सिरहाको आठै प्रदेशको नतीजा सर्वाजनिक ६ मा बाम गठवन्धन दुईमा मधेसी दल विजयी

प्रकाशित समय 7:53:00 PM
सिरहा, २५ मंसिर । सिरहामा प्रदेशसभा सदस्यको सवै मत परिणाम सार्वजानिक भएको छ । ८ प्रदेश सभा रहेको सिरहामा ६ स्थानमा बाम गठबन्धनले बिजय हाँसिल गरेको छ । भने एक स्थामा राजपा र एक स्थानमा संधीय समाजबादी फोरले बिजय गरेको छ । प्रदेश सभामा कांग्रेसको नतिजा शून्य भएको छ । सिरहा प्रदेशसभा १ को क मा एमालेका लगनलाल चौधरी ख मा एमालेका अशोक यादव विजयी भएका छन् । २ को क मा संधीय समाजवादी फोरमा बिजय  यादव ख मा एमालेका मदनसेन प्रसाद श्रीवस्तव र  ३ को क मा नेकपा माओवादी केन्द्रका राम कुमार यादव ख मा एमालेका प्रमोद यादव बिजय भएकाछन् ।
त्यसैगरी प्रदेशसभा ४ को क मा माओवादी केन्द्रका दिलिप साह र ख मा राजपाका  सुरेश मण्डल विजय भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । 
प्रदेश सभा सदस्यमा निर्वाचित सवैलाई प्रमाणपत्र बितरण गरेको पनि मुख्य निर्वाचन अधिकृ शुदर्शनराज पाण्डेले बताए ।
प्रदेशको सवै र प्रतिनिधी सभाको पनि ३ क्षेत्रको नतीजा प्रकाशन भईसकेकाले अव सामानुपातिकको मत गणणा सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »