गोलबजार ८ वडा खुल्ला दिसामुक्त वडा घोषणा

प्रकाशित समय 9:35:00 PM
सिरहा, ९ पुस । गोलबजार नपाको ८ नम्वर वडा खुल्ला दिसामुक्त वडा घोषणा भएको छ । आइतबार जनता माध्यमिक विद्यालय चोहर्वाको प्राङ्गणमा आयोजित कार्यक्रम विच खुल्ला दिसा मुक्त वडा घोषणा गरेको हो ।
घोषणा सभामा गोलजार नगरपालीकाका प्रमुख देवनाथ साहले आफ्नो नगरपालीकालाई तोकिएकै समयमै खुल्ला दिसामुक्त नगारपालीका बनाउन लागिपरेको बताए । अहिलेसम्म गोलबजार नगरपालीकाको ८ वटा वडा खुल्ला दिसामुक्त भईसकेको बताउँदै बाँकी ५ वटा वडाहरुमा पनि अभियान जारी रहेको जनाए । सवैवडाहरुको काम अन्तिम अवस्थामा रहेको बताए ।
यस वडामा रहेको ४ सय ९२ घर परिवार सवैले शौचालय प्रयोग गर्नेगरेको नेवाका प्रतिनिधीले जनाएको छ । जसमध्ये ४ सय ८२ घरले एकल बाँकी १० परिवारले दाजुभाई मिलेर शोचालय बनाएको जनाए ।
वडा स्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिको आयोजनामा भएको खुल्ला दिसामुक्त वडा घोषणा कार्यक्रममा नगरपालीकाका उपमेयर रेशमकुमारी थापा, कार्यकारी अधिकृत गिरिराज ज्ञवाली लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »