यौन व्यवसाय फस्टाउन थालेपछि प्रहरीको कडा कदम

प्रकाशित समय 9:48:00 PM
उदयपुर, ३ पुस । त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि  जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि  कडा कदम चाल्न थालेको छ ।
सदरमुकामका केही स्थानीय होटलमा व्यावसायिकरुपमा नै यौन क्रियाकलाप हुन थालेपछि सादा पोशाकमा खटिएका प्रहरीले  पक्राउ गर्न थालेको सो कार्यालयले जनाएको छ ।
आइतबार मात्र गाईघाटको वडा नं ११ स्थित हिमाली टोलको एक होटलमा सादा पोशाकका प्रहरीले होटल  सञ्चालिकासहित केही यौनकर्मीलाई रंगेशात पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख  नवराज भट्टले बताए ।
पक्राउपर्नेमा होटल सञ्चालिका सानु श्रेष्ठ र यौन क्रियाकलपमा संलग्न केही महिलासहितका व्यक्ति रहेका छन् । पक्राउ परेका यौनकर्मी महिलाका बयान अनुसार होटल सञ्चालिका श्रेष्ठले कमिशनमा ग्राहक बोलाएर यौनकर्मीलाई एक पटककोे पाँचसयका दरले यौन क्रियाकलामा लगाउने गरेकी थिइन् । अन्य होटलमा पनि यस्ता कार्य हुनथालेकाले बिहान, बेलुकी र राति सादा पोशाकका प्रहरीले निगरानी गर्न थालेको  प्रहरी प्रमुख भट्टले बताए । केही स्थानमा यस्तो गतिविधि बढ्न थालेका कारण प्रहरीले कडाइका साथ नियन्त्रणको अभियान थालेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »