चिसोले मजदुरको दैनिकी कष्टकर

प्रकाशित समय 1:46:00 AM
सिरहा, ३०  पुस । केही दिन यता तराईका विभिन्न जिल्लामा चलेको शितलहरका कारण जनजिवन कष्टकर बनेको छ । चिसोले गर्दा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेलाई समया परेको छ । कुहिरो र शितलहर नरोकिए पछि ज्याला मजदुरी गर्नेलाई हातमुख कसरी जोड्ने भन्ने पिरलोले सताउन थालेको छ ।

सिरहा गोलबजार नगरपालिका ११ बलकवाका २९ वर्षीय हेमकुमार सदाय घर नजीकैको इट्टा भट्टामा काचो इट्टा बनाउने काम गर्छ । केही दिन यता बढेको चिसोले गर्दा काम गर्ने समस्या भएको उनले गुनासो गरे । तीन साताभन्दा लामो समयदेखि लागेको कुहिरो र शितलहरले काम गर्नै सकिएको छैन, सदायले भने ‘हामी मजदुरले हप्तौ काम गर्न नपाएपछि कसरी परिवार चलाउने ।
दैनिक जसो बढिरहेको चिसोले सिरहाकै ५५ वर्षीय जमुनी सदायको परिवारलाइ पनि सताएको छ । चिसो छल्न परालको आगोको साहारा लिनुभएकी उनको मजदुरी काम पनि चिसोले गदाए प्रभावित भएको हो । करिव १ सय परिवार रहेको सिरहाको यो सदाय बस्तीका सबैजसो परिवारको आर्थिक स्रोत भनेको दैनिक ज्याला मजदुरी नै हो । आर्थिक रुपले विपन्न यो सदाय (मुसहर) बस्तीका नागरिकलाई यो चिसोमा न त चिसो छेक्ने न्यानो कपडा छ न परिवार चलाउने दरिलो आर्थिक स्रोत ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »