मुद्दा सम्बोधनमा मधेसी दलको चासो

प्रकाशित समय 9:53:00 PM
मिथिलेश यादव
लहान, ३ पुस । प्रदेश २ मा प्रादेशिक सरकार निर्माणका लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभाको बहुमत ५४ सिट हो । हालसम्मको चुनावी परिणामअनुसार कुनै एउटा दलको स्पष्ट बहुमत पुगेको छैन । तर, फोरम–राजपा गठबन्धनको भने ठीक ५४ सिट पुगेको छ । यो गठबन्धन कायम रहेमा सरकार गठन गर्न चाहिने सामान्य बहुमत पुग्छ । तर, प्रादेशिक सरकार गठनभन्दा पनि केन्द्रीय सत्ता समीकरणमा ‘मधेस मुद्दा लाई ठाउँ दिलाउने सकस भने कायमै छ । ‘सरकार लेफ्टको बनोस् कि राइटको, मधेसको मुद्दा सम्बोधन गर्ने हुनुप¥यो । मुद्दा सम्बोधन नभएसम्म हामी कुनै पनि सरकारमा सहभागी हुन्नौं । राजेन्द्र महतो, राजपा नेता आफूहरुको प्राथमिकता सरकार होइन, ‘मुद्दा हो भन्दै आएका मधेसी दलका नेताका लागि निर्माण हुन लागेको केन्द्रीय सत्ता समीकरण सकसपूर्ण बनेको छ । स्पष्ट बहुमत प्राप्त वाम गठबन्धनले मधेसी गठबन्धनलाई सत्ता समीकरणको हिस्सेदारका रुपमा आमन्त्रण नगरे पनि मधेसी नेताहरु चासो व्यक्त गरिरहेका छन् । केन्द्रीय सत्ता समीकरणमा चासो राख्नुको कारण खुलाउँदै मधेसी गठबन्धनका एक नेताले भने, ‘मधेस मुद्दा सम्बोधन गर्ने समीकरण बनोस् भन्ने हाम्रो चाहना हो ।
राजपा नेता राजेन्द्र महतोले भन्ने ‘सरकार ले टको बनोस् कि राइटको, मधेसको मुद्दा सम्बोधन गर्ने हुनुप¥यो । संविधान संशोधनमार्फत मधेसको समस्या सम्बोधन गरिदिनेसँग सत्ता समीकरण गर्न तयार रहेको महतोले बताए । ‘मुद्दा सम्बोधन नभएसम्म हामी कुनै पनि सरकारमा सहभागी हुन्नौं, उनले भने, ‘हाम्रा लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, तीनवटै उस्तै हुन् । तिनवटै मिलेर मधेसको अहितमा बनाएको संविधान तिनवटै पार्टी मिलेर सच्याउनुपर्छ ।
मधेसी नेताका माग सम्बोधन गर्न कांग्रेस–माओवादी गठबन्धन सरकारले गत भदौ ५ गते संविधान संशोधन विधेयक संसद्मा प्रस्तुत ग¥यो । सो विधेयक पारित हुन दुईतिहाइ मत चाहिन्थ्यो, पुगेन । विधेयक फेल भएपछि सोही विषयलाई राजपाले चुनावी मुद्दा बनाएको थियो ।
एमालेप्रति मधेसी दलको भरोसा
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धन संविधान संशोधनमा सकारात्मक हुने आश गरेका छन् । उनले भने, ‘संविधान संशोधन हाम्रो माग हो, हामी छोड्दैनौं । एमाले र माओवादी केन्द्रले पनि अहिलेको ताजा जनादेशको सम्मानका लागि पहिलेको अडान त्याग्छन् । संविधान संशोधनका लागि दुईतिहाइ नभई हुन्न, एमालेबिना दुईतिहाइ मत पुग्न सम्भव छैन । एमालेले भने पहिलेको भन्दा फरक धारणा व्यक्त गरिसकेको छैन । एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनलाई राष्ट्रघाती भन्दै आएका छन् ।
संविधान संशोधन प्रयास गर्ने कांग्रेस मधेसी आधार क्षेत्रमै पछाडि परेको छ । संशोधनप्रति सकारात्मक माओवादी केन्द्र भने वाम गठबन्धन बनाएर एमालेसँग मिलेको छ । हाल माओवादीले संशोधनको नारा बिसाएको छ ।
पहिलाको कुरा छाडौं, समाजवादी फोरमका अध्यक्ष यादवले भने, ‘अब एमालेकै प्रयासमा संविधान संशोधन हुनेछ । संशोधनको नामै सुन्न नचाहने एमाले मान्ला त भने जिज्ञासामा यादवले भने, ‘पहिला राणाले, राजाले सत्ता छाड्लान भनेर कसैले सोेचेका थिए ? तर राणा र राजाले सत्ता छाडे ।
मधेस मामिलाका विश्लेषक भने यादवको भनाइप्रति आश्वस्त देखिँदैनन् । मधेस मामिलाका विश्लेषक तुलानारायण साहकाअनुसार वाम गठबन्धनले सहजै सरकार निर्माण गर्न सक्छ, सरकार निर्माणका लागि मधेसी दलको समर्थन आवश्यक पर्दैन । यसैकारण मधेसी दलप्रति वाम गठबन्धनको धारणा सार्वजनिक नभएको अनुमान उनको छ । ‘मधेसी दलका नेताहरु हाम्रो माग सम्बोधन गरे सत्ता समीकरणमा समर्थन जनाउँछौं भन्दै हिँडेका छन, साहले भने, ‘संविधान संशोधनका लागि एमालेको सहमति हिजो पनि निर्विकल्प थियो, आज पनि छ । एमाले बिना संविधान संशोधन सम्भवै छैन । संविधान संशोधनमा अन्य दलभन्दा एमालेको धारणा नआई मधेसी दल बढ्दा उत्साही हुनुहुँदैन ।
‘प्रदेश २ मा प्रादेशिक सरकार गठनको बाटो मधेसी दललाई सहज छ तर मधेसको अजेन्डा सम्बोधनको बाटो जटिल र पेचिलो छ, उनले थपे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »