सिरहाको विष्णुपुरमा नागरिक प्रहरीबीच संवाद

प्रकाशित समय 10:25:00 PM
गोलबजार, २७ पुस । शान्ति सुरक्षा सुदृढिकरण तथा अपराध न्यूनीकरणका निम्ति समुदाय प्रहरी साझेदारी कार्यक्रमको लागि योजना निर्माण गर्ने उद्देश्यले विष्णुपुरमा स्थानिय निकाय, सिमान्तकृत समुदाय र प्रहरी विच त्रिपक्षिय नागरिक प्रहरी संवाद कार्यक्रम सम्पन्न भएका छन् ।
युकेएडको आर्थिकर सर्च फर कम्मन ग्राउण्डको प्राविधिक सहयोगमा दलित जन कल्याण युवा क्लबले पहुँच परियोजना अन्तर्गत आयोजना गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा एवम् महिला तथा बालबालिका सेवा केन्द्र सिरहाका प्रतिनिधि विष्णु कुमारी गौतमले शान्ति सुरक्षा सुदृढिकरण तथा अपराध न्यूनिकरणका लागि साविकको संवादबाट केह् िसवालहरु औल्याएका थिए । त्यस मध्येबाट नागरिक र प्रहरीको तीन वटा छुट्टा छुट्टै समुह निर्माण गरि समुदाय र प्रहरीको सहकार्यमा गर्न सकिने सहकार्यत्मक योजना निर्माणका गरेका थिए । त्यसको लागि सवाल पहिचान र प्राथमिकिकरण प्रकृयामा सकृय सहभागि भएपछि स्थानियहरु समुदायमा घटिरहेको समस्याहरुबारे प्रहरीलाई जानकारी दिएको अनुभुति गरेका छ । महिला हिंसाको मुद्दाहरु अनुसन्धान गर्दा प्रहरी चौकीमा आएको प्रतिनिधिहरु भन्दा समुदायमा गएर छलफल गर्दा बास्तविकता आउने गौतमको भनाई छ ।
उक्त प्रकृयामा २ वटा समुहले बाल विवाह र दाईजो प्रथा तथ एक वटा समुहले बाल विवाह र प्रहरी चौकीको स्थापना भने सवाल पहिचान गरिएको थियो । प्रहरी चौकीको स्थापना बाहेक पहिचान गरिएको वाल विवाह र दाईजो प्रथा विरुद्ध विभिन्न २र२ वटा गरि ४ वटा समुदाय प्रहरी सहकार्यात्मक योजना निर्माण गरिएका छन् । सहकार्यात्मक कार्य योजनामा बाल विवाह विरुद्ध जनचेनाको लागि स्थानिय मेलमिलाप, महिला निगरानी समुह, कार्यदल र प्रहरीले घर दैलो कार्यक्रम र माध्यमिक विद्यालयको किशोर किशोरीहरलाई बाल विवाह विरुद्ध अनुशिक्षण गरिने बताए । त्यसै गरि दाईजो प्रथा विरुद्ध जनचेतनाको लागि सडक नाटक र सरोकारबाला हरु संग सामाजिक भेला गर्ने निर्णय गरेका छन् ।
कार्यक्रममा थल्हा कटहाको सामुदायिक मेलमिलाप समितिको अध्यक्ष उमाकान्त साहले आजभोली यहाँ नागरिकहरुले जसरी भट्टी भित्र पनि क्याबीन खोजी लुकेर रक्सि खान्छ त्यसै गरि नै नागरिकहरुले दाईजो दिने गरेका छन् जुन हाम्रो समुदायकोलागि अभिशाप रहेको बताएका छन् । यसैले गर्दा समाजमा बाल विवाह, महिला हिंसा, गरिबी र छोरी कमजोर बन्दै गईरहेका कुरा औल्याउँदै यस्ता कुरा रोक्न जनचेतना जगाउनुको साथै सामाजिक अगुवा जिम्मेबार हुनुपर्ने र उनले चाहेमा मात्र सामाजिक अपराधको घट्नाहरु न्यूनीकरण हुने बताए ।
त्यस्तै विष्णपुर गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष गोपिन्द्र यादवले सामाजिक अपराधका घट्नाहरु खास गरेर बाल विवाह र दाईजो प्रथा जटिल समस्या हो यस्ता समस्याहरु हटाउन नयाँ पिढिलाई यसको विरुद्ध स्कुलिंग गर्नु पर्छ भने अभिभावकमा दवाव सृजनाका लागि सडक नाटक जस्ता कार्य प्रभावकारी हुने बताएका छन् ।
कार्यक्रममा परियोजनाबारे विस्तृत जानकारी गराउँदै संवादको उद्देश्यबारे परियोजनाको जिल्ला संयोजक अशोक कुमार कामतीले जानकारी गराएका थिए । कामती संवादमा सहजीकरणका साथै परियोजनाबाट सिमान्तकृत समुदायले सुरक्षा र न्यायमा सहज हिसाबले प्रहरी र नागरिकको सहकार्यात्मक योजनामा सहयोग गरेका थिए ।
विष्णपुर गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष र १ जना वडा सदस्य गरि २ जना, सोही गाउँपालिका वडा नं. ४ का वडा सदस्य १ जना गरि ३ जना स्थानिय निकाय, ७ प्रहरी र २२ स्थानिय सिमान्तकृत समुदाय सहित ११ महिला गरि जम्मा ३२ को उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »