सरकारी जागिर नभापेपछि गाईपालन रोजे मनोज.....

प्रकाशित समय 5:52:00 AM
सुरेश कुमार यादव
सिरहा, १६ पुस । पछिल्लो समय कृषिमा युवाहरुको ह्वात्तै आकर्षण बढेको छ । कसैले विदेशका कमाई छाडेर कृषि पेसा अँगाले, कसैले अरु विजनेस व्यपार छाडेर कृषि पेस अँगाले, कसैले एनजीयो, आइएनजीयोको जागिर छाडेर कृषि पेसा अँगाले, कसैले सरकारी जागिर छाडेर कृषि पेसा अँगालै जस्ता समाचारहरु दिनदिनै पढ्न पाइन्छ र सुन्न पाइन्छ । अहिले पनि गाउँघरतिर सरकारी जागिरको आकर्षण देखिन्छ । तर सरकारी जागिर भनेपछि हुरुक्कै ।
हुने मान्यतालाई कतिपय ठाउँमा युवाहरुले भत्काउँदै कृषितिर आकर्षित हुन थालेको छ । पहिला पहिला पढे लेखेका युवाहरु हलो जोत्नुलाई अछुतो मान्थे, गोबर सोहर्नु कता हो कता । तर अहिले त्यो बिल्कुल परिवर्तन भएका छन् । राम्रा पढेलेखेका व्यक्तिहरु कृषिमा लागेका छन् । खेत र गोठमा हरेक काम गर्नका लागि अग्रसर भएको देखिन्छ । गोठको गोबर सोहर्न वा गाईवस्तु मिलाउनमा कुनै लाज मान्दैन ।
त्यस्तै भएको छ सिरहाको इटाटार गाविसमा । महेन्द्र राजमार्गभन्दा ३० किलोमिटर दक्षिण भारतीय सिमाना नजिकै हुलाकी सडकमा रहेका सो गाविसका कतिपय युवाले जागिर छाडेर भने कतिपयले वैदेशिक रोजगार छाडेर कृषि पेसा अपनाएका छन् । विगत १८ वर्षदेखि सरकारी जागिरमा रहेपनि मुश्किलले घर व्यवहार चलाउन सकेका मनोज यादव कृषि पेसामा लागेपछि अब उनीसँग कुनै समस्या छैन । उनको जीवन खुशी खुशी बित्तिरहेको छ । जागिरेको भरमा दुई छाक खान र मुस्किलले साधारण स्कूलमा छोराछोरीलाई पढाउन सकेका मनोज यादव कृषिमा लागेपछि छोराछोरीलाई राम्रो बोर्डिङमा मात्र होइन उनको आफ्नो दैनिक जीवनमा परिवर्तन आएको छ ।
सिरहा औरही गाउँपालिका इटाटारका ३९ वर्षीया मनोज यादव आराधान पशुपालन फर्म सञ्चालन गरेर गाई पालन शुरु गरेको छ । आराधाना उनको छोरीको नाम हो । हाल उहाँ जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति) मा आन्तरिक लेखा परिक्षकको रुपमा कार्यरत हुन तर त्यो जागिरले घरपरिवार धान्न नसकेपछि पशुपालनमा लागेको हो । दुई वर्षअघि दुईटा गाईबाट गाईपालन शुरु गरेका उनको गाई फार्ममा अहिले १३ वटा गाई रहेका छन् । ती गाईमध्ये छ वटा गाईले मात्र अहिले दुध दिइरहेका छन् जसबाट दैनिक ६० लिटरभन्दा बढी दुध उत्पादन हुन्छ । उनले यो गाईपालनमा एउटा ‘टेक्निक अपनाएको छ । उनले महँगो गाई किन्ने तिर लागेको छैन ।
पहिला कसैले यस्तै फर्म खोलि गाईपालन गरेका थिए र पछि त्यसले चलाउन नसकेपछि लथालिगं अवस्थामा रहेका गाईहरु खरिद गरि आफ्नो फर्ममा ल्याई तन्दरुस्त बनाउने गरेको छ । खान नपाएर मर्न लागेका गाईहरु सस्तोमा किनेर ल्याउने र त्यसलाई औषधीमुलो गरि दुरुस्त बनाउने गरेको गाईहरु उनका फर्ममा छ । उनी भन्छ, यसबाट मलाई दुईटा फाइदा हुन्छ, एउटा त त्यस्तो गाई सस्तोमा किन्न पाइयो, अर्को गौ सेवा पनि गर्न पाइयो । सेवा नपाएर खान नपाएर मर्न लागेका गाई किनेर त्यसलाई सेवा गरि स्वस्थ्य बनाउन सकियो भने त्यो भन्दा अरु सेवा कहाँ हुन्छ ।
हालसम्म सो फर्ममा १३ लाखभन्दा बढी लगानी गरिसकेका मनोज यादवले भने, फर्मबाट मासिक वा वार्षिक कति आम्दानी भएको छ त्यसको कुनै हिसाब किताब छैन तर अब त्यसमा पुँजी लगाउनु परेको छैन । फर्मका आम्दानीले फर्म सञ्चालन तथा घरव्यवहार चलाउन कसैको मुख ताक्नु परेको छैन । फर्म सञ्चानलन नहुँदासम्म जागिरले छोराछोरीका पढाई खर्च तथा घरव्यवहार चलाउन पनि मुश्किल पथ्र्यो, अब त्यो समस्या अन्त्य भएको उनले बताउछ । पहिला पहिला छोराछोरी पढाउन ऋण लिनु पथ्र्यो वा केही बेचविखन गर्नुपथ्र्यो । अहिलेको जमानामा सरकारी जागिरमा १५–२० हजारको जागिरले केही हुँदैन ।
यस्तो महँगो जमानामा त्यो पैसाले घर व्यवहार चलाउने कि छोराछोरीलाई पढाउने छोराछारीको पढाई खर्चदेखि लिएर घर व्यवहार पनि यसैबाट हुने गरेको बताउँदै मनोज यादवले भने, अहिले बचत छैन तर एक वर्ष्भित्रमा दुईसय लिटर दुध उत्पादन गरि मासिक दुई–तीन लाख आम्दानी गर्ने मेरो लक्ष्य रहेको छ । मनोज यादवका चारजना छोराछोरी छन् । जेठी छोरी बीबीएमा पढ्दैछिन् भने अर्को प्लस टु, अर्को नौ र चार कक्षामा पढि रहेका छन् । मनोज यादव फर्म खोले पनि जागिर छाड्नु भएको छैन । फर्मको रेखदेख उनका श्रीमती रामप्यारी देवी यादवले गर्छ । जागिरको समयबाहेकका समय मनोज आफै पनि फर्ममै काम गर्छ ।
उनले पशुपालन फर्मलाई सोचे जस्ता व्यवस्थापन गर्न सकिरहेको छैन । यो फर्मलाई अझै व्यवस्थापन गर्न सके, दुध उत्पादनमा वृद्धि हुनुको साथै नमुना फार्मको रुपमा विकास गर्न सकिने उनले बताए । कृषि पेशामा गाईपालन नै मात्र किन रोजे भनि जिज्ञासामा उनले भने, ‘पहिलो कुरा गाईलाई धर्मका हिसाबले पनि सम्मानित नजरले हेर्ने गरेको छ, गाईलाई सेवा गर्यो भने धर्म पनि हुने मान्यता छ । त्यसैगरि, गाई पालन गर्दा केही खेर जाँदैन, गाई गोबर, मुत्र पनि काम लाग्छ । त्यसैगरि दुध, दही पनि खान पाइन्छ त्यसले स्वस्थ्य शरिर रहन्छन र लगानी अनुसार फाइदा पनि हुन्छ । त्यही भएर गाई पालन गरेको हुँ ।
कृषिमा अरु व्यवसायीभन्दा गाई पालन सजिलो रहेको उल्लेख गर्दै उनले यसमा ताजाताजा फाइदा हुने गरेको बताउनुहुन्छ । दुई–चारवटा गाईपालेमा एउटा नएउटा दुध दिइरेका हुन्छन, तुरुन्तै खान पनि पाइन्छ र बेच्न पनि पाइहालिन्छ, र, त्यसमा निकै सन्तुष्टि मिलेका हुन्छन, मनोज यादवले भन्छ । सबभन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो, यदि कुनै व्यवासयीमा आत्मसन्तुष्टि भयो भने त्यो जतिको फाइदाजनक अरु केही हुनसक्दैन र त्यो सन्तुष्टि गाईपालनमा पाउँन सकिन्छ, उनको कथन थियो ।
गाईपालनले गर्दा रोजगारीको सृजना गर्नुको साथै समाजमा अरुलाई पनि त्यस पेसाप्रति आकर्षण गर्नुपनि उद्देश्य रहेको उनले बताए । अहिले उमेर हुने वित्तिकै नागरिकता बनाएर विदेश पठाउने चलन भएको छ तर विदेशमा कसरी कति मेहनत गरेर पैसा कमाउनुपर्छ त्यो कुरा यहाँका व्यक्तिलाई थाह हुँदैन । विदेशमा गर्ने जति मेहनत यहाँ गर्यो भने त्यहाँभन्दा कतियौं गुणा बढी पैसा यही कमाउन सकिन्छ । गाई पालनप्रति अरुलाई पनि आकर्षण गर्नका लागि यो पेसा अपनाएको बताउँदै मनोज यादवले भने, ठानेपछि जे पनि हुँदो रहेछ भनि देखाउनका लागि पनि यो काम मैले शुरु गरेको हुँ, मेरो काम हेरेर अरु अरुले पनि यस्तै काम गरुन् मेरो चाहना हो ।
वैदेशिक रोजगामार जानबाट युवालाई रोक्नु पनि एक उद्देश्य रहेको बताउँदै उनले भने, यदि कुनै युवाले विदेश नगएर यही केही गर्न खोजेका छन् भने त्यसका लागि सहयोग गर्न आफू तयार छु । गाई पालन गर्न थालेपछि घरका सबैजना त्यसैमा इगेंज हुन थालेका छन् । श्रीमतीले फुलटाइम फर्ममा नै दिन थालेको छ भने छोरा छोरी स्कूलको विदापछिको समय त्यही फर्ममा दिन्छन् । एकजना मान्छे मात्र बाहिरका राखेका छन् ।
ग्रामिण भेगमा यसप्रकारको कार्य गर्ने सोच नै थोरैमा हुन्छ, त्यसमध्ये मनोज यादव पनि एक हुन । त्यहाँ परम्परा ढंगबाट गाई पाल्ने, भैसी पाल्ने, बाख्रा पाल्ने, खेती गर्ने र त्यो नभए खाडी मुलुक जाने चलन छ । त्यहाँका मुख्य पेसा कृषि नै हो । हरेक किसानको घरमा केही नकेही पालिएका हुन्छन् । कोही गाई पालेका हुन्छ भने कोही भैसी त कोही गोरु । कोही बाख्रा पालेका हुन्छन तर व्यवसायिक रुपमा कसैले पालेका छैन ।
तर मनोज यादवले फर्म खोलेर उदाहरणीय कार्य गरेको भएको छ । उनको गाई फार्म हेरेर अन्य युवाहरु पनि गाई पालनतिर आकर्षण हुन थालेका छन् । उनलाई दखेर तीन ठाउँमा यस्तै फार्म खुलेका छन् । उनकै पहलमा गाउँकै चौकमा एउटा दुधका डेरी खुलेको छ । सहकारीमार्फत खुलेको सो डेरीमा गाई पालन पनि गरिएको छ । उनले गाई पालनका लागि देशका विभिन्न गाई फारम घुमेर अध्ययन गरिएको छ । चितवन, विराटनगर, जनकपुर, पोखरालगायतका विभिन्न गाई फारममा त्यसको बारेमा अध्ययन गरेर बुझेर नै यो कार्य उनले थालनी गरिएको हो । किसानले केही गरेपनि सरकारको तर्फबाट त्यसका लािग कुनै सुविधा नदिएको दावी गर्दै मनोज यादवले गाईको दानाका लागि भारतको भरपर्नु परेको बताए ।
दाना त नेपालमा पनि पाइन्छ तर क्वालिटी हुँदैन, उनले भने, दाना हामी नेपालका पनि खुवाएका छौ र भारतका पनि तर जति फाइदा भारतको गर्छ त्यति फाइदा नेपालको गर्दैनन, क्वालिटीको बारेमा नेपालमा हेर्ने कोही छैन जस्तो लाग्छ । नेपालमा राम्रो क्वालिटी दिन नसकेपछि भारतबाट ल्याउन सहुलित दिँदा पनि हुन्थ्यो, तर भारतबाट ल्याउन कम्ती झमेला झेल्नु पर्दैनन, बोर्डरमा भारतीय सुरक्षाकर्मीले निकै दुख दिने गरेको उनको गुनासो थियो । यदि नेपालमै राम्रो क्वालिटीको दान दिन थाल्यो भने भारत जानै पर्दैन, उनले भने ।
अर्काे ठूलो समस्या भनेका बजारीकरण हो । उत्पादन भएको दुध पनि स्थानीय बजारमा विक्रि हुँदैन । विक्रि भएपनि किसानले उचित मूल्य  पाउँदैनन् । अर्को समस्या भनेको उन्नत जातको गाई पालेपनि त्यसलाई कसरी हुर्काउने र जोगाएर राख्नका लागि प्राविधिकको अभाव रहेको छ । सरकारले भेटनरीमा डाक्टर अथवा प्राविधिक राखेर किसानलाई सुविधा दिनुपर्ने हो तर स्थानीय किसानले त्यस्तो कुनै सेवा पाइरहेका छैन । फार्ममा आउनु धेरै टाढाको कुरा, कार्यालयमा लग्दा पनि उपचार हुँदैन, सेवा हुँदैन भनि मनोज यादवले गुनासो गरे ।
उनले भने, सरकारले कृषिमा विभिन्न अनुदान दिएका छन, तर त्यसको अनुगमन तथा व्यवस्थापन राम्रो नभएको कारणले अनुदान रकमको सदुपयोग भएको छैन । अनुदान दिएर मात्र हुँदैन त्यसलाई सही अनुगमन गरि व्यवस्थापन पनि गर्नुपर्छ । १३ वटै गाईको विमा गराएका मनोज यादवले किसानका लागि विमा कार्यक्रम बरदान सावित भएको बताए । मनोज यादवले पनि गोठे सुधार कार्यक्रम अन्तर्गत पशु कार्यालयबाट दुईलाख रुपियाँ अनुदान लिएको छ । नेपाल कृषि प्रधान देश भएकाले यहाँ कृषि जतिको सम्भावना अरु क्षेत्रमा नरहेको बताउँदै मनोज यादवले भने, तराई मधेशमा हजारौ विघा खेती योग्य जमिन त्यतिखै खेर गइरहेका छन, त्यसको कुनै सदुपयोग छैन, ती खेतका मालिकहरु बरु खाडी मुलुकमा गएर काम गर्छन् तर आफ्नो खेतमा काम गर्न चाहदैन यदि सरकारले नै प्रोत्साहन हुने कुनै कार्यक्रम ल्याएर युवालाई कृषिप्रति आकर्षित गर्यो भने कृषिकै लागि बाहिरबाट जनशक्ति मगाउनुपर्ने अवस्था हुनसक्छ ।
सरकारी जागिरले दुई छाकको तरकारी पनि पुग्दैन......
मनोज यादव
तपाई सरकारी जागिर गर्दै हुनुहुन्छ तर गाईपालन पनि शुरु गर्नुभयो किन ?
नेपालको सरकारी जागिरले दुईछाक तरकारी खान पुग्दैन भने छोराछोरी के लिएर पढाउने घर व्यवहार कसरी चलाउने । यो मेरो मात्र समस्या होइन हरेक कर्मचारीको हो । माथिल्लो तहका कर्मचारीहरुको ग्रेड भत्ताहरु पनि आउँछन् । त्यसबाट उनीहरुको मेकअप हुन्छ तर तल्लो तहको कर्मचारीहरुको बुरा हाल छ । सरकारी कर्मचारीले पनि साइड कुनै काम गर्न सकेन भने जीवन गुजारा गर्न गाह्रो छ । त्यसैले मैले यो विकल्प शुरु गरेको हुँ ।
तपाई त्यस्तो भन्नुहुन्छ, खरिदार, सुब्बाले जागिरबाटै प्रगति गरेको पनि देखिएको छ, उहाँहरुले कसरी त्यस्तो गर्न सक्नुभयो त ?
यदि कुनै खरिदार, सुब्बाले प्रगति गरेको छ भने उसको पक्कै पनि कुनै साइद विजनेश होला नभए अरु केही गर्दै होला । खरिदार सुब्बाको तलब सबै थाह छ । नत्र चार्ट हेर्न सक्छ । उसले पाउने तलब, उसको खर्चको हिसाब गरेपछि सबै कुरा क्लियर हुन्छ । नीजि क्षेत्रका कर्मचारीले ढाट्न सक्छ तर सरकारी कर्मचारीले ढाँट्न सक्दैन । उसको एकएक हिसाब सबै थाह हुन्छ । जसले पनि जानकारी लिनसक्छ ।
त्यसोभए तल्लोस्तरका कर्मचारी जसले प्रगति गरेको छ, उसले भ्रष्टाचार वा कुनै अनियमितता गरेको होला तपाईको विचारमा ?
म त्यो भन्दिन । सबै कर्मचारी अनियमितता वा भ्रष्टाचारी गर्छन् भने पनि होइन । कसैले पसल खोलेका हुन्छन, कसैले अन्य कुनै व्यवसायी गरेका हुन्छ वा साइडमा अवश्य  केही गरिरहेका हुन्छन् । यदि कोही कसैले केही नगरिकन म सरकारी कर्मचारीकै तलबबाट सबै थोक गरिरहेको छु भनिरहेका छन् भने बुझ्नुस् उ ढाँटी रहेका छन् । उ पक्कै पनि केही नकेही गरेकै हुनुपर्छ ।
तपाई त डर लाग्दो कुरा गर्नुभयो, सरकारी जागिरप्रति कस्तो चासो छ सबैलाई । लोकसेवाको तयारी गरेर जागिर खान जान्छन् तर तपाईको कुरा सुन्दा त डर लाग्दो छ किन त्यस्तो ?
होइन, सरकारी जागिर खराब हो भन्ने कुरा होइन, खानलाई जसो तसो पुग्छ । लाइफ सक्योर हुन्छ । जागिरपछि केही नकेही एकमुष्ट पैसा आउँछ वा पेन्सान पाउँछ । त्यो लोभमा पनि सरकारी जागिरप्रति त्यति मोह देखिएको हो । अर्को कुरा सरकारी जागिरबालाको आफ्नै मान सम्मान र प्रतिष्ठा छ । भोली तल्लो तहको जागिरबाट माथि तहमा पनि जान सकिन्छ । त्यो लोभ पनि हुन्छ । सरकारी जागिरबाट राजिनामा दिएर अन्य पेस अपनाएको वा नीजि क्षेत्रको जागिरमा गएको पनि उदाहरण छ नेपालमा । नेपालका मुख्य सचिवले नै पदबाट राजिनामा दिएर आइएनजियोमा जागिर खान गएको हो । अर्थ सचिवबाट रामेश्वर थापाले राजिनामा दिएकै हो । यस्ता थुप्र्रै उदाहरणहरु पाउन सकिन्छ ।
तपाई गाई पालन गर्नुभएको छ, कतिपको फाइदा भइरहेको छ त ?
यति वा त्यति फाइदा भइरहेको छ भनि अहिले भन्ने बेला भएको छैन तर म अहिले यति भन्छु कि पहिला भन्दा मेरो जीवन शैली सुनिएको छ । बालबच्चालाई राम्रो स्कूलमा पढाउनुको साथै घरको सबै गर्जो पूरा भइरहेको छ । केही नकेही बचत पनि भइरहेको छ । जागिर पनि मेरो छँदैछ । त्यहाँबाट पनि केही केही आउँछ त्यो पनि प्लस नै हो ।
तपाई गाईपालन नै किन गर्नुभयो त अरु केही गर्न सक्नु हुन्थ्यो नि ?
मलाई पहिलादेखि नै यो गाईवस्तु पालनप्रति रुची थियो । म पहिला पनि एकदुइटा गाईपालेर हेरिसकेको छु । त्यतिबेला सक्सेस नभएको त्यो छुट्टै कुरा हो तर मलाई कृषिमा गाई नै सजिलो लाग्यो । म चाहेको अरु काम पनि गर्न सक्थे । सदरमुकाममा पसल खोलेर बस्नसक्थे । वा अरु कुनै व्यवसायी गर्न सक्थे तर केही गर्ने सोच नै भएन । एउटा गाडी किनेको छु भाडामा चलाउनका लागि तर त्यतातिर ध्यान नै गएको छैन ।
गाई पालन नै गर्नुको कारण भन्दिनुस् न ?
गाईपालन हरेक हिसाबले ठिक छ । आर्थिक, सामाजिक, धार्मिक र साँस्कृति हिसाबले गाईपालन नै ठिक हो जस्तो लाग्छ मलाई । गाईपालन ग¥यो भने आर्थिक फाइदा हुने भइ नै हाल्यो । समाजवमा पनि एउटा सम्मान पाइन्छ । धार्मिक हिसाबले गाईलाई सेवा गर्नु ठूलो धर्म हो । गाई लक्ष्मीको रुप हो । साँस्कृतिक हिसाबले पनि हाम्रो समाजमा त्यति नै गाईको महत्व रहेको छ । अर्थात गाईबाट आर्थिक फाइदा लिनुको साथै त्यसको सेवा गर्नुपनि  मेरो उद्देश्य हो ।
गाईपालनका लागि कुनै तालिम वा प्रशिक्षण लिनुभएको होला नि ?
त्यस्तो कुनै तालिम त लिएको छैन तर गाईपालनको बारेमा बुझ्न र जानकारी प्राप्त गर्न मैले थुप्रै फर्महरु घुमेको छु । गाईपाल्ने किसानहरुसँग कुराकानी गरेको छु । जान्ने प्रयास गरेको छु । त्यसका लगभग ठूला फर्महरुमा म पुगेको छु ।
कति पढ्नु भएको छ ?
इन्टरसम्म मात्र पढेको छु ।
अरु किन पढ्नु भएन त ?
एसएलसी पास गरेपछि म जागिर गर्न थाले । जागिर गर्न थालेपछि घर व्यवहार पनि हेर्न थाले । अरु अगाडि बढ्ने फुर्सदै भएन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »