पा“च दलका शीर्ष नेताको बैठक ः सहमति जुटेन

प्रकाशित समय 8:44:00 PM
काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारमा बोलाएको पाँच दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
राष्ट्रियसभा गठन विवाद सम्बन्धी छलफलका लागि प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा सहमति जुट्न नसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिसमक्ष सिफारिस गरिएको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश पारित गर्नका लागि सहयोग गर्न अन्य दलसमक्ष आग्रह गरेका थिए ।
नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले भने सो अध्यादेश फिर्ता लिई सहमतिमा अर्को अध्यादेश लैजान आग्रह गरेका थिए । “प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सरकारले प्रस्तुत गरेको अध्यादेशमा सहमति खोज्यो,“ बैठकपछि माओवादी नेता श्रेष्ठले भने, “त्यसमा निष्कर्षमा पुग्न सकिएन ।“
कांग्रेस नेता विमलेन्द्र निधिले सरकारले प्रस्तुत गरेको अध्यादेशमा राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय मतप्रणाली अनुसार गर्ने उल्लेख भएको बारे संघीय समाजवादी फोरम र राजपा नेपालले भने सहमति जनाएको बताए ।
एमाले अध्यक्ष केपी ओलीले उक्त अध्यादेश असंवैधानिक रहेको र एकल संक्रमणीय प्रणाली हुन नसक्ने बताए पनि राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने एकलसंक्रमणीय पक्षमा रहेको निधिले बताए ।
बैठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका थिए । तर, कांग्रेस नेताहरुले भने राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नु पर्नेमा जोड दिएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलले राष्ट्रियसभा गठन नभईकन प्रतिनिधिसभाले पूर्णता नपाउने सञ्चारकर्मीलाई बताए । विवाद समाधानका लागि छलफललाई निरन्तरता दिइने बैठकबाट बाहिरिए का नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »