गरिबहरु मालिक बन्न सक्ने सिद्धान्त आवश्यक

प्रकाशित समय 2:01:00 AM
नेपालमा धेरै सिद्धान्तहरु प्रयोगमा ल्याइयो तर सबै असफल भइरहेका छन् । विशेष गरेर पश्चिमा बौद्धिक बर्गले प्रतिपादन गरेको माक्र्सबाद, माओवाद, कम्यूनिज्म, समाजवाद, पूँजीबाद जस्ता सिद्धान्तहरु जुन विभिन्न पार्टीले अवलम्बन गर्दै जनता झुक्काउँदे गरे । तर, कुनै सिद्धान्तबाट आम नागरिकको उन्नती हुन सकेन । यसले अबको नयाँ नेपालको लागि गरिबहरु मालिक बन्न सक्ने सिद्धान्तको आवश्यकता औल्याइदैछ । जनताहरु नयाँ सिद्धान्त, नयाँ विचार जुन आयातित नहोस नेपाल भित्रकै बौद्धिक बर्गले प्रतिपादन गरुन भन्ने चाहना राख्दै आएका छन् । २०३७ सासलमा बहुदलको पक्षमा सबैभन्दा बढी मत ल्याउने सिरहा जिल्लाका नागरिकहरु राजनीतिमा अन्य जिल्ला भन्दा धेरै अघि सचेत रहेको यसले पुष्ट गर्दछ । त्यसैले किन यही भूमिबाट गरिबहरु मालिक बन्न सक्ने सिद्धान्त प्रतिपादन नगर्ने भन्ने सोच बौद्धिक बहसहरुमा गर्न थालिएको छ ।
मधेसका जानकार विजयप्रसाद मिश्रले गरिबहरु मालिक बन्न सक्ने सिद्धान्त आजको आवश्यकता रहेको बताउँदै त्यसका लागि स्वविवेकीकरण अभियान संचालन गर्ने पक्षमा रहेको छ । उनको विचारमा सिरहा र सप्तरी जिल्ला मधेसी दलितहरु बढी बसोबास गर्ने जिल्ला भएकोले यस्तो सिद्धान्तको आविष्कार गर्न यो भूमि सबैभन्दा उपयुक्त छ ।  नेपाल र नेपालीको लागि बाहिर उत्पादन भएका सिद्धान्तहरु काम नलाग्ने भएकाले नेपाली माटो सुहाँउँदो सिद्धान्त यहीका बौद्धिक व्यक्तित्वहरुले गाउँका अनुभवीहरुसंगको अन्तरक्रिया र गाउँले परिवेशको जीवन संचालनको पद्दतीबाट निकाल्न सक्ने तर्क उनको छ । अहिले सिरहा जिल्लाको विभिन्न दलित बस्तीहरुमा उनीहरुको समस्या समाधानको चुरी खोज्न खटिएका मिश्रले यस्तो सिद्धान्त बनाउन सक्ने व्यक्तित्व खोज्न हामीले अन्यत्र मानिस खोज्दै हिड्न आवश्यक नरहेको बताउछ । उनको तर्कमा विश्वको सबै राजनीतिक, सामाजिक, आर्थिक सिद्धान्तको ज्ञाता प्रदीप गिरिलाई यहाँका नागरिकहरुले यो काममा संलग्न गराउनु पर्दछ । मिश्रको तर्कलाई सिरहाका प्राध्यापक, शिक्षक, कर्मचारी र क्याम्पसमा विद्यार्थीहरुले पनि सहमति जनाउन थालेको पाइएको छ । अहिलेको आवश्यकता भनेको नेपाल सुँहाउँदो सिद्धान्तको आविष्कार पनि हो ।
साच्चिकै भन्नु पर्दा कम्यूनिजममा गरिबहरु मजदुर हुन्छन् भन्ने सोच राखिएको हुन्छ भने  प्रजातन्त्रमा गरिबहरुले पनि मालिक हुने  अवसरहरु प्राप्त गर्दछन् भन्ने सोच राखेको हुन्छ । पुर्खाको सम्पत्ति नलिइकन विश्वको सबैभन्दा धनी व्यक्ति हुन सफल भएका उदाहरण हरु प्रजातन्त्रमा मात्र सम्भव भएको मिश्रको तर्क छ । त्यसैले साम्यवादमा व्यक्तिगत स्वतन्त्रताको अपहरण गरिएको हुन्छ भन्दै मिश्रले नेपालीहरुको लागि प्रजातन्त्र नै एउटा उत्तम सिद्धान्त भएको तर अहिलेको प्रजातन्त्रले गरिब, दलितलाई समेट्न नसकेकोले उनीहरुको आत्मसम्मानको बृद्धि हुनेगरी आर्थिक हैसियत बढाउने गरी विकासको गतितर्फ उन्मुख हुने सिद्धान्तको आवश्यकता रहेको बताए । तर उनले पटक पटक नेपाल मै यस्तो कामगर्ने सक्ने व्यक्तिको रुपमा प्रदीप गिरि मात्र रहेको बताए ।
हुन पनि हो,  विश्वका धनी व्यक्तिहरुको सूचीमा प्रजातन्त्र मान्ने मूलुकहरुकै मानिस परेका छन् । कम्यूनिष्ट सिद्धान्तले व्यक्तिगत सम्पत्तिको अवसर दिंदैन । त्यसैले धेरै कम्यूनिष्ट राज्यहरु धमाधम व्यक्तिगत सम्पत्ति राख्ने पाउनेगरी आफ्नो परम्परागत सिद्धान्तमा परिवर्तन ल्याउँदैछन् ।
तर हामी भने उल्टा घुम्न चाहन्छौ । अर्थात कम्यूनिजम तर्फ धकेल्न खोज्दै छौं । व्यक्तिगत स्वतन्त्रता र सबै नागरिकलाई मालिक बन्ने अवसरहरु जुटाउने प्रजातान्त्रिक शासन मान्नेहरु साम्यवाद मान्नेहरु भन्दा धेरै उत्तम हुन्छन् ।
साम्यवादको कुरा गरेर गरिबहरुलाई लटपटाउने र आफ्नो परिवार र पार्टीमा भने पूँजीबादको बाटो समात्ने कम्यूनिष्ट हुँ भन्ने  साथीहरुले आफ्नो सिद्धान्तको सही मार्ग समात्नु आवश्यक छ । व्यवहारमा पूजीबाद अपनाउने तर गरिब, दलितलाई अल्मलाउन आफू कम्युनिष्ट हुँ भन्ने आडम्बर गर्नेहरुबाट सबै दलित, गरिब, महिलाहरु सचेत हुनु पर्ने बौद्धिक व्यक्तित्वहरुको भनाई रहेको छ ।
अहिलेका बाम गठबन्धनका उम्मेदवारहरुसंग कम्यूनिष्टमा हुने चरित्र मध्ये कुनै एउटा पनि छैन । नत गंगाप्रसाद यादव मै छ नत अन्य लगनलाल चौधरी मै छ ।
मिश्रले मात्र होइन सिरहा क्षेत्र नं. १ का यूवाहरु जो प्रदीप गिरिको संगतमा छन् उनीहरु सबैले हिजो आज भन्ने गरेका छन्, गरिबलाई मालिक बनाउने सिद्धान्तको निर्माण गर्ने बौद्धिक हैसियत भएका व्यक्तित्व प्रदीप गिरि हुन । त्यसैले भौतिक विकास मात्र होइन शैद्धान्तिक परिवर्तनका लागि पनि यो भेगमा प्रदीप गिरिले जित्नु आवश्यक छ ।
हामी नेपालीलाई गरिबलाई मालिक बनाउने सिद्धान्तको आवश्यकता छ । त्यो काम पनि सिरहाबाटै होस भन्ने सिरहा बासीको चाहना छ । यसको लागि प्रदीप गिरिलाई यसपटक अवसर दिनु पर्ने देखिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »