धनगढीमाई नगरपालिकाको पहिलो सभा द्वारा नीति तथा कार्यक्रम सर्वसम्मतले पाारित

प्रकाशित समय 12:39:00 AM
गोलबजार, २० पुस । १७ वटा निकाय रहेको सिरहा जिल्लामा पहिलो नगरसभाको रुपमा धनगढीमाई नगरपालिकाले आज देखि आफ्ना नगरपालिका को नगर सभा भव्यताका साथ शुरु गरेको छ । अन्य स्थानीय निकाय अलमलियरहेको बेला धनगढी नगरपालिकाले आज देखि देखि शुरु गरेको नगर सभा जिल्लावासी को लागि चासो विषय बनेको छ ।
तामझाम एवम् मर्यादित ढंगले संचालन भइरहेको प्रथम नगर सभामा दफादर छलफलको क्रम मा आज उपप्रमुख फुल कुमारी श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम १२ नं. का वडा अध्यक्ष राजु श्रेष्ठले समर्थन प्रस्तुत भएको नीति तथा कार्यक्रम सर्वसम्मती ढंगले पास भएको छ । भोलि बस्ने सभाले आर्थिक ऐन र विनियोजन ऐन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
१४ वटा वडा रहेको धनगढीमाई नगरपालिकाको ०७४।०७५ को लागि करिव ४५ करोडको हाराहारीमा बजेट प्रस्तुत हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए । उनका अनुसार नीति तथा कार्यक्रमले धनगढीमाई नगरपालिकालाई समृद्ध नगरको रुपमा विकास गर्न पास भएको नीति तथा कार्यक्रमले सहयोग पुर्याउने उल्लेख गरे ।
कार्यक्रमको अध्यक्षता गरिरहेका धनगढीमाई नगर पालिकाका नगरप्रमुख हरी नारायण चौधरीले सभा संचालन गरिरहेको छ भने प्रस्तावकको रुपमा उपप्रमुख फुलकुमारी श्रेष्ठले गरिरहेको छ । प्रस्ताव पेश गरिरहेको कार्यक्रमको बारेमा नगर कार्य समिति समितिका सदस्य हरुले छलफल गरिरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »