कृषिक्षेत्रको विकास गर्न नगरपालिका तयार छ ः नगरप्रमुख साह

प्रकाशित समय 8:59:00 PM
गोलबजार, १ पुस । किसान तथा कृषि मजदुरको समस्या समाधानका लागि आफू गम्भिर रहेको गोलबजार नगर पालीकाका प्रमुख देवनाथ साहले बताएका छन् । 
सिरहाको गोलबजारमा आयोजित नवनिर्वाचित स्थानीय निकायका पदाधिकारीलाई सम्मान तथा कसान सम्वन्धि अन्तरकृया कार्यक्रममा यस्तो बताएको हो । नेपालमा अझै  किसानहरुको अवस्थामा सुधार नआएको प्रति चिन्ता व्यक्त गर्दै त्यसको लागि किसान र कृषि मजदुरको समस्यालाई एकैपटक सम्वोधन गर्नु पर्ने नगरप्रमुख साहले बताए ।
साहनले अहिले किसानहरु मार्कामा छन्, उनिहरुको लगानी पनि मुस्किलले उठिरहेको अवस्था हो । त्यसको किसान र कृषि मजदुर दुवैलाई परिचय पत्र दिने र उनीहरुले विभिन्न सामानमा सहुलियत पाउनु पर्ने बताए । साहले भने, ‘सहि किसानको पहिचान गरी उनीहरुलाई परिचयपत्र दिने, उनीहरुलाई मल, विउ लगाएतका सामानमा सहुलियत दिने र कृषि मजदुरको पनि पहिचान गरी उनीहरुलाई खाद्यान्न लागाएका अति वासेकिय वस्तुमा सहुलियत दिनुपर्छ । अन्य मजदुरहरुले दैनिक ५ सय सम्म कमाई रहेको बेला किसानहरुले मजदुरलाई यतिको रकम दिन नसक्ने हुँदा उनीहरुको पनि सुरक्षा गरिनु पर्ने बताए ।
त्यसको लागि राष्ट्रिय स्तरमै योजना बन्नुपर्ने पनि बताए ।
किसानको जीवनस्तर सुधारको लागि कृषिलाई आधुनिकिकरण गर्दै व्यवस्थित बनाउन जरुरी रहेको साहले बताए । सोही क्रममा राष्ट्रिय कृषक समूह महासंघ, सिरहाकोे आयोजनामा सम्पन्न अन्तकृयामा किसानहरुले नौं बुदे माग पत्र प्रस्तुत गरेको थियो । किसानहरुले सिंचाई, सिंचाईको लागि विजुली, सहज कृषि ऋण, जमिन भाडामा लिई सामूहिक रुपमा खेति गर्न चाहने किसानलाई जग्गाभाडामा अनुदान लगाएतका माग गरेका छन् । मागहरुप्रति नगरपालीका सचेत रहेको प्रमुख साहले बचनबद्धता व्यक्त गरे ।
अन्तकृयामा नगरपालीकाका उपप्रमुख रेशमकुमार थापा, कार्यकारी अधिकृत गरिराज ज्ञवाली लगाएतले मन्तव्य व्यक्त गरका थिए । महासंघका जिल्ला अध्यक्ष मुक्तिनारायण यादवको अध्यक्षताका अन्तकृया सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »