का“ग्रेस हा¥यो कि का“ग्रेसलाई हराइयो ?

प्रकाशित समय 1:50:00 AM
विष्णु सुवेदी    

काँग्रेसको मुलुकव्यापी पराजय लाई लिएर अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । एकथरीले काँग्रेस सखाप भयो भन्दै चिन्ता पनि गर्न थालेका छन् भने अर्काथरीले यसलाई चुनावी अंकगणितको स्वभाविक परिणामको रुपमा लिएका छन् । ‘सबै वाम एक ठाम भएपछि यो परिणाम अस्वभाविक तथा आश्चर्यजनक थिएन । चुनावी चलखेलको सामान्य अंकगणित बुझ्नेहरुका लागि यो संभावित र अपेक्षित नतिजा हो । अघिल्ला चुनावमा पनि नेपालमा उपलब्ध सबै खाले कम्युनिस्टहरुको मत जोड्दा बलियो बहुमत पुग्थ्यो ।                                                                        काँग्रेसबाट भयानक भूलहरु भएका छन, सच्चाउनुपर्ने थुप्रै पक्ष हरु छन् । अब त्यसको समीक्षा र करेक्शन होला । तर काँग्रेस सबैभन्दा खत्तम वा खराब पार्टी भएर यो नतिजा आएको होइन । मतदाताले कांग्रेसलाई हराएका होइनन् । कम्युनिस्टहरु एकजुट भएर कांग्रेसलाई पराजित गरेको अवस्था हो । अघिल्ला निर्वाचन मा भन्दा यसपटक कांग्रेसले पाएको कुल मत घटेको छैन र कतिपय ठाउँमा बढेको पनि छ। समानुपातिकतर्फको नतिजाले पनि त्यसलाई पुष्टि गरेको छ । केही स्थानलाई छोडेर कांग्रेसका उम्मेदवारले हजारदेखि तीन चार हजारको मतान्तरले पराजित भएका छन् । जुन माओवादीको मत हो ।
तरिका मिलेन, ढंग पनि पुगेन होला तर कांग्रेस यसपटक सबै कम्युनिस्टहरुसँग एक्लै मैदानमा भिड्यो । यो नै आफैमा महत्वपूर्ण पक्ष हो । मतदाताले सच्चिन र बलियो बन्न कांग्रेसलाई अवसर प्रदान गरेका छन् । स्वभाविक रुपमा कांग्रेसका पात्र र प्रवृत्तिप्रति मतदाताको गुनासो तथा वितृष्णा हुनसक्छ । तर एउटा भरपर्दो प्रजातान्त्रिक संस्थाका रुपमा कांग्रेसप्रति मतदाताले देखाएको माया र भरोसाको हिस्सा कमजोर छैन। केही पात्रहरु खत्तम भए पनि कांग्रेस खराब छैन भन्ने सन्देश मतदाताले दिएका छन् । यसबाट कांग्रेसले शिक्षा लिएर आफूलाई पुर्नजागृत र पुनसंरचना गर्दै आफ्नो भूमिका र छविलाई सच्चाउन आवश्यक छ । यो बाटोमा कांग्रेस अघि बढे उसको भविष्य टाढा छैन । कांग्रेसको नीति र नेतृत्वमा लागेको खियाँ सफा गर्न अब युवा पुस्ता अग्रसर हुनुपर्छ। कांग्रेसको पराजयसँग जोडिएका केही पृष्ठभूमि र पक्षहरुलाई यहाँ केलाउन खोजिएको छ ।
कांग्रेस रमाउने, कम्युनिस्टहरु खेल्नेः– कांग्रेसले वामहरुसँगको सम्बन्धलाई सही रुपमा बुझ्न र उपयोग गर्न नसक्दाको परिणाम पनि हो अहिलेको अवस्था । कम्युनिस्टहरुले कांग्रेससँगको सहकार्य र सम्बन्धमा रणनीतिक रुपमा खेलिरहे तर कांग्रेस भने वामहरुसँगको सम्बन्धमा सधै रमाइमात्र रह्यो ।
दोस्रो संविधानसभा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले एमालेसँग मिलेर सरकार बनायो । सुशील कोइरालाको नेतृत्वमा १८ महिना राम्रोसँग गठबन्धन सरकार चल्यो, त्यही गठबन्धनबाटै संविधान पनि संभव भयो । त्यतिबेला माओवादी केन्द्र साइजमा थियो, उसमा ठूलो महत्वकांक्षा थिएन । तर संविधान जारी भएपछि एमालेसँगको सहकार्य कांग्रेसले तोड्यो ।
यसमा कुनै तर्क, कारण र मुद्दा थिएन । यो नै कांग्रेसको ठूलो भूल थियो । त्यसपछि राजनीति मा सत्ता केन्द्रित अस्थिरताको नयाँ शृंखला सुरु भयो । राजनीति का चतुर खेलाडी प्रचण्ड त्यहीं बाट ‘मुभ गर्न थाले । एमाले र कांग्रेससँगको सम्बन्धमा रणनीतिक रुपमा चल्न र खेल्नका लागि प्रचण्डलाई अनुकुल आधारभूमि यही घटनाक्रमले सिर्जना गरिदियो ।
कांग्रेसलाई बाहेक गरेर केपी ओली नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउने डिजाइन प्रचण्डले तयार गरे । वर्ष्दिन पनि नपुग्दै एमालेसँग रातारात सम्बन्ध तोडेर प्रचण्ड फेरि कांग्रेससँग जोडिए । प्रचण्डको यो मुभ अत्यन्त अस्वभाविक थियो, सत्ताको स्वार्थ र सनक बाहेक केही थिएन । ओलीसँग ‘रातारात डिभोर्स गरेर भागेका प्रचण्डलाई ‘रेड कार्पेट’ विछ्याउनु कांग्रेसको गल्ती थियो, जुन सत्यलाई पछिल्ला घटनाक्रमले पुष्टि गरिसकेको छ। माओवादीको रणनीतिक चाल र सत्ता केन्द्रित राजनीतिलाई राम्रोसँग विश्लेषण नगरीकन कांग्रेसले एमालेविरुद्ध नयाँ गठबन्धन तयार ग¥यो र प्रचण्डलाई प्रधानमन्त्री बनाइदियो ।
स्थानीय चुनावमा कांग्रेसले माओवादीसँग तालमेल गर्ने भन्यो । त्यसमा सघन गृहकार्य तथा छलफल भएन । कुनै मापदण्ड र मर्यादा तय गरिएन । चुनावी गठबन्धनको मोडालिटी बनाइएन । हचुवाका भरमा मनोमानी रुपमा यसलाई व्याख्या र प्रयोग गरियो । माओवादीले प्रचण्डपुत्री रेणुलाई चितवन महानगरको मेयरमा जितायो, अन्य ठाउँमा पनि लाभ लियो । तर कांग्रेसलाई कतै पनि फाइदा भएन । उल्टै माओवादीसँग अप्राकृतिक गठबन्धन गरेर आफ्नो लोकतान्त्रिक छवि धमिल्याएको र कार्यकर्ताको मनोबल कमजोर बनाएको आरोप कांग्रेसले खेप्नुर्पयो ।
संसद् तथा प्रदेशको चुनावको मुखमा माओवादी सरकार नछोडिकन सुटुक्क एमालेसँग चुनावी गठबन्धन र्गयो । प्रचण्डको यो संभावित ‘मुभ’बारे कांग्रेसको इन्टेलीजेन्सले अनुमान पनि लगाउन सकेन । राजनीतिमा अस्थिर चाल चल्ने चतुर प्रचण्डबाट कुनै पनि बेला धोखा र बेइमानी हुनसक्ने विश्लेषण गरेर त्यो अनुरुप आफूलाई तयार गर्ने र रणनीति बनाउने काममा कांग्रेस चुक्यो ।
माओवादीलाई शान्ति प्रक्रियामा सहभागी गराएर सम्मानजनक राजनीतिक हैसियत प्रदान गर्नमा कांग्रेसले निर्णायक भूमिका खेल्यो । जतिबेला केपी शर्मा ओली राजनीतिको ‘कोर सिन’ मा थिएनन, रिङबाहिर नै थिए । तर आज उनै केपी ओलीले माओवादीलाई उपयोग गरेर राजनीतिमा हिरो बन्दैछन् भने कांग्रेसलाई चुनावी अंकगणितमा जिरो बनाउने प्रयत्न हुँदैछ ।
हचुवा आँकलन र नाम मात्रैको गठबन्धनः– कांग्रेस मुलुककै सबैभन्दा जेठो राजनीतिक शक्ति हो । यसको आफ्नै व्यापक सञ्जाल र संगठन छ । साधन स्रोतको कमी छैन । तर एउटा व्यवस्थित पार्टी्भित्र सूचना        (इन्टेलिजेन्स) र विश्लेषणको पक्ष निकै कमजोर देखियो । घटना भएपछि अत्तालिएर प्रतिक्रिया जनाउने भन्दा पहिले नै क्षति रोक्ने वा कम गर्ने सावधानी र रणनीति कांग्रेसभित्र देखिएन । माओवादीले गठबन्धन गर्दाको चुनावी अंकगणितमा कांग्रेसको हचुवापूर्ण आँकलन गरेको पाइयो । सूचना र तथ्यको विश्लेषण गरेर चुनावी योजना तथा रणनीति बनाउनेभन्दा पनि ‘कांग्रेसले बहुमत ल्याउँछ, कम्युनिस्ट फुट्छन भन्ने भ्रममा कार्यकर्तादेखि नेतृत्व तह पनि रमायो ।
वाम गठबन्धनपछि कांग्रेसले निकै हतारिए लोकतान्त्रिक गठबन्धन बनाउन हारगुहार ग¥यो । त्यसका लागि गम्भीर गृहकार्य र सघन छलफल भएन । कांग्रेस स्वयमबाट इमान्दर प्रयत्न भएन । मधेसी दलहरुसँग गठबन्धन पनि अधुरो भयो । नेता विशेषको व्यक्तिगत हठ र स्वार्थ का कारण मधेसी दलहरुसँगको गठबन्धन प्रभावकारी भएन । धनुषा ३ मा कांग्रेसका नेता विमलेन्द्र निधिले राजेन्द्र महतोलाई छोड्न तयार भएनन, त्यसको परिणाम निधि स्वयमले मात्र हार्नुपरेन, अन्य क्षेत्रमा त्यसको नकारात्मक असर देखियो ।
राप्रपासँगको गठबन्धनमा पनि त्यही हालतबाट गुज्रियो । झापा ३ मा कृष्णप्रसाद सिटौलाले राप्रपाका राजेन्द्र लिङदेनलाई छोड्न तयार भएनन, त्यसको नकारात्मक असर तालमेल भएका अन्य क्षेत्रमा पनि र्पयो । सिटौलाले त हारे नै, अन्य क्षेत्रमा राप्रपाको सहयोगले जित्ने संभावना पनि भत्कियो । कांग्रेसले बनाएको गठबन्धन हतारको प्रतिक्रियामा मात्रै सिमित भयो, त्यसले केही नतिजा निकाल्न सकेन । चुनावी मैदानमा बाम गठबन्धनलाई संगठित रुपमा काउन्टर दिन पनि यो गठबन्धन समर्थ भएन ।
विरासतको भ्रम र कमजोर ब्रान्डः–
कांग्रेस प्रजातन्त्रका लागि २००७ सालदेखि निरन्तर लडेको पुरानो शक्ति हो । २००७ को जनक्रान्ति, २०४६ सालको जनआन्दोलन २०६३ को महत्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व यहीं पार्टीले गरेको छ । नयाँ संविधानको लेखन, शान्ति प्रक्रिया, संविधान को कार्यान्वयन गर्ने जस्ता निकै महत्वपूर्ण कार्यभार कांग्रेसकै अगुवाइमा सम्पन्न भएका छन् । यी सबै योगदान, पृष्ठभूमि र गौरवमय विरासत हुँदाहुँदा पनि कांग्रेसलाई मतदाताले किन जिताएनन् भन्ने प्रश्न महत्वपूर्ण छ । विरासतको भ्रममा रमाउनु भन्दा ब्रान्ड बलियो बनाउनेतर्फ लाग्नुपर्ने शिक्षा पनि यो चुनावी नतिजाले दिएको छ। इतिहासको विरासत भन्दा पनि नयाँ पुस्ताले कांग्रेसमा ‘ब्रान्ड खोजिरहेको छ । त्यो कांग्रेसले विकास गर्न सकेन।
पछिल्लो समय कांग्रेस आफ्नो वैचारिक धारमा धरमराएको आरोप लाग्न थालेको छ । अरुको एजेन्डा बोकेर आफ्नो मौलिक चरित्र र छवि गुमाउँदै गएको चिन्ता कांग्रेसका शुभचिन्तकबाट व्यक्त हुँदै आएको छ ।गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता कांग्रेसका मौलिक एजेन्डा थिएनन् माओवादीले उठाएका यी एजेन्डामा समयको बेगसँगै कांग्रेस पनि लतारिएको अवस्था थियो । तर यी एजेन्डाहरुलाई तार्किक निश्कर्षमा र्पुयाउन कांग्रेसले निर्णायक भूमिका निर्वाह र्गयो । यसमा जस कांग्रेसले लिन सकेन । कांग्रेस एजेन्डाबिहिन जस्तो देखियो । यो अवस्थाको अन्त्य गरेर कांग्रेसले आफ्नो वैचारिक लाइनलाई स्पष्ट गर्नुपर्छ। पाइलैपिच्छे असन्तुलन तथा विचलन देखिनुहुँदैन ।
व्यक्तिवादी प्रवृत्ति र स्वार्थ केन्द्रित राजनीतिः– कांग्रेसले अहिले बेहोर्नुपरेको पराजयका पछाडि प्रजातान्त्रिक आन्दोलनको इतिहासको विरासतको भ्रम र व्यक्तिवादी प्रवृत्ति पनि जिम्मेवार छ । सातसालदेखि प्रजातन्त्रका लागि लडेको कांग्रेसले हार्दैन भन्ने भ्रमबाट कांग्रेस निर्दे्शित देखियो । अहिलेको नयाँ पुस्ता सामु कांग्रेसलाई परिचित गराउने प्रभावकारी प्रयत्न भएन ।
पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा कांग्रेसको संस्थागत भूमिका र हैसियत कमजोर हुँदै गएको अनुभव कांग्रेसीजनले गर्न थालेका छन् । राष्ट्रिय मुद्दामा कांग्रेसको प्रस्तुति, बहस तथा अडान त्यति प्रभावकारी हुन सकेन । कांग्रेसमा एउटा संस्थाका रुपमा पद्धति जसरी बलियो हुनुपर्थ्यो, पछिल्ला दिनमा त्यो कमजोर हुँदै गयो । व्यक्तिवादी प्रवृत्ति र स्वार्थ केन्द्रित राजनीति हावी हुँदै गयो । संस्थागत निर्णय र संगठित दृष्टिकोणभन्दा केही वरिष्ठहरुको निजी प्राथमिकता र तजबिजमा कांग्रेस चल्यो । तदर्थ वाद हावी हुँदै गयो, संस्थागत संरचनाहरु प्रभावीकारी भएनन् अर्थात तीनलाई काम गर्न दिइएन।
कोइराला परिवारको लामो विरासतलाई ब्रेक गरेर कांग्रेसको नेतृत्व समाल्दा शेरबहादुर देउवासँग जुन खालको आकर्षण र अपेक्षा थियो, त्यो अनुरुप राष्टिूय राजनीतिमा उनको भूमिका प्रभावकारी देखिएन । देउवाले कांग्रेसको बगाडोर समालेपछि उनको प्राथमिकतामा पार्टीको संस्थागत विकास र संगठन सुदृढीकरण पर्न सकेन। कांग्रेस टेकुमा होइन, बुढानिलकण्ठतिरै बढी अल्झिन थालेको गुनासो आम कार्यकर्ताबाट आउन थाल्यो। देउवाको प्राथमिकता र सक्रियता पार्टी सुदृढीकरणमा भन्दा पनि सत्तातिर बढी केन्द्रित भयो ।
मैदानमा कमजोर प्रस्तुतिः– चुनावी मैदानमा बाम उम्मेदवाहरु जति संगठित र आक्रमण रुपमा प्रस्तुत भए, कांग्रेस त्यसरी प्रस्तुत हुन सकेन । कांग्रेस बढी रक्षात्मक भूमिकामा उभियो, त्यो पनि आलोचनामा केन्द्रित भए । कम्युनिस्टहरु जितेमा साम्यवाद आउँछ, केही गर्न पाइँदैनजस्ता सस्ता भाषण र नारामा कांग्रेसीजन हरु रमाए । संविधान बनाउने, शान्ति प्रक्रियालाई पूर्णता दिने, संविधानलाई कार्यान्वयन गर्नेजस्ता महत्वपूर्ण काम कंग्रेसले र्गयो तर संस्थागत रुपमा यसलाई चुनावी मैदानमा कांग्रेसले क्यास गर्न सकेन ।
मुलुकको समृद्धि र स्थिरताका लागि कांग्रेसले स्पष्ट दृष्टिकोण, ठोस् नीति तथा कार्यक्रम चुनावी मैदानमा पस्किन सकेन । कांग्रेस को प्रभुत्व जोगाउने र विस्तार गर्नेभन्दा पनि वामहरुको प्रभाव लाई छेक्ने सतही अभियानमा कांग्रेसले बढी समय खर्चियो । कांग्रेसले आफूसँग भएका कार्यकर्ता तथा सुभचिन्तकहरु लाई प्रभावकारी रुपमा परिचालन गर्न सकेन ।
स्थानीय चुनावामा प्राप्त कमजोर नतिजाको गम्भीर समीक्षा र विश्लेषण गरेर त्यहीअनुसारको रणनीति तर्जुमा तथा चुनावी तयारीमा कांग्रेस उदासिन देखियो । टिकटमा नयाँ अनुहारलाई प्राथमिकता दिइएन । साठी कटेका वा हाराहारीका पुरानै अनुहारहरु हावी भए । टिकट वितरण वैज्ञानिक तथा पारदर्शी भएन । स्थानीय छनोट र लोकप्रियतालाई भन्दा पनि विरासत र ज्येष्ठतालाई महत्व दिइयो ।
कतिसम्म भने राष्ट्रिय महत्वका आकर्षक अवसरलाई समेत त्यागेर चुनावी मैदानमा हामफाल्ने प्रवृत्ति देखियो । जस्तो राष्ट्रिय पुनरनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी पद निकै महत्वपूर्ण थियो, त्यो छाडेर गोविन्द पोखरेल चुनाव लड्न प्यूठान हानिए तर हारे । राजदूत पद छाडेर दीपकुमार उपाध्याय चुनाव लड्न दिल्ली बाट काठमाडौंमा टिकट लिन आए र थोरै मतान्तरले हार बेहोर्नुर्पयो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पत्नीलाई कैलाली ७ नम्बरमा उठाउनु कति आवश्यक थियो, त्यो विषयमा अहिले बहस भइरहेको छ । यसमा देउवाले आरोप र अपजस खेप्नुपर्ने अवस्था छ । केही बरिष्ठ नेताहरुको जिद्दीका कारण लोकतान्त्रिक गठबन्धन धरापमा प¥यो । लोकतान्त्रिक गठबन्धनमा पार्टीको हितभन्दा केही नेताहरुको नितान्त निजी हठ र स्वार्थ हावी भयो ।
देउवाको सत्तारोहणको थोरै लाभ कांग्रेसले न स्थानीय चुनावमा बटुल्न पायो न त संसद् र प्रदेशको चुनावमा । सत्ताको अंकगणितमा देउवा सफल देखिए पनि राष्ट्रिय राजनीति र आम मतदाताको नजरमा कांग्रेसको भूमिका र छवि त्यति सकारात्मक हुन सकेन । चुनावी नतिजाले यसलाई पुष्टि गरिसकेको छ ।
कांग्रेस चुकेका राष्ट्रिय चासोका प्रकरणहरुः– राष्ट्रिय चासो र चर्चाका केही प्रकरणमा कांग्रेसले आफ्नो पोजिसन स्पष्ट गर्न सकेन र संस्थागत अडान र परिपक्क भूमिका देखिएन । ती प्रकरणमा कांग्रेस चुक्नुपरेको सत्यलाई चुनावी नतिजाले पनि संकेत गरेको छ । कांग्रेसको आडमा प्रधानमन्त्री बनेका प्रचण्डले एमालेसँग मिलेर लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग ल्याए । यसमा कांग्रेसको दृष्टिकोण र भूमिका स्पष्ट देखिएन। कांग्रेस मौन र रहस्यमय भूमिकामा उभियो ।
नेपाल प्रहरीको आइजीपी नियुक्ति प्रकरणमा सिंगो कांग्रेसले अपजस खेप्नुर्पयो । देउवाले अडान लिन खोजे तर गृहमन्त्री रहेका पार्टीकै वरिष्ठ नेता विपरित लाइनमा देखिए । संस्थागत अडान र परिपक्क गृहकार्य नहुँदा प्रहरी संगठनमा हस्तक्षेप गर्न खोजेको आरोप मात्रै खेप्नुर्पयो । राजदूत प्रकरणमा पनि देउवाको भूमिका विवादित बन्यो । अस्वभाविक र अपरिचित पात्रहरु डिलका आधारमा राजदूतमा सिफारिस भए पछि पार्टी्भित्रै हंगमा भयो र बाहिर पनि आलोचना भयो । यी दुवै घटना क्रमले कांग्रेसको छविमा पनि धक्का लाग्यो ।
प्रधानन्यायाधीश विरुद्ध महाअभियोग ल्याउनु ठीक कि बेठीक भन्ने बहस आफ्नो ठाउँमा हुनसक्छ तर माओवादी केन्द्रसँग मिलेर रातारात ल्याइएको महाअभियोगबाट कांग्रेसले बढी अपजस र आरोप खेप्नुर्पयो । महाअभियोगमा अडिने अवस्था भएन र अन्ततः यो फिर्ता भयो । महाअभियोग एउटा भूल थियो भनेर ढिलो स्वीकार्नुर्पयो । यसलाई भजाएर विपक्षीले कांग्रेस स्वतन्त्र न्यायालयको पक्षमा छैन भन्ने सन्देश पनि चुनावी मैदानमा ‘इन्जेक्ट’गर्न खोज्यो ।
छिमेकीसँगको सम्बन्ध र कुटनीतिक सन्तुलनमा कांग्रेसले देखाएको संवेदनशिलता र सतर्कता आफ्नो ठाउँमा ठीक होला तर मास सेन्टीमेन्टलाई उपेक्षा गर्दा त्यसको परिणाम थप पीडादायक हुन्छ भन्ने सन्देश यसपटक मतदाताले दिन खोजेका छन् । पाँच महिना लामो नाकाबन्दीलाई नाकाबन्दी भन्न नसकेको आक्षेप खेपिसकेको कांग्रेसका लागि ‘भारतपरस्तको ट्याग’ सदाबहार आरोप हो ।
मधेसी दलहरुलाई सडकबाट संसद्मा ल्याउने महत्वपूर्ण काम कांग्रेसले ग¥यो र मधेसलाई सम्बोधन गर्न संविधान संशोधन को प्रस्ताव पनि अघि बढायो । तर कांग्रेसको यो पहल र सदासयतालाई मधेसी दलहरुले सम्मान गर्न सकेनन् । पटकपटक चुनावको मिति सारेर पहल गर्दा पनि कांग्रेस राजपा ९ राष्ट्रिय जनता पार्टी० लाई चुनावमा सामेल गराउन सफल हुन सकेन । दुई नम्बर प्रदेशलाई अलग गरेर चुनाव गर्नुपर्ने अवस्था उत्पन्न भयो । यसमा कांग्रेसले उल्टो अपजस बेहोर्नुर्पयो । कांग्रेसले न मधेसलाई विश्वासमा लिन सक्यो न त तोकिएको मितिमा सबै प्रदेशमा एकैपटक चुनाव गराउन सक्यो । एमालेले राष्ट्रवादी ट्यागलाई ुप्रोजेक्टु गरेर मतदाता लाई तरंगित गरेको यसलाई पनि क्यास गरेर चुनावी मैदानमा राम्रो फाइदा उठायो ।
पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताविरुद्ध जनसागर सडकमा उर्लियो र महिनौं आन्दोलन भयो तर त्यसलाई कांग्रेसले संस्थागत रुपमा खासै वास्ता गरेन । बरु यसलाई एमालेले राम्रोसँग क्यास र्गयो, पाँच नम्बरमा कांग्रेसले यसपटक धेरै गुमाउनुर्पयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »