यस वर्षको एसईई परीक्षा चैत ८ देखि

प्रकाशित समय 9:39:00 PM
काठमाडौं, ५ पुस । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत आठ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्चालन हुने भएको छ ।
चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्धितिय विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले संस्कृत तथा प्राविधिक धारका विषय हरुको परीक्षा पनि चैत आठ गतेदेखि २० गतेसम्ममा सम्पन्न गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »