प्याव्सनको साधारणसभामा गुनासो नै गुनासो

प्रकाशित समय 9:25:00 PM
कमलेश यादब
सिरहा, ४ माघ । नीजि तथा आवासीय विद्यालयको सातौं बार्षिक सधारणसभामा बोल्दै बक्ताहरुले शिक्षा नीति र प्यावसनको कार्यव्यहारमा केन्द्रित भई गुनासो नै गुनासो गरेका छन् । जिल्ला सदरमुकाम सिरहामा भएको उद्धाटन समारोहमा बोल्दै अधिकांश वक्ताहरुले प्याव्सनको काम कारवाहीमा व्यापक सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याएका छन् ।
कसले कति चिट चोर्ने र विद्यार्थी उत्तिर्ण प्रतिशतलाई बढाउनेतिर बढ्दो क्रमले शिक्षाको गुणस्तर खस्किदै गएको सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले बताए । उनले शिक्षकले अझै पनि आफ्नो बानी राम्रोसँग सुधार नगरेको गुनासो पोख्दै भने,‘बेरुजु आएको तथ्यांक हाइछ जसले गर्दा शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ ।
कुनै खास संगठनको भनाईको आधारमा शिक्षा नीति नफेरिने ठोकुवा गर्दै उनले शिक्षा नीतिमा परिमार्जन गर्नका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय शिक्षा नीतिको अध्ययन र विश्लेषण गरिनुपर्ने बताए । शिक्षा क्षेत्रको सुधारका लागि सबैले पहल र आफ्नो दायित्वबोध गर्दै अगाडि बढ्नुपर्ने उनले थपे । प्यावसनका विद्यालयहरुले विद्यार्थीलाई छात्रवृति दिँदै आएको कुरा प्रष्ट नभएको गुनासो गर्दै प्रदेशसभा सदस्य लगनलाल चौधरीले भने,‘मुखले भनेर मात्र हुँदैन् । तहगत तथ्यांक प्रस्तुत गर्नुपछ । प्याव्सनमा आबद्ध विद्यालयहरुले भन्ने गरेको अनुसार छात्रवृति दिएको भने विपन्न वर्गका हजारौं छात्र÷छात्रा लाभ उठाउने उनले दाबी गरे । भनाईको आधारमा गराई न्यून भएको उनको तर्क छ ।
शिक्षालाई निजीकरण र व्यावसायीकरण गरिनु राम्रो कुरा नभएको प्रदेशसभा सदस्य अशोक कुमार यादवले बताए । समतामुलक समाज निर्माण र सामुहिक हित हुने खालको शिक्षा नीतिलाई व्यवहारमा लागु गरेको विद्यालयलाई प्रोत्साहन तथा त्यसो नगरेकालाई निरुत्साहित गरेर अघि बढ्नुपर्ने उनको तर्क छ । विद्यालय दर्ता गर्ने बेला संचालनार्थ शिक्षा कार्यालय र सम्बन्धित निकायमा गरेका प्रतिबद्धता मध्ये अधिकतर विद्यालयले लागु नगरी मनपरी गर्दै आएको कुरालाई अनुगमन गरिनुपर्ने उनले माग गरे । नीजि विद्यालयहरुले आफुलाई फाईदा हुने किसिमले शुल्क लिँदै आएको जनआवाज उठ्ने गरेका कारण एकरुपता हुने गरी शुल्क निर्धारण गरी व्यवहारमा लागु गर्न उनले जोडदार माग गरे ।
शिक्षा लगायत अन्य क्षेत्र केन्द्रिय दृष्टिले काम चल्ने प्रचलनको अन्त्य भई देश संघीय प्रणालीमा गएको अवस्थामा संघीय ढाँचा अनुसारको अलग–अलग आवश्यक शिक्षा नीति बन्नुपर्ने प्रदेशसभा सदस्य सुरेश कुमार मण्डलले बताए । भाषिक रुपमा देशका विभिन्न भागका विद्यार्थीहरु चेपुवामा परेको कारण लोक सेवा तथा राज्यको अन्य निकायमा प्रवेश पाउन नसकेको उनले जिकिर गर्दै मातृभाषामा अनुसार शिक्षा नीति तयार भई सोही अनुरुप पाठ्यक्रम निर्धारण गरिनुपर्ने बताए ।
प्याव्सनले वर्षभरी गरेका काम र भएको आम्दानी तथा अगामी कार्ययोजना सार्वजनिक नगर्दा गुनासोको क्रम बढेको सहभागीहरुले बताएका छन् । ‘आय–व्यय, प्रगति विवरण र अगामी कार्ययोजना बाहिर ल्याउनुपर्दैन यो हाम्रो नीजि संगठन हो । यो आन्तरिक मामिलाको कुरा छ, प्यावसन प्रदेश अध्यक्ष मुरारी प्रसाद साहले बताए । गत, विगतको आय–व्यय, प्रगति विवरण र अगामी कार्ययोजनाबारे संचारकर्मीहरु लाई नदिनुमा भित्रिको खेल अर्कै हुन सक्ने चर्चाको विषय बन्न लागेको छ । नाम उल्लेख नगर्ने एक सहभागीले भने,‘प्याव्सन अपारदर्शीताको घेरामा परेको छ । यो भन्दा पहिला पनि यस्तै आफुलाई मनलागेको गर्ने गरेको उनले बताए ।
जिल्ला अध्यक्ष श्याम सुन्दर साहको अध्यक्षतामा भएको समारोहमा केन्द्रिय अध्यक्ष विजय सम्वाहाफे, प्रदेशसभा सदस्य प्रमोद यादव, मदनसेन श्रीवास्तव, जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो लगायतले समतामुलक स्तरीय शिक्षाका लागि प्याव्सन र राज्यको भुमिका विषयमा आ–आफ्नो भनाई राखे । सोही अवसरमा सिरहाका चार वटै निर्वाचन क्षेत्रका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई दोसल्ला आढाएर सम्मान गरियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »