लहानका एक युवक तीन दिनदेखि बेपत्ता

प्रकाशित समय 9:15:00 PM
गोलबजार, १७ माघ । लहान नगरपालिका–६ मा एक युवक तीन दिनदेखि बेपत्ता छन् । सोमबार साँझ ५ बजेतिर घरबाट निस्किएका २६ वर्षीय राकेश कुमार यादव बेपत्ता भएका हुन् । ‘आफन्त, नातागोता लगायत सबै ठाउँ खोजिसक्यौँ, कतै फेला पार्न सकेनौँ राकेशका बाबु गुरुदेव यादवले सुनाए ।
सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका–१ कचनारी पुर्ख्यौली घर भएका राकेश पछिल्लो केही महिनादेखि लहानस्थित घरमा बस्दै आएका थिए ।  परिवारमा चार भाइमध्ये साहिंलो राकेशले चलाउँदै आएका एनसेलको मोबाइल सोमबार साँझदेखि नै स्वीच अफ रहेकाले परिवार सशंकित रहेको उनका बाबु बताउँछन् ।
कतै फेला पार्न नसकेपछि प्रहरीमा निवेदन दिएको छु उनले भने ।  इलाका प्रहरी कार्यालय लहानले बेपत्ता भएका राकेशको हुलियाको आधारमा खोजी गर्न मातहतका प्रहरी युनिटहरुलाई जानकारी गराएको  छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »