चिसोले कठ्यांग्रिएर सिरहामा मृत्युहुनेको संख्या १४ पुग्यो, जनजीवन थप कष्ठकर बन्दै

प्रकाशित समय 4:42:00 AM
कमलेश यादब
सिरहा, १ माघ । पछिल्लो केही दिनयता बढेको अत्याधिक चिसोका कारण सिरहामा थप ३ जनाको  मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर कर्जन्हा नगरपालीका ६ का करिव सय वर्षिय सीयावती हाय, गोलबजार नगरपालिका ८ का ६५ वर्षीया बिलटु गुप्ता र लहान नगरपालिका ६ का ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको  जिल्ला प्रहरी सिरहाले जानएको छ । यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा पछिल्लो एक सातामा पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ ।
अत्यधिक चिसोका कारण कर्जन्हा ६ मा आइतकार ७१ वर्षीया अमिरतीदेवी यादव, गत शुक्रबार ६२ वर्षीया सीमादेवी साह, गत बुधबार सोही ठाउँका ५२ वर्षीय विश्वनाथ साह, ७० वर्षीया रुनादेवी सदा र ७२ वर्षीया रामसुनैर साहको मृत्यु भएको जनहित माध्यमिक विद्यालय कर्जन्हाका प्रधाना ध्यापक लक्ष्मी हायुले जनाएको छ । प्रअ हायुका अनुसार पछिल्लो एक सातादेखी दिनहुँजसो मानिसको मृत्यु भईरहेको छ । चिसोका कारण मृत्यु भएकाको परिवारको आर्थिक अवस्था प्रायः कमजोर रहेको प्रअ हायुले जनाए ।
यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुर निवासी ४१ वर्षीया माकोदेवी पासवान, कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका –८ चोहर्वास्थित मामाघर आएकी पाँच वर्षीया काजल कुमारी मण्डलको मृत्यु भएको थियो । चिसोको कारण निमोनिया ले थलिएकी काजललाई उपचारको लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् । यस्तै चिसोकै कारण गत साता सिरहाको गोलबजार नगरपालिका –४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका –७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो । अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्डडायरिया लगायतका बिरामी बढेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »