मधेश–थरुहट आन्दोलनको प्रतिवेदन लुकाइने सम्भावना, आन्दोलनमा ६६ जनाको हत्या

प्रकाशित समय 8:52:00 PM
काठमाडौं, १ पुस । तेस्रो मधेश–थरुहट आन्दोलनको छानविन प्रतिवेदन सरकारले लुकाउने भन्दै सरोकारवालाहरुले तत्कालै सार्वजनिक गर्न माग गरेका छन् ।
आन्दोलनका क्रममा भएको घटनाको छानविन गर्न बनेको आयोगले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएसँगै सार्वजनिक गर्न दाबब दिन थालिएको छ । प्रतिवेदनमा आन्दोलनका अधिकांश घटनाको छानविन गरिएको छ । प्रतिवेदनमा अत्याधिक बल प्रयोग गर्ने सुरक्षाकर्मीलाई पनि कारवाही गर्न सिफारिश गरिएको आयोग स्रोतले जनाएको छ ।
तराई, मधेश, थारुहट आन्दोलनको सत्य तथ्य छानविन सम्बन्धी गठित उच्च स्तरीय छानविन आयोग सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीसचन्द्र लालको अध्यक्षतामा गठन भएको थियो । पाँच सदस्यीय आयोग गठन भएपनि काम सुरु गर्न निकै समय लागेको थियो । शुक्रवार प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा आन्दोलनका क्रममा जम्मा ६६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । जसमा १० जना प्रहरी र एक जना नावालक छन् ।
अत्ति गोप्य राखिएको प्रतिवेदनमा घटनाको छानविन गरी कारवाही तथा क्षतिपूर्तिको सिफारिश गरेको छ भने आन्दोलनकारीमाथि अत्याधिक बल प्रयोग गर्ने सुरक्षाकर्मी तथा अधिकारीहरुलाई कारवाहीको सिफारिश गरिएको छ । काठमाडौंसहित मधेशका १९ जिल्लाका घटनाहरुको बारे अध्ययन गरिएको आयोगका अध्यक्ष गिरीसचन्द्र लालले बताएका छन् ।
प्रतिवेदन सरकारलाई बुझाएसँगै अधिकारकर्मी दिपेन्द्र झाले एक वक्तव्य जारी गर्दै प्रतिवेदन कार्यन्वयनका लागि दबाब दिएका छन् । प्रतिवेदन कार्यान्वयनका लागि दबाब दिन सरोकारवालाहरुको ध्यानाकर्षणसमेत गराएका छन् । हुलाकी न्यूज बाट सभार 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »