सिरहाको धनगढीमाई नगरपालिका १२ स्थित सर्रेखोलामा स्थानीयको सक्रियतामा बा“ध

प्रकाशित समय 9:26:00 PM
कमलेश यादब
सिरहा, १० माघ । बर्सेनि खोलाले खेतीयोग्य जमिन बगर बनाएपछि ठटियाका बासिन्दाले सर्रे खोलाले बाँध निर्माण गरेका छन । बर्खामा मात्र पानी बग्ने खोलाले त्यस क्षेत्रका ५० हेक्टर जमिनलाई बगर बनाउँथ्यो ।
बर्सेनि बाढीको चपेटामा पर्ने धनगढीमाई १२, ठटियाका १ सय १० घरधुरीले समिति बनाएरै ७ लाख ७५ हजार १ सय ८८ रुपैयाँ संकलन गरेपछि बाँध निर्माण सुरु गरेका थिए । स्थानीयले बाँध निर्माणमा सक्रियता देखाएपछि जिल्ला भू–संरक्षण कार्यालयले ३२ लाख ५६ हजार ९ सय ३० रुपैयाँ लगानी गरेपछि ८ सय मिटरको बाँध बनेको हो ।
बर्सेनि ५० हेक्टर खेतीयोग्य जमिन सर्रेले बगर बनाएर दुस्ख दियो, सर्रेखोला दक्षिण नियन्त्रण उपभोक्ता समिति अध्यक्ष पशुपतिनाथ आचार्यले भने, ‘आजित भएर बाँध निर्माणमा कस्सियौं । गत वर्ष सर्रेले उनको डेढ बिघा खेतीयोग्य जमिनलाई बगर बनाएको थियो । खेतीयोग्य जमिन बगर बनाएपछि स्थानीय बाँध निर्माणमा जुटे । ‘वर्षांैदेखि स्थानीय निकायमा खोला नियन्त्रणका लागि धाए पनि सुनुवाइ नभएपछि आफैं बाँध बनाउन कस्सियौं, उनले भने, ‘पछि जिल्ला भू–संरक्षण कार्यालयले पनि सहयोग र्गयोरु।’ बाँध निर्माणपछि स्थानीय खुसी बनेका छन ।
बर्सेनि बाली लगाए पनि बाढीले सखाप पाथ्र्यो, स्थानीय गोमा तिम्सिनाले भनिन, ‘बाँध निर्माणबाट खेतीयोग्य जमिन जोगिनेछ भने बस्ती पनि बाढीको जोखिमबाट जोगिएको छ । सर्रेको बाढीले पानी ट्यांकीमा पनि क्षति र्पुयाउँदा स्थानीय वर्षाभरि धमिलो पानी पिउन बाध्य थिए । बाँध निर्माणले खानेपानीको मुहान पनि जोगिने उनले सुनाइन । ठटिया बस्तीमा मगर, नेवार र क्षत्रीबाहुन समुदायको बसोबास छ । जिल्ला भूसंरक्षण कार्यालय लहानका प्रमुख हरि योञ्जनले बर्खामा बर्सेनि सर्रेको बाढीले खेतीयोग्य जमिन र बस्तीमा क्षति र्पुयाएपछि स्थानीयको सक्रियतामा बाँध निर्माण गरिएको बताए । उनका अनुसार बर्खामा ३ महिना मात्र पानी बहने सर्रेमा ११ मिटर चौडाइ र २ मिटर उचाइको ८ सय मिटर बाँध निर्माण गरिएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »