्रतिनिधिसभा को दुई वटा निर्वाचन एकै पटक सम्पन्न भएकामा मतदातालाई बधाई एबं धन्यबाद ज्ञापन गरे । ‘कानून छैन । मिति घोषणा भयो । निर्वाचन क्षेत्र छैन । यी विविध चुनौतीकाबीचमा पनि निर्वाचन ग¥यौँ । स्टाव्लिस्ड डेमोक्रेटिक कन्ट्रीले समेत दुई वटा निर्वाचन एकैपटक गर्न नसकेको अवस्थामा हामीले गरेर देखायौँ, यादवले भने, ‘चुनौतीका बावजुद पनि नेपाली जनताले अदम्य साहस देखाए । निर्भिकताका साथ मतदात गर्न मतदान केन्द्र गयो । त्यसका लागि नेपाली जनताप्रति आभार व्यक्त गर्छु ।
यादवले नमूना मतपत्रमा दलको वास्तबिक चुनाव चिह्न उल्लेख नहुँदा मतदाता झुक्किएर बढि मत बदर भएको स्वीकार गरे । मत बदरको नैतिक जिम्मेवारी राजनैतिक दलले समेत लिनु पर्ने यादवको भनाई थियो । आगामी दिनमा निर्वाचनलाई प्रविधिमैत्री बनाउदै लैजाने प्रमुख निर्वाचन आयुक्त यादवले बताए ।
