सिरहाको लहानमा बम विष्फोट एकजना घाइते

प्रकाशित समय 9:17:00 PM
गोलबजार, २८ मंसिर । सिरहाको लहानस्थित मुख्य चौकमा साइकलमा आज अपरान्ह बम विष्फोट भएको छ । लहानमा ईलाका प्रहरी कार्यालय नजिकै साइकलमा राखिएको प्रेसरकुकर बम विस्फोट भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक जुगेश्वर राउतले जानकारी दिए ।
विस्फोटबाट खडक नगर पालीका–२ सप्तरीका ४२ परमेश्वर चौधरी सामान्य घाइते भएका छन् । उनी प्राथमिक उपचार पछि आफन्तको साथ लागेर घर गएको प्रहरीले जनाएको छ ।
लहानमा साइकलको पार्टस किन्न आएको चौधरीले एक बोरा सामान मोटरसाइकलमा राखेर अर्को पोका राख्ने क्रममा नजीकै वेवारिसे  अवस्थाका साइकलमा रहेको कुकर बम विष्फोट भएको थियो । विस्फोटपछि लहानको जनजीवन त्रसित बनेको छ ।
लहानको अति व्यस्तक्षेत्रमा रहेकाले कसले कतिखेर त्यहाँ साइकल राखेर हिडकेको अझै पत्ता नलागेको प्रहरीको भनाई रहेको छ ।
विष्फोट कुन उदेश्यले गराएको भन्ने जानकारी भएको छैन । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनास्थलबाट जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) का पम्पलेट फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका  प्रहरीले  जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »