सिरहामा जंगली हातीको आतंक, दर्जनौंघर भत्काए

प्रकाशित समय 9:35:00 PM
गोलबजार, १४ पुस । सिरहाको उत्तरी क्षेत्रका गाउँमा जंगली हात्तीले आतंक मच्चाएपछि स्थानियवासी त्रसित बनेका छन् । केही दिन अघिदेखि गाँउ पसेको जंगली हात्तीले सिरहाका बिभिन्न गाउँमा घर भत्काउने, घरमा रहेको धान चामल खाइदिने, बाली नाली नष्ट गर्ने गरेपछि स्थानीयबासी त्रसित बन्ने गरेको छ ।
राती गाउँमै पसेर घर भत्काउने, अन्नपात खाइदिने गरेपछि गोलबजार ३ मुसहर्नियाँ नयाँ बस्तिका १२ घर दलित परिवार राती ज्यान जोगाउन घर छोडेर डाडाँमा बस्ने गरेको वडाअध्यक्ष धनप्रसाद लामाले जानकारी दिए । बुधबार राती गाउँमै पसेर हात्तिले स्थानीय अशोक सदा, रामपरी सदा, बद्री सदा र रामलोचन सदाको घर भत्काएपनि गाउँले नै त्रसित भएर रातको समयमा घर छोडेर बस्न थालेको लामाले बताए ।
गाउँलेलाई घरमै वस्न आग्रह गरेपनि हात्ति फेरीपनि गाउँ पस्ने त्रासले उनीहरु रातमा घरवाहिरै वस्ने गरेको बताए । सोही राती गोलबजार नगरपालिका ३ कै गोला मुक्सारमा जंगली हात्तीले स्थानीय बलराम थापाका तीनवटा घर भत्काएको छ । हात्तीले घर भत्काएपछि स्थानीयवासीहरु रातभर आगो बालेर पहरा दिने गरेको स्थानीय शिक्षक लट्टु पूर्वेले जानकारी दिए । गाउँलेहरु अझैपनि हात्ति आउने त्रासले आगो बालेर जागराम वस्ने गरेको उनले जनाए ।
सोही रात लहान नगरपापाली का १५  ढोड्नागाउँका ३ जनाको घर भत्काएको छ । ढोड्नाका स्थानीय शिव शंकर सदाय, देबिन सदाय र सियाराम सदायको घर जंगली हात्तीले भत्काएपछि उनीहरुको परिवार विचल्लीमा परेका छन् । उनीहरु शितलहरको वेला कठा·्रिएर खुल्ला आकाश मुनी बस्न बाध्य छन् । एउटै बुढो देखिने हात्ति रातको समयमा मात्र गाउँ पस्ने गरेको स्थानीयको भनाई छ । मानिस जम्मा भएर लखेट्दा पनि ढिलोगरीमात्र हिड्ने गरेको स्थानीयको भनाई छ ।
जंगली हातीलाई भगाउन प्रहरी र जिल्ला वनको टोलीले रातभरी गस्ती गरेपनि हात्तीले फरक फरक गाउँमा गएर वितडा मच्चाउने गरेको छ । स्थानीय प्रशासनले हात्तिलाई गाउँभन्दा पर खेद्ने प्रयास जारी रहेको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »