को हुन प्रदीप गिरि ?

प्रकाशित समय 2:21:00 AM
को हुन प्रदीप गिरि जसको पक्षमा जनलहर चलेको छ । बौद्धिक व्यक्तित्व, राजनीतिक विश्लेषकका रुपमा चिनिएका प्रदीप गिरिलाई नजिकबाट चिन्नेहरुसंग गरिएको कुराकानीको आधार मा प्रदीप गिरिको छोटो चिनारी यहाँ प्रस्तुत गरिएको छ ।

१. बस्तीपुर हाइस्कूलबाट १३ बर्षको उमेरमा प्रवेशिका परीक्षा उतीर्ण । 
२. गिरिले एसएलसी पास गरेकै बर्ष २०१७ साल पुष १ गतेको घटना भएको थियो ।
३. त्यसैबर्षदेखि गिरिको पिता मित्रलाल गिरि नेपाली कांग्रेसको तत्कालिन सप्तरी (अहिलेको सिरहा र सप्तरी) जिल्ला सभापति निर्वासित जीवनमा भएको  ।
४. त्यसै समय देखि प्रदीप गिरी सक्रिय राजनीतिमा संलग्न ।
५. विद्यार्थी कालदेखि नै राजनीतिको अग्रपक्तिमा रहेर संघर्ष गर्नु भएको ।
६. काशी विश्वविद्यालयमा बीए पढदापढ्दैमा प्रजातान्त्रिक समाजवादी यूवा दलको स्थापनाको तयारी गरेको ।
७. वि.सं. २०२४ सालमा बनारसमा प्रजातान्त्रिक समाजवादी यूवादलको स्थापना सम्मेलन गराएको ।
८. सम्मेलनबाट शैलजा आचार्य अध्यक्ष निर्वाचित । उपाध्यक्ष र महामंत्रीमा प्रदीप गिरि र रामचन्द्र पौडेल छानिए ।
९. प्रजातान्त्रिक समाजवादी यूवा दलको संगठन विस्तार गर्न नेपाल भित्र आएको बेला प्रदीप गिरि र रामचन्द्र पौडेल दुबै संगै नेपालमा पक्राऊ परि  जेल चलान भएका  ।
१०. दुबैलाई झण्डै दुईबर्षको काराबास । जेलबाट छुटेपछि विपी कोइरालालाई भेट्न प्रदीप गिरि बनारस गए ।
११. बीपी कोइरालाको शसस्त्र संघर्षको आह्वानलाई सहयोग । वीपी कोइरालासंग विश्वको राजनीति सिद्धान्तको बारेमा बहस छलफलमा सहभागी ।
१२. बीपी कोइरालाको नेपाल फिर्ता भएपछि २०३६ सालको आन्दोलनमा सहभागी भई २०३७ सालको  जनमत संग्रहमा बहुदलको पक्षमा मत माग्न सिरहा जिल्ला भरी दौडाहामा रहेको । त्यसबखत लहानमा  भएको जनपक्षीय जुलुश नारा संघर्षको नेतृत्व गरे ।
१३. प्रदीप गिरिको गतिविधिबाट त्रस्त प्रशासकले उनलाई गिरफ्तार गरी जनमत संग्रहमा भोट हाल्न समेत नदिएको ।
१४. प्रदीप गिरि जहिले पनि त्रास र भ्रष्टाचारको अन्त्य गरौं भन्छ ।
१५. उनी नेपाली कांग्रेस भित्र दलित महिला, जनजाति र मधेसीको मुद्दाको प्रखर प्रचारक भई कांग्रेसको विधानमा यिनीहरुको लागि कोटा राख्न लगाउने व्यक्तित्व हुन ।
१६. नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा पटक पटक निर्वाचित ।
१७. मंत्री पदको कहिल्यै चाहना नगर्ने व्यक्तित्व ।
१८. एक पटक सिरहा क्षेत्र नंं ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएको । कमला नदीको बृहत बाँध योजना, मिर्चैया सिरहा सडक निर्माण र पुलहरु बनाउनेकाम गराउन सफल भएको । क्षेत्रमा बाटो, बिजुलीको व्यवस्था गराएको । क्षेत्रका विद्यार्थीहरुलाई नेपालमै र बाहिरी देशहरुमा छात्रबृत्तिमा पढाउने व्यवस्था मिलाएको हो ।
१९. २ पटक संविधानसभामा समानुपातिक सभासद रहेको ।
२०. नयाँ संविधानमा मधेसी, जनजातिको आधिकिारको पूर्णता नभएको र एउटा समुदायलाई अलग्ग राखेर संविधान जारी गर्न लागेकोले गिरिज्यूले त्यसमा हस्ताक्षार नगरी बहिष्कार गरेको हो ।
२१. लहानको सबै बडालाई जोड्न खुट्टी खोलामा पुलको लागि पहल गरेको हो ।
२२. लहानको उत्तरमा १५ बिघाको क्षेत्रफलमा आश्रम निर्माण गरी जीवनको उत्तररार्धमा आफ्नै जन्मथलोमा बसेर यहाँको विकास गर्ने काममा सक्रिय रहने प्रणका साथ आश्रममा बस्न थालको हो । 
२३. अर्थशास्त्रमा एम ए पास गर्नु भई पी.एच.डी. गर्दा गर्दै विश्व विद्यालयको अध्ययन छोडेको हो ।
२४. जबाहरलाल नेहरु विश्वविद्यालयमा नेपाल सम्बन्धी विद्यावारिधी गर्ने विद्यार्र्र्थीहरुको लागि एक बर्ष प्राध्यापन गरेको ।
२५. माक्र्स, लेलिन, विपी कोइराला, राममनोहर लोहिया सम्बन्धी पुस्तकहरु लेखेको ।
२६. प्रजातन्त्र नामक पुस्तकका लेखक ।
२७. नेपाल र विश्वको राजनीतिका विभिन्न विषयमा पुस्तक, पत्र पत्रिकाहरुमा लेखहरु प्रकाशित ।
२८. टेलिभिजनहरुमा सयौं अन्तरबार्ताहरु प्रशारण ।
२९. २०४२ सालको सत्याग्रहमा सहभागी भएको बेला पक्राऊ ।
३०. २०४५ सालमा मरिचमान सिंहको प्रधानमंत्रीत्वको समयमा बहुदलको पक्षमा आन्दोलनको योजना बनाएको भन्दै आन्दोलन शुरु हुनु अघि नै काठमाण्डौमा पक्राऊ र बहुदल नआउँदा सम्म जेल सजाय ।
मेरो मुख्य एजेन्डा सबैको असंतोषलाई संसोधन गरेर राष्ट्रिय एकतालाई साचो अर्थमा दिगो बनाउनु हो ः प्रदीप गिरि
तपाई किन उम्मेदवार बन्नुभएको हो ?
एउटा त नेपालमा अहिले राजनीतिक दलहरु बीचमा आपसी प्रति
 स्पर्धा छ । ति दलहरु मध्ये म नेपाली काँग्रेसको साथमा छु । यो वाहेक पनि वर्तमान संविधानका केही अधुरा एजेन्डा छन् । ती एजेन्डा मुख्तः मधेशसँग र त्यसमाथि पनि मधेशमा रहेका दलित, थारु, महिला, मुस्लिम, जनजातिसँग सम्बन्धित छन् ।
मधेशको असंतोषलाई लक्षित गर्दै मैले वर्तमान संविधानमा सही छाप पनि गरेको छैन् । त्यसो हुँदा जुन मुद्दाका लागि मैले विगतका संविधानसभामा लडेको थिए । वहिष्कार गरेको थिए । त्यो मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउन म यो चुनाव लडदै छु ।
प्राथमिकताका आधारमा तपाईका तीन मुख्य एजेन्डा बताउनुहोस् ?
विगत वर्षहरुमा नेपालमा विभिन्न कोणबाट विग्रह देखियो । त्यही विग्रह कहि जातिय भावनाबाट प्रेरित थिए । माओवादी आन्दोलनको नाम जे सुकै भएपनि, शिर्षक जे भएपनि जनजातिको त्यसैगरि पश्चिम नेपालका जनजातिका उपर लामो समयदेखि रहेको उत्पीडन विशेष गरेर मगर समुदायको उपर रहेको उत्पीडन र दलित महिला उपर रहेका उत्पीडनबाट उत्प्रेरित थियो ।
पछि गएर मधेश आन्दोलन भयो । मधेश आन्दोलनले ती दुई सय वर्ष देखि उत्पीडित रहेको र शाषित र शोषित रहेका मधेशहरुको भावनालाई अगाडि ल्यायो । सँगसँगै थारु, जनजाति पनि अगाडी बढे । मेरो मुख्य एजेन्डा यी सबको असंतोषलाई संसोधन गरेर राष्ट्रिय एकतालाई साचो अर्थमा दिगो बनाउनु हो ।
दोस्रो मेरो एजेन्डा विकास हो । विकासको परिभाषा पनि मेरो स्पष्ट छ । म विकास र वृद्धिदरलाई एकअर्काको पर्याय मान्दिन् । वृद्धिदर जे सुकै होस । मुलुकमा सम्पुर्ण रोजगार कायम हुनु मेरा निम्ति मुलुकको समृद्धिको पहिलो कदम हो । त्यस दृष्टि मुख्यतः हामीले सिँचाई, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रमुख्ता दिनुपर्छ । राज्य उदारवादी भएपनि वजारवादी भएपनि यी चार वटा क्षेत्रमा राज्यले नेतृत्व गर्नै पर्छ । म फेरि दोह्याएर भन्न चाहन्छु शिक्षा, स्वास्थ्य, सिँचाई र रोजगारको क्षेत्रमा राज्यले साकारात्मक विभेद गर्नै पर्छ ।
चुनावी प्रचारका क्रममा तपाईका चुनौती के हुन् ? जस्तै चुनावी खर्च वा अन्य ?
चुनावी प्रचारको निम्ति चुनावी खर्चको समस्या आएको छ । तर, यो समस्या खर्चका निम्त खर्च भएको होइन् । यो समस्या मुखयतः हाम्रो काँग्रेस संगठन हो । संगठन प्रणाली शुद्ध र ठोस नभएर हो । २५ वर्षका दर्वियानमा एउटा चुनाव लड्ने पार्टीका रुपमा काँग्रेस विकसित भयो । यो पार्टीले आफ्नो समाजवादी आस्था र कार्यक्रमबाट कार्यकर्तालाई प्रशिक्षित गर्न सकेनन् । सानो असंतोष भयो भने कार्यकर्ताले पार्टी छोडछन् । कार्यकर्ताले आफ्नो मुल्याकंन नभएको गुनासो गर्छन् । त्यो मुल्याकंन उनीहरु कहि न कहि आर्थिक लाभसँग जोडेर हेर्छन् । मेरो मुख्य समस्या अहिले पार्टी संगठन चुस्त दुरुस्त नहुनु नै हो । ती पार्टी संगठन चुस्त दुरुस्त नभएकोले, सिद्धान्तमुखी नभएकोले पार्टीको चुनावको मुखमा खर्चिलो हुन गएको छ । क्याडेरवेस भएको गतिलो सिद्धान्तनिष्ट पार्टी भएको भए खर्चको समस्या हुने थिएन् । त्यसैले म खर्चलाई खर्चका रुपमा हेर्दिन । हाम्रो संगठनका कमजोरीका रुपमा हेर्दछु ।
तपाईको प्रतिस्पर्धी को ? 
विशुद्ध चुनावी गणनाका दृष्टिकोणले मेरो कुनै प्रतिस्पर्धी छैन् । गणनाको हिसाबले मेरो प्रतिस्पर्धी कोही छैन् । वैचारिक दृष्टिले हो भने अहिलेको बाम गठन्धनलाई म आफ्नो वैचारिक प्रतिस्पर्धी मान्दछु । वैचारिक आधारमा फोरम र राजपासँग कुनै धेरै मतभेद छैन् । यति हो, उनीहरुले अलि बढि आग्रह मधेशको अधिकारमा गरेका छन्, हामीले राष्ट्रिय सद्भावमा गरेका छौँ ।
माओवादी र एमालेसँग आर्थिक, राजनीतिक, न्याय सम्पादन, सर्वोपरि राष्ट्रियता के हो भन्ने सवालमा मेरो र मेरो पार्टीको गहिरो मतभेद् छ । म नेपाललाई सबै अटाउने, सबै रिझाउने, सबैलाई बसाउने देशको रुपमा कल्पना गर्दछु । राष्ट्रियताको नाममा भएका मतभेद् र बाझोलाई पनि राष्ट्रियतालाई सम्वद्र्धन गर्ने र सम्बोधन गर्ने माध्यमका रुपमा लिन्छु । उनीहरुले त्यसलाई विखण्डनका रुपमा लिन्छ ।
सबै नेपाली एक दायराभित्र रहेर, नेपालभित्र ल्याएर, थन्काएर सम्झाएर बुझाएर त्यसै पर्दा नेपाली राष्टलाई एउटा मेलेर्टिगं पोर्टको अवधारणामा रहेका राष्ट्र सबैलाई मिलाउने र सबैलाई सुल्झाउने किसिमका राष्ट्र बनाउन चाहन्छु । त्यो एमालेको दृष्टिकोण छैन् । एमालेको यस विषयमा अत्यन्त संकुचित दृष्टिकोण छ र दुर्भाग्यवस माओवादी पनि यसमा मिसिन गएको छ । यस चुनावको सब भन्दा ठुलो वैचारिक चुनौती त्यही हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »