समयमा पुल नमन्दा झोलुङ्गे पुलका निर्माण सामग्रीमा खियालाग्दै

प्रकाशित समय 7:18:00 PM
कमलेश यादब
सिरहा, १७ पुस । सिरहाको गोलबजार ११ बलकवा र १२ वेतौनाको विच भएर वग्ने मैनाबत्ति खोलामा झोलुङ्गे पुल निर्माणको लागि निर्माण सामाग्री ल्याएको बषौं वितिसक्दा पनि निर्माण कार्य सुरुहुन सकेको छैन ।
झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको ढिलासुस्तिका कारण तीन वर्ष वितिसक्दा पनि काम सुरु नभएको जिल्ला प्राविधिक कार्यालय सिरहाले जनाएको छ । निर्माण कार्य ढिलाई हुँदा कारोडौं मूल्यको निर्माण सामाग्रीमा दिनप्रतिदिन खिया लाग्ने गरेको स्थानीयले जनाएको छ । फलामका निर्माण सामाग्रीहरु खुल्ला आकासमुनि नै असरल्ल  पारेर राखिएका हुँदा घाम पानीले कामै नलाग्ने अवस्थामा पुगेको छ ।
निर्माण समितिका अध्यक्ष रामदेव यादवले कतिपय नट वोल्टहरु हराएर गएको पानी बताए । उनले यति धेरै सामान राखने , घरहरु भनएको भन्दै धेरै दिन भएकाले साना नटवोल्टहरु हराएको बताए । स्थानीयको माग अनुसार नै २०७१ मा पुल निर्माण उपभोक्त समिति गठन गरी खरिद गरिएको निर्माण सामाग्रीमा खिया लागेर विग्रन थाल्नदा समेत बन्न सकेको छैन ।
पुल नवन्दा वर्षा याममा वेतौनाका विद्यार्थीलाई खोला तरेर आउन समस्या हुने गरेको वेतौनाका ५५ वर्षिय रामप्रसाद मोचिले बताए । उनले भने, ‘बेतौनामा मा.वि. छैन, यताका विद्यार्थी सवै बलकावा माविमा पढ्न जाने हो, तर वर्षामा भल आउँदा विद्यार्थी विद्यालय जानै पाउँदैन् । जिल्ला समन्वय समितिका ओभरसियर गंगा प्रसाद यादवले स्थानीय उपभोक्ता समितिलाई पटक पटक ताकेता गर्दा पनि जिल्लामा सम्पर्क गर्न समेत नगएपछि निर्माणकार्य ढिलाई भइरहेको बताए । उनले भने, ‘मैले समितिका अध्यक्ष र अन्य पदाधीकारीहरुलाई पनि पटक पटक जिल्लामा सम्पर्क गरी निर्माणकार्य अगाडी बढाउन भने तर उनीहरुले चाँसो नै दिएन त्यसैले काम अगाडी बढ्न नसकेको हो ।
मैनावत्ति खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले भने जिल्लाले निर्माण सामाग्रि पठाएको भएपनि निर्माणको लागि आवश्यक थप रकम नदिएकोले काम सुरुगर्न ढिलो भएको समितिका अध्यक्ष रामदेव यादवले बताएको छ । हाल गोलबजार नगारपालीकाका ११ नम्वरका वडाअध्यक्ष समेत रहेका रामदेव यादवले अहिले जिल्लाले कार्यादेशको लागि बोलाएको भन्दै अव चाँडै काम सुरु गर्ने बताए । यता स्थानीयले भने उपभोक्ता समिति र जिल्ला समन्वय समितिविच लेनदेनमा कुरा नमिलेपछि काम ढिलाई भएको बताएका छन् । एक गाउँले भने समिति बनाउँदा तछाड मछाड गरेर समिति गठन गरे, अहिले रकम बच्ने अवस्था नदेखेपछि काम गर्न अनकनाउने गरेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »