सिरहाको मालपोत कार्यालयमा बम विष्फोट, तीन जना घाइते

प्रकाशित समय 8:48:00 PM
गोलबजार, ७ पुस । मालपोत कार्यालय सिरहामा भएको बम बिस्फोटमा तीन जना आईते भएका छन् । शुक्रवार अपरान्ह कार्यालयको माथिल्लो तल्लाको कोठामा शक्तिशाली बम बिस्फोट गराउन आएका ३ जना घाइते भएका हुन् । बिस्फोटमा परि सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासमान, रोशन पासमान र लेखापढीको काम गर्दै आएका पवन पासमान घाईते भएको भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । गम्भिर घाइते पवनलाई थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
बम बिस्फोटले कार्यालयको झयालका शिशा फुटेको छ । कार्यालय प्रमुख बस्ने कोठाको बाहिरपट्टि राखिएको प्रेसर कुकुर बम बिस्फोट भएको प्रहरीको भनाई रहेको छ । सदरमुकामको मुख्य र व्यस्त स्थानमा रहेको मालपोत कार्यालयमा दिनदहाडै बिस्फोटबाट स्थानीय त्रसित बनेका छन् ।
मालपोत कार्यालय सँगै प्रजिअ निवास, जिल्ला अदालत, जिल्ला अस्पताल, नेपाल बैंक लिमिटेड लगायतका कार्यालय छन् । प्रजिअ निवास, अदालत र नेपाल बैंकमा चौविसै घण्टा प्रहरीले प्रहरा दिने गरेको छ । यस्तो अवस्थामा पनि विष्फोट हुनुले सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको छ । एक साता अघि सिरहाको लहानमा पनि प्रहरीकै अगाडी विष्फोट भएको थियो ।
घटनास्थलबाट जनतान्त्रिक तराई मुक्तिमोर्चा गोइत समूहको पर्चा भेटीएको जिल्ला प्रहरी कर्यालय सिरहाका डिएसपी राजन भेटवालले जानकारी दिए । प्रहरीले घटनाको विषयमा अनुसन्धन भईरहेको जनाएको छ । पछिल्ला दिनहरुमा सिरहामा गोइत समूहको नाममा विष्फोटको घटनाको वृद्धि भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »