मुलुक अब नया“ युगमा ः मन्त्री पोखरेल

प्रकाशित समय 9:11:00 PM
सिरहा, ८ पुस । विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले निर्वाचनसँगै मुलुक अब नयाँ युगमा प्रवेश गरेको बताएको छ ।
सिरहाको लहानमा आजदेखि शुरु भएको नेपाल अर्बुद रोग निवारण संस्थाको २७ औँ केन्द्रीयसभाको उद्घाटन गर्दै मन्त्री पोखरेलले संविधान कार्यान्वयनको मुख्य कार्य निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालको अन्त्य भई मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गरे ।
अब मुलुक स्वायत्तता, सुशासन र सहअस्तित्वको हिसाबले अघि बढ्ने बताउदै उनले एकल संक्रमणीय वा बहुमतीय प्रणालीसम्बन्धी हाल देखिएको विवाद एक÷दुई दिनभित्रै समाधान हुने विश्वास व्यक्त गरे ।
कुल बजेटको २० प्रतिशत शिक्षा र १० प्रतिशत बजेट स्वास्थ्यको क्षेत्रमा लगानी नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने दाबी गर्दै निवर्तमान स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले आफ्नो कार्यकालमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई देशभरि नै लैजानुपर्ने बताए । क्यान्सर, मिर्गाैला, मुटुलगायत का नसर्ने प्राणघातक रोगका बिरामीको उपचारमा सरकारले दिँदै आएको आर्थिक सहायता कम भएको बताउदै उनले यसलाई बढाउनुपर्ने बताए ।
कार्यक्रममा सिरहा क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुरेशचन्द्र दास यादव, प्रदेशसभा सदस्य अशोककुमार यादव, रामकुमार यादव, पूर्वमन्त्री पद्मनारायण चौधरी, लहान नगरपालिकाका प्रमुख मुनि साह, गोलबजार नगर पालिकाका प्रमुख देवनाथ साह, धनगढीमाई नगर पालिका का प्रमुख हरि नारायण चौधरी लगायतले बोल्यो ।
नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याएको भन्दै मुरारका ग्रुपका अशोक मुरारका, शारडा ग्रुपका पवन शारडा, लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका संस्थापक पदमनारायण चौधरी, आँखा अस्पतालका अध्यक्ष गजराज चौधरी, ओशो ध्यान केन्द्रका नारायण उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »