प्रदेश सांसदमा मुसहर

प्रकाशित समय 1:30:00 AM
सिरहा, ३० पुस । सामान्य अक्षर मात्र खुट्याउन सक्ने ३९ वर्षीया फुलियादवेवी सदाय मुसहरले राजनीतिमा लाग्ने ककल्पनासमेत गरेकी थिईनन् । तर, जतिबेला ‘जनयुद्ध’ सुरु भयो, तिनै फुलियाकाके परिवार प्रत्यक्ष रुपमा जोडिन बाध्य भयो । पार्टीमा लागेका पति महेन्द्रको २०६२ मा मृत्यु भएपटि उनी राजनीतिसँग जोडिइन् । र कल्पनासम्म नगरेको समानुपातिकतर्फबाट दलित मुसहर समुदायबाट महिला प्रदेशसभा सदस्य भईन् ।
सिरहा डुमरीकी फुलियादेवी प्रदेश सांसद भएसँगै खुसी हुनु स्वाभिाविक हो । सुरुमा विश्वासै भएन, उनी भन्छिन, पार्टीको जिम्मेवारी तोकेको छ । माओवादी जनयुद्ध भएपछि उनका पति भूमिगत भए । एसएलसी उतीर्ण महेन्द्र गाउँघर ट्यूबवेल गाड्ने मिस्त्री थिए । स्थानीय लालीगुराँस क्लबमार्फत जनचेतनामूलक सडक नाटकका कलाकार पनि थिए । उनका २ छोरी, १ छोरा छन् ।
क्षेत्रीय इन्चार्ज हुँदै कम्पनी कमिसार भएको महेन्द्र सिरहा तेनुवापट्टी शिवनगरमा बम बनाउने क्रममा विस्फोटमा परेका थिए । त्यहाँ उनीसँगै कचनारीका शिवकुमार यादव, अमहीका राजेन्द्र महतो, मथियाहीका रुदल महतोसहित ५ जनाको मृत्यु भएको थियो । धेरै दुःख कष्ट सहें पतिको मृत्युपछि कठोर भएछु, उनले भनिनर पार्टीको काकर्यक्रममा पनि नियमित जान थाले ।
सांसदमा सिफारिस भएपछि उनको घर र गाउँमा पनि चहलपहल बढेको छ । जनयुद्धमा महेन्द्रका दौतरी बर्छवाका रामविलास सदाय मुसहर, रामप्रताप महरालगायत काकर्यकर्ता पनि फुलियाकै घरमा भेटिए । चुनाव आएपछि समानुपातिकमा नाम सिफारिस भयो । उनले भनिनर सांसद हुन्छु भन्ने सोचेकी थिईनँ तर पार्टीले सहिद परिवारको सम्मान गरेको छ ।
९० प्रतिशत भूमिहीन सुकुम्बासी दलितमध्ये पनि अति पिछडिएको समुदायमा मुसहर पर्छ । २०६८ को जनगणनाअनुसार मुसहर समुदायको जनसंख्या २ लाख ३४ हजार ९ सय २९ मुसहर समुदायको बसोबास छ । उनले मुसहर समुदायको बासका लागि थालथलो तथा आवास व्यवस्था मिलाउने बताईन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »