छोरा विदेश पठाउन जम्मा गरेको १ लाख २० हजार घरसँगै जल्यो

प्रकाशित समय 11:27:00 PM
गोलबजार, २९ मंसिर । सिरहाको लहान नगरपालिका–१४ बस्तीपुर स्थित दलित बस्तीमा बिहीबार अपराह्न आगो लाग्दा दुई जलेको छ । स्थानीय बौकु सदायको दुईवटा घरमा आगो लाग्दा अन्नपात, लत्ताकपडा र भाँडा बर्तनसहित सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगोले नगद १ लाख २० हजार रुपैयाँसमेत जलेको पीडित परिवारले जनाएको छ । ‘कान्छा छोरा इन्दललाई वैदेशिक रोजगारीका लागि दुबई पठाउन भैंसी बेचेको ७० हजार र गाउँबाट ऋण लिएको ६५ हजार गरी १ लाख २० हजार रुपैयाँ टिनको बाकसमा राखेको थिएँ, त्यो समेत झिक्न पाइँन, आँसु झार्दै बौकुले भने मजदूरी गरेर जोगाएको दुई क्विण्टल धान र दुई क्विण्टल चामलसहित सबै जलेको छ, आगो लहानबाट गएको वारुणयन्त्र र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो ।
ओत लाग्ने घर जलेर खरानी भएपछि ९ जना सदस्य रहेको परिवार छिमेकीको गोठमा आश्रय लिन बाध्य भएको छ । आगलागी पछि इलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोली घटना विवरण बुझेर फर्किए पनि केही राहत नपाएको बैकुको गुनासो छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »