एकैदिनमा कर्जन्हाका ६ घरमा चोरी

प्रकाशित समय 8:50:00 PM
राम नारायण पंडित
सिरहा, ५ पुस । कर्जन्हा नगरपालिकामा एकैरातमा ६ घरमा सुरुङ खनी लाखौ मूल्य बराबरको चोरी गरेको छ । मंगलबार राति समूहमा आएका चोरहरुले कर्जन्हा नगरपालिका ११ मा ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेहो हो ।
स्थानिय सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान । प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी गरेको छ । सोही समूहरुले रामबहादुर राउत र जय किशोर महराको घरमा सुरुङ खनेर चोरीकोे प्रयास गरेको जनाएको छ ।
सरोजको घरवाट १ लाख ७ हजार नगद, आधा तोला सुनका गरगहना र लत्ताकपडा, धर्मेन्द्रको घरवाट २० हजार नगद र आधा तोला सुनका तिलहरी, प्रेमाको घरवाट ४० हजार नगद चोरी भएको जनाएको छ । त्यसैगरी, रामपुजनको घरवाट ४० हजार नगद, आधा तोला सुनका गरगहना चोरी भएको पिडित हरु ले बताए ।
कर्जन्हा प्रहरी चौकीदेखि करीब २ सय मिटरको दुरिमा ठूलो समूहमा रहेको सुरुङ खनेर चोरी गर्दा समेत प्रहरीले सुइको सम्म नपाएकोमा स्थानीय चकित भएका छन् । पछिल्ला दिनहरमा सामान्य चोरीका घटनाहरु भएपनि सुरुङ्ग खनेर चोरी गर्ने परिपाटी रोकिएको थियो । यसरी ६÷६ घरमा सुरुङ खनेर चोरी भएको यो ठाउँको पहिलो घटना भएको पीडित स्थानीय सरोज पासमानले बताए ।
यता, कर्जन्हा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक धुलसिंह जिम्वाले घटनाको अनुसंधान तिब्र रुपमा भईरहेको बताए । उनले हामीले चोरहरुको खोजी गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »